Read यूहन्ना Chapter 1 Online
Read यूहन्ना Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of यूहन्ना in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यूहन्ना and the Holy Bible online.
Choose a Chapter
यूहन्ना 1
अध्याय 1
1. संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचनथियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।
2. उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो।
3. र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।
4. उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।
5. त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
6. परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।
7. यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।
8. यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।
9. सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
10. उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।
11. उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।
12. केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।
13. ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।
14. वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
15. यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।
16. उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।
17. मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।
18. कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
19. यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए।
20. यूहन्नाले प्रत्युत्तर दिनलाई हिच्किचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”
21. यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।”यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?”यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”
22. तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”
23. यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने“मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ, ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।”‘
24. ती यहूदीहरूलाई फरिसीरूले पठाएका थिए।
25. तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”
26. यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।
27. ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुत्ताको फित्ता खोल्ने योग्य सम्म छैन।”
28. यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।
29. अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
30. त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहा मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’
31. उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।
32. तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो। अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओर्लिदै एक जना मानिसमाथि बसेको देख्नेछौ। त्यही मानिसले पवित्र आत्माद्वारा बप्तिस्मा दिनेछन्।”‘ यूहन्नाले भने, ‘मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओलंदै गरेको देखें। मैले पवित्र आत्मालाई ढुक्कुर जस्तै देखें अनि उहाँमाथि बसेको देखें।
34. मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”
35. अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए।
36. यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”
37. यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।
38. येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?”ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”
39. येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसंग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसंगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।
40. यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए।
41. पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”
42. तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफासभनेर भनिन्छ।”
43. अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”
44. अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।
45. फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”
46. तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?”फिलिपले उत्तर दिए, “आएर अनि हेर।”
47. येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”
48. नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?”येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”
49. तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”
50. येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दैछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देख्नेछौ।”
51. तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘ 52
About यूहन्ना Chapter 1
Read यूहन्ना Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of यूहन्ना in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यूहन्ना
Chapter: 1
Testament: New Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यूहन्ना. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यूहन्ना Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यूहन्ना Chapter 1?
यूहन्ना Chapter 1 is part of the Book of यूहन्ना in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यूहन्ना Chapter 1 online for free with easy chapter navigation.
More Chapters from नयाँ करार
- प्रेरितहरूको काम Chapter 1
- प्रेरितहरूको काम Chapter 14
- प्रेरितहरूको काम Chapter 13
- प्रेरितहरूको काम Chapter 15
- प्रेरितहरूको काम Chapter 12
- प्रेरितहरूको काम Chapter 8
- प्रेरितहरूको काम Chapter 5
Explore More from यूहन्ना
- यूहन्ना Chapter 10
- यूहन्ना Chapter 4
- यूहन्ना Chapter 12
- यूहन्ना Chapter 8
- यूहन्ना Chapter 9
- यूहन्ना Chapter 17
- यूहन्ना Chapter 7