उत्पत्ति Chapter 8

For English

Read उत्पत्ति Chapter 8 Online

Read उत्पत्ति Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

A+ A A-

उत्पत्ति 8

अध्याय 8

1. नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरु थिए, तिनीहरुलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो।

2. आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोडयो।

3. त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150दिन पुगेपछि पानी घटेको थियो

4. अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो।

5. यसरी पानी दशौं महीना नपुगुञ्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरु देखिए।

6. त्यसपछि चालीसौं दिनको अन्तमा न्‌हले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए।

7. अनि त्यो काग पृथ्वीमा पानी नसुकुञ्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो।

8. त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए।

9. तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए।

10. नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए,

11. अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो।

12. त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।

13. नूहको उमेरको 601 वर्ष भएको थियो पहिलो महीनाको पहिलो दिन पृथ्वीको सतहमाथि पानी पूर्णरुपले सुक्यो। यसर्थ नूहले जहाजको ढोका खोलेर हेर्दा देख्यो पृथ्वीको सतहमा पानी सुकिसकेको थियो।

14. दोस्रो महीनाको सत्ताईसौं दिनमा पृथ्वीको सतहबाट सम्पूर्ण रूपले पानी सुकेको थियो।

15. तब परमेश्वरले नूहलाई भन्नुभयो,

16. “तँ, तेरी पत्नी, तेरा छोराहरु र बुहारीहरु लिएर जहाज बाहिर आइज।

17. जहाजमा तँसँग जे जति चराहरु, पाल्तू जनावर, वनका जनावार भूमिमा घस्रने जन्तुहरु ती सब भूमिमा ओह्राल जसले गर्दा तिनीहरुले पृथ्वीमा आफ्नो सन्तान बढाउन्, पशुहरुले तिनीहरुको संख्या पृथ्वीमा बढाउन्।”

18. यसर्थ, नूह उनका छोराहरु, उनकी पत्नी तथा बुहारीहरु जहाजबाट बाहिर भूमिमा निस्के।

19. आफ्नो-आफ्नो परिवार, प्रत्येक जनावर, घस्रने प्राणीहरु, प्रत्येक चरा जो पनि पृथ्वीमाथि हिंड्डुल गर्छन् तथा आकाशमा उड्छन् ती सबै पृथ्वीमा ओर्लिए।

20. त्यसपछि नूहले परम्मप्रभुको निम्ति एउटा वेदी उभ्याए र उनले केही पवित्र पशुहरु र पवित्र चराहरु परमप्रभुको निम्ति वेदीमा होमबलि चढाए।

21. परमप्रभुले त्यस बलिदानहरुको बास्ना लिएपछि मनमा भन्नुभयो, “फेरि पृथ्वीलाई कहिल्ये पनि सराप दिने छैन। यसर्थ अब उसो कहिले पनि यस प्रकारका जीवित प्राणीहरुलाई नष्ट पार्ने छैन।

22. जहिलेसम्म पृथ्वी रहन्छ, बिउ छर्ने र फसल काट्ने समय, जाडो र गर्मी, ग्रीष्म र शिशिर, दिन अनि रातको कहिल्यै अन्त हुनेछैन।”

About उत्पत्ति Chapter 8

Read उत्पत्ति Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 8
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 8 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 8?

उत्पत्ति Chapter 8 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 8 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 26
  3. उत्पत्ति Chapter 31
  4. उत्पत्ति Chapter 40
  5. उत्पत्ति Chapter 49
  6. उत्पत्ति Chapter 45
  7. उत्पत्ति Chapter 43

Explore More from पुरानो करार

  1. यशैया Chapter 14
  2. लेवी Chapter 12
  3. अय्यूब Chapter 30
  4. एस्तर Chapter 10
  5. यहोशू Chapter 19
  6. भजनसंग्रह Chapter 129
  7. इजकिएल Chapter 30

Related Chapters & Readings

  1. योएल Chapter 1
  2. उत्पत्ति Chapter 45
  3. 2 राजा Chapter 16
  4. होशे Chapter 13
  5. भजनसंग्रह Chapter 53
  6. इजकिएल Chapter 36
  7. प्रस्थान Chapter 4
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *