2 राजा Chapter 24

For English

Read 2 राजा Chapter 24 Online

Read 2 राजा Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 राजा and the Holy Bible online.

Choose a Chapter

A+ A A-

2 राजा 24

अध्याय 24

1. यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।

2. परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।

3. परमप्रभुले ती कुराहरू यहूदामा हुनु पर्छ भनी आदेश दिनुभयो। यस प्रकार उहाँले तिनीहरूलाई उहाँको दृष्टिबाट बाहिर गर्नुहुन्छ। उहाँले यस्तो गर्नुभयो किनभने सबै पाप कामहरू मनश्शेले गरेका थिए।

4. परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए। र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।

5. अरू कामहरू जो यहोयाकीमले गरे, “यहूदाका राजाहरूको इतिहास” पुस्तकमा लेखिएको छ।

6. यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगे गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए।

7. बाबेलका राजाले मिश्रको नदी देखि लिएर यूफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्।

8. यहोयाकीन 18 वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ नहुशाता थियो, उनी यरूशलेमको एल्नातानकी छोरी थिएन्।

9. यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए।

10. त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे।

11. तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए।

12. यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।

13. नबूकदनेस्सरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेस्सरले सबै सुनका भाँडाहरू काटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो।

14. नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्।

15. नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे।

16. त्यहाँ 7,000 सैनिकहरू थियो। नबूकदनेसरले सबै सैनिकहरू र 1,000 दक्ष कर्मीहरू लगे। यी सबै मानिसहरू तालिम पाएका र युद्धका लागि तयार थिए। बाबेलका राजाले तिनीहरूलाई बन्दीहरूको रूपमा बाबेल लगे।

17. बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बद्ली गरेर सिदकियाह बनाए।

18. सिदकियाह 21 वर्षका थिए जब उनले शासन गर्न थाले। उनले यरूशलेममा 11 वर्ष शासन गरे। उनको आमाको नाउँ हमूतल थियो जो लिब्नाको यिर्मयाहकी छोरी थिइन्।

19. सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए।

20. परमप्रभु यरूशलेममा र यहूदा माथि साह्रै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो।सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।

About 2 राजा Chapter 24

Read 2 राजा Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 राजा
Chapter: 24
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 राजा Chapter 24 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 राजा Chapter 24?

2 राजा Chapter 24 is part of the Book of 2 राजा in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 राजा Chapter 24 online for free with easy chapter navigation.

More Chapters from 2 राजा

  1. 2 राजा Chapter 15
  2. 2 राजा Chapter 23
  3. 2 राजा Chapter 14
  4. 2 राजा Chapter 25
  5. 2 राजा Chapter 7
  6. 2 राजा Chapter 16
  7. 2 राजा Chapter 6

Explore More from पुरानो करार

  1. 2 राजा Chapter 3
  2. न्यायकर्ता Chapter 1
  3. 2 इतिहास Chapter 31
  4. अय्यूब Chapter 41
  5. यर्मिया Chapter 32
  6. अय्यूब Chapter 34
  7. एस्तर Chapter 6

Related Chapters & Readings

  1. यर्मिया Chapter 22
  2. गन्ती Chapter 17
  3. आमोस Chapter 7
  4. उत्पत्ति Chapter 39
  5. प्रस्थान Chapter 34
  6. गन्ती Chapter 6
  7. उत्पत्ति Chapter 43
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *