अय्यूब Chapter 34

For English

Read अय्यूब Chapter 34 Online

Read अय्यूब Chapter 34 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.

Choose a Chapter

अय्यूब 34

अध्याय 34

1. तब एलीहूले फेरि बोल्न शुरू गर्यो। उसले भन्योः

2. “तिमीहरू ज्ञानी पुरूषहरू मैले भनेको कुराहरूमा ध्यान देऊ। तिमी चतुर मानिसहरू मप्रति ध्यान देऊ।

3. जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।

4. यसकारण यी तर्कहरूको परीक्षण गरौं अनि के ठीक हो त्यसको निर्णय हामी आफैं गरौं। हामी आफै हाम्रा निम्ति के असल हो जानौं।

5. अय्यूब भन्छन्, ‘म निर्दोष छु। अनि मप्रति परमेश्वर निष्पक्ष हुनुहुन्न।

6. म निर्दोष छु तर मलाई झूटो मानिएकोछ। म निर्दोष छु तर म नराम्रो प्रकारले व्यथित छु।’

7. के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ? यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।

8. दुष्ट मानिसहरूसँग अय्यूबको मित्रता छ। अय्यूब दुष्टहरूसित रहन चाहन्छ।

9. म किन त्यसो भन्छु? किनभने अय्यूब भन्दछ, यदि उसले परमेश्वरलाई खुशी पार्ने कोशिश गर्दछ भने, ‘कुनै पनि मानिसले केही पनि उपलब्ध गर्दैन।’

10. तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन। परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैंन। सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।

11. मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ। परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।

12. यो सत्य हो। परमेश्वरले गल्ती काम गर्नु हुदैन। सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगार्नु हुँदैन।

13. कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैं नियन्त्रणमा रहनु भयो।

14. यदि परमेश्वरले मानिसहरूबाट आफ्नो आत्मा र स्वास लैजान चाहनुहुन्छ भने

15. तब पृथ्वीमा भएका सम्पूर्ण मानिसहरू मर्नेछन्। सारा मानिसहरू फेरि धूलो हुनेछन्।

16. यदि तिमीहरू बुद्धीमानी छौ भने मैले भनेका कुरामा ध्यान दिएर सुन।

17. कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन। अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ? परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।

18. परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’ परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ ‘तिमीहरू दुष्ट हौ।’

19. परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।

20. मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।

21. मानिसहरूले के गर्दछ भनेर परमेश्वर नियाल्नु हुन्छ। मानिसहरूको प्रत्येक पाइलाका चाललाई परमेश्वर जान्नु हुन्छ।

22. अनिष्ट कर्म गर्ने मानिसहरूले परमेश्वरबाट लुक्ने अँध्यारो पाउँदैनन।

23. न्यायको लागि परमेश्वरको सामुन्ने जान मानिसले समय निर्धारण गर्दैन, (त्यो अधिकार परमेश्वरको हो।)

24. यदि शक्तिशाली मानिसहरूले पनि अनिष्ट कामहरू गरे भने परमेश्वरले तिनीहरूलाई प्रश्न गर्ने आवश्यकै छैन। परमेश्वरले तिनीहरूलाई सामान्य रूपले नष्ट गर्नु हुनेछ अनि अन्य मानिसहरूलाई मुखिया चुन्नु हुनेछ।

25. यसकारण परमेश्वरले मानिसहरूले के गर्दछ भनेर जान्नु हुन्छ। यही कारणले गर्दा परमेश्वरले दुष्टहरूलाई पराजित गर्नुहुन्छ अनि रात रातमा नै ध्वंश गर्नुहुन्छ।

26. परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु हुन्छ किनभने तिनीहरूले अनिष्ट कामहरू गरेका हुन्छन। अनि परमेश्वरले ती मानिसहरूलाई दण्ड दिनु हुनेछ कारण अन्य मानिसहरूले पनि त्यस्तो घटना देख्न सक्छन्।

27. किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे। अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।

28. ती दुष्ट मानिसहरूले दीन दुःखी मानिसहरूलाई दुःख दिन्छन् अनि परमेश्वरलाई गुहार्नका लागि वाध्य गराउँछन्। परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ।

29. तर परमेश्वरले तिनीहरूलाई सहयोग नदिने निर्णय लिनुभयो भने कसैले पनि परमेश्वरको दोषको न्याय गर्न सक्तैन। यदि परमेश्वरले आफूलाई मानिसहरूदेखि लुकाउनु हुन्छ भने तब कसैले पनि उहाँलाई भेट्न सक्ने छैन। परमेश्वर प्रत्येक मानिस र जाति माथिका शासक हुनुहुन्छ।

30. अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने तब उसलाई आफ्नो शक्तिबाट बंन्चित गराई दिनु हुन्छ।

31. त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन् ‘म दोषी हुँ। म अबोप्रान्त पाप गर्ने छैन।

32. परमेश्वर, मैले तपाईंलाई नदेखे तापनि कृपया मलाई बाँच्नलाई ठीक शिक्षा दिनु होस्। यदि मैले गल्ती काम गरेको रहेछु भनें म फेरि त्यस्तो गर्ने छैन।’

33. अय्यूब, तिमी चाहन्छौ कि परमेश्वरले तिमीलाई पुरस्कार दिउन्। तर तिमी परिवर्तन हुन अस्वीकार गर्छौ। अय्यूब, यो तिम्रो निर्णय हो, मेरो होइन। मलाई बताऊ तिमी के सोच्छौ।

34. एक ज्ञानी मानिसले मेरो कुरा ध्यानले सुन्ने छ ज्ञानी मानिसले भन्नेछ

35. ‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ। अय्यूबले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’

36. मेरो विचारमा अय्यूबले अझ बढी दण्ड पाउनु पर्ने हो। किन? किनभने अय्यूबले हामीलाई एकजना दुष्ट मानिसकै व्यवहारले जवाफ दिए।

37. अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो। अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”

About अय्यूब Chapter 34

Read अय्यूब Chapter 34 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: अय्यूब
Chapter: 34
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading अय्यूब Chapter 34 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is अय्यूब Chapter 34?

अय्यूब Chapter 34 is part of the Book of अय्यूब in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete अय्यूब Chapter 34 online for free with easy chapter navigation.

More Chapters from अय्यूब

  1. अय्यूब Chapter 30
  2. अय्यूब Chapter 15
  3. अय्यूब Chapter 28
  4. अय्यूब Chapter 19
  5. अय्यूब Chapter 14
  6. अय्यूब Chapter 42
  7. अय्यूब Chapter 18

Explore More from पुरानो करार

  1. 2 इतिहास Chapter 31
  2. भजनसंग्रह Chapter 134
  3. उत्पत्ति Chapter 44
  4. 2 शमूएल Chapter 15
  5. अय्यूब Chapter 30
  6. यर्मिया Chapter 22
  7. भजनसंग्रह Chapter 33

Related Chapters & Readings

  1. गन्ती Chapter 36
  2. हितोपदेश Chapter 30
  3. 1 शमूएल Chapter 25
  4. हितोपदेश Chapter 7
  5. 1 कोरिन्थी Chapter 14
  6. कलस्सी Chapter 4
  7. लूका Chapter 22
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *