Read 2 राजा Chapter 16 Online
Read 2 राजा Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 राजा and the Holy Bible online.
Choose a Chapter
2 राजा 16
अध्याय 16
1. योतामका छोरा आहाज पेकह रमल्याहका छोराको शासनकालको 17 औं वर्षमा यहूदाका राजा भए।
2. आहाज 20 वर्षका थिए जब तिनी राजा भए। आहाजले यरूशलेममा 16 वर्ष शासन गरे। आहाज आफ्ना पुर्खा दाऊद जस्ता थिएनन् आहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो।
3. आहाजले इस्राएलका राजाहरू जस्तै जीवन बिताए। उनले आफ्नो छोरालाई आगोमा बलि दिए। उनले राष्ट्रमा घोर पापको नक्कल गरे जसलाई परमप्रभुले इस्राएलीहरू आएको बेला देश छोड्न लगाउनुभयो।
4. आहाजले अग्ला ठाउँहरू, पहाडको शिखर र प्रत्येक हरियो रूखतल बलिदानहरू अनि धूपबलिहरू जलाउँथे।
5. अरामका राजा रसीन अनि इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरोधमा युद्ध गर्न आए, रसीन अनि पेकहले आहाजलाई घेरे तर जित्न सेकनन्।
6. त्यस समयमा अरामका राजा रसीनले अरामका लागि एलत फिर्ता लिए। रसीनले यहूदाका सबै मानिसहरूलाई धपाए जो एलतमा थिए। अरामीहरू एलतमा बस्न थाले अनि तिनीहरू आज पनि त्यहाँ बस्दैछन्।
7. आहाजले अश्शूरका राजा तिग्लत पिलेसेरकहाँ दूतहरू पठाए। सन्देश थियोः “म तिम्रो सेवक हुँ। म तिम्रो छोरा जस्तै हुँ आऊ अनि अरामका राजा तथा इस्राएलका राजाबाट मलाई बचाऊ। तिनीहरू मसित युद्ध गर्न आएका छन्।”
8. आहाजले परमप्रभुको मन्दिर अनि राजाको घरको भन्डारमा भएको चाँदी र सुन निकाले। त्यसपछि आहाजले अश्शूरका राजालाई एउटा उपहार पठाए।
9. अश्शूरका राजाले आहाजको कुरा सुने। अश्शूरका राजा दमीशकको विरोधमा युद्ध गर्न गए। राजाले शहर दखल गरे अनि दमीशकका मानिसहरूलाई बन्दी बनाएर किर लगे र उनले रसीनलाई पनि मारे।
10. राजा आहाज अश्शूरका राजा तिग्लत पिलेसेरसँग भेट गर्न दमीशक गए। आहाजले दमीशक मा वेदी देखे। राजा आहाजले यस वेदीको नमूना र ढाँचा पूजाहारी ऊरियाहकहाँ पठाए।
11. तब पूजाहारी उरियाहले दमीशकबाट आहाजले पठाएको नमूना जस्तै एउटा वेदी बनाए। पूजाहारी उरियाहले यस प्रकारको वेदी राजा आहाज दमीशकबाट फर्किनु अघि बनाए।
12. जब राजा दमीशकबाट फर्किए उनले वेदी देखे। उनले वेदीमा बलिहरू चढाए।
13. वेदीमा उनले आहाजले होमबलि अनि अन्नबलि चढाए। उनले आफ्नो अर्घबलि चढाए पनि अनि त्यस वेदीमा मेलबलिको रगत छर्किने काम गरे।
14. आहाजले मन्दिरको सामु परमप्रभु अघि भएको काँसाको वेदी हटाए। यो काँसाको वेदी आहाजको वेदी अनि परमप्रभुको मन्दिरको माझमा थियो। आहाजले काँसाको वेदीलाई आफ्नो वेदीको उत्तर तिर राखे।
15. आहाजले पूजाहारी उरियाहलाई एउटा आदेश दिए। उनले भने, “यस देशका मानिसहरूले बिहान होमबलि, बेलुकी अन्नबलि राजाको होमबलि राजाको अन्नबलि अनि साधारण मानिसहरूको होमबलि अन्नबलिहरू पेय बलिहरू चढाउँदा ठूलो वेदी प्रयोग गर। ठूलो वेदीमा बलिदान र अरू बलिहरूको रगत छर्कनु। तर म परमेश्वरसँग प्रश्न सोध्न काँसाको वेदी प्रयोग गर्नेछु।”
16. उरियाह पूजाहारीले सबै काम गरे जस्तो राजा आहाजले आदेश दिएका थिए।
17. काँसाका पाटाहरू भएका गोरूगाडिहरू र हात धुने भाँडाहरू पूजाहारीहरूका लागि थिए। राजा आहाजले सबै पाटाहरू तथा भाँडाहरू निकाले। उनले ठूलो खँड्कुला पनि निकाले जसको तल काँसाका गोरूहरू उभिएका थिए। उनले ठूलो खँड्कुलो ढुंङ्गाको आधरमाथि राखे।
18. कर्मीहरूले विश्राम दिनको सभाका लागि मन्दिरभित्र एउटा छापको ठाउँ बनाए। आहाजले राजाको बाहिरी प्रवेशद्वार पनि हटाए। आहाजले यी सबै परमप्रभुको मन्दिरबाट निकाले। आहाजले यस्तो काम अश्शूरका राजाको कारणले गर्दा गरे।
19. सबै, कुराहरू जे जति आहाजले गरे ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
20. आहाज मरे अनि उनलाई दाऊदशहरमा पुर्खाहरूसँगै गाडियो। आहाजका छोरा हिजकियाह उनीपछि नयाँ राजा भए।
About 2 राजा Chapter 16
Read 2 राजा Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 2 राजा
Chapter: 16
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 2 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 2 राजा Chapter 16 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 2 राजा Chapter 16?
2 राजा Chapter 16 is part of the Book of 2 राजा in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 2 राजा Chapter 16 online for free with easy chapter navigation.
More Chapters from 2 राजा
- 2 राजा Chapter 15
- 2 राजा Chapter 23
- 2 राजा Chapter 14
- 2 राजा Chapter 25
- 2 राजा Chapter 7
- 2 राजा Chapter 16
- 2 राजा Chapter 20
Explore More from पुरानो करार
- भजनसंग्रह Chapter 9
- 1 शमूएल Chapter 24
- उत्पत्ति Chapter 40
- अय्यूब Chapter 29
- हबकूक Chapter 2
- 2 राजा Chapter 2
- मीका Chapter 2