1 तिमोथी Chapter 6

For English

Read 1 तिमोथी Chapter 6 Online

Read 1 तिमोथी Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of 1 तिमोथी in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 तिमोथी and the Holy Bible online.

Choose a Chapter

1 तिमोथी 6

अध्याय 6

1. ती जो दासत्वको वशमा छन् तिनीहरूले आफ्ना मालिकहरूलाई पूर्ण आदर दर्शाउनु पर्छ। यदि तिनीहरूले त्यसो गरे परमेश्वरको नाउँ अनि हाम्रो शिक्षाको झूटो निन्दा हुनेछैन।

2. केही दासहरूका मालिकहरू विश्वासी छन्। ती दासहरू अनि मालिकहरू दाज्यू-भाइहरू तर दासहरूले मालिक प्रतिको आफ्नो आदर सत्कारमा कुनै कमी देखाउनु हुँदैन। बरू तिनीहरूले आफ्ना विश्वासी मालिकहरूको अझ राम्ररी सेवा गर्नुपर्छ। किन? किनभने दासहरू तिनीहरूले प्रेम गर्ने ती विश्वासी मालिकहरूलाई सहायता गर्छन्।मानिसहरूलाई तिमीले यी कुराहरू गर्न भन्नु र सिकाउनु पर्छ।

3. कोही मानिसहरूले झूटो कुराहरू सिकाउँछन्। यी कुराहरू हाम्रा प्रभु येशू ख्रीष्टका सत्य शिक्षा अनि परमेश्वरको सेवाको सत्य मार्गसित मेल खाँदैन।

4. झूटा शिक्षा दिने मानिस अहंकारी हुन्छ र केही बुझ्न नसक्ने हुन्छ। यस्तो मानिस बहस-प्रेमी हुन्छ अनि वचनहरू बारे झगडा गर्छ। यसले इर्ष्या, झगडा, अपमान अनि कुशंका ल्याउँछ।

5. यसले दुषित मन हुने मानिसहरूबाट र्तकविर्तक पनि ल्याउँदछ। जसले सत्य गुमाएका हुन्छन्। तिनीहरू संझन्छन् कि परमेश्वरको सेवा गर्नु धनवान बन्ने मार्ग हो।

6. निश्चयनै परमेश्वरको सेवाले मानिसलाई धनवान तुल्याउँछ यदि आफूसित भएको कुरामा उसलाई सन्तोष छ भने।

7. जब हामी संसारमा आयौ, हामीले हामीसित केही पनि ल्याएनौं, उसरी नै, जब हामी मर्छौं यस संसारबाट हामी केही पनि लान सक्तैनौं। जब हामी संसारमा आयौं हामी रित्तो हात आयौं। अनि जब हामी मर्छौं हामी रित्तो हात जान्छौं।

8. यसकारण यदि हामीसित भोजन अनि बस्त्र भए हामी त्यसैमा सन्तुष्ट रहनेछौं।

9. तर मानिसहरू जो धनी हुन चाहन्छन् ती लोभमा फँस्छन् अनि जालमा पर्छन्। तिनीहरू मूर्खातापूर्ण अनि हानिकारक चाहनाको विकाश गर्ने कुरा गर्छन्। जुन कुराहरूले तिनीहरूलाई ध्वंश अनि नष्ट बनाउँदछ।

10. पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।

11. तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर।

12. आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्।

13. परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु।ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः

14. तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर।

15. ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ।

16. परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

17. यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

18. धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँडनुमा खुशी हुनु भन्नु।

19. त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।

20. तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन।

21. कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्। 

About 1 तिमोथी Chapter 6

Read 1 तिमोथी Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of 1 तिमोथी in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 तिमोथी
Chapter: 6
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 तिमोथी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 तिमोथी Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 तिमोथी Chapter 6?

1 तिमोथी Chapter 6 is part of the Book of 1 तिमोथी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 तिमोथी Chapter 6 online for free with easy chapter navigation.

More Chapters from 1 तिमोथी

  1. 1 तिमोथी Chapter 3
  2. 1 तिमोथी Chapter 2
  3. 1 तिमोथी Chapter 5
  4. 1 तिमोथी Chapter 4
  5. 1 तिमोथी Chapter 1

Explore More from नयाँ करार

  1. मर्कूस Chapter 8
  2. फिलिप्पी Chapter 3
  3. गलाती Chapter 4
  4. 2 कोरिन्थी Chapter 11
  5. 2 पत्रुस Chapter 3
  6. लूका Chapter 24
  7. 2 कोरिन्थी Chapter 2

Related Chapters & Readings

  1. 2 राजा Chapter 3
  2. गन्ती Chapter 30
  3. गन्ती Chapter 21
  4. भजनसंग्रह Chapter 129
  5. भजनसंग्रह Chapter 99
  6. प्रस्थान Chapter 18
  7. लूका Chapter 7
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *