व्यवस्था Chapter 6

For English

Read व्यवस्था Chapter 6 Online

Read व्यवस्था Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of व्यवस्था and the Holy Bible online.

Choose a Chapter

व्यवस्था 6

अध्याय 6

1. “आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।

2. सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ।

3. हे इस्राएलीहरू हो! ध्यान पूर्वक सुन अनि यी विधि-विधानहरू पालन गर। तब प्रत्येक चीज तिमीहरूको निम्ति असल रहनेछ र तिमीहरूका बाल-बच्चाहरू धेरै हुनेछन् अनि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले प्रतिज्ञा गरे झैं तिमीहरूको भूमि धेरै असल कुराहरूले भरिएको हुनेछ।

4. “हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।

5. तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।

6. आज मैले दिएको आज्ञाहरू सधैं सम्झना राख।

7. जब तिमीहरू, घरमा विश्राम गर्न बस्छौ अथवा बाटोमा हिड्छौं यी आज्ञाहरूको विषयमा आफ्ना नानीहरूसित कुरा गर जब तिमीहरू उठ बस गर्छौं।

8. मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख

9. तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।

10. “परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।

11. परमप्रभुले राम्रा वस्तुहरूले भरिएका घरहरू तिमीहरूलाई दिनु हुनेछ जो तिमीहरूले त्यहाँ राखेका होइनौ। परमप्रभुले इनारहरू दिनुहुनेछ जो तिमीहरूले खनेको होइनौ। परमप्रभुले दाख र भद्राक्षको खेतबारी दिनु हुनेछ जो तिमीहरूले रोपेका थिएनौ।

12. “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।

13. परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ।

14. तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन।

15. परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसितै बस्नु भएकाले यदि तिमीहरूले अरू ईश्वरहरू पूजा गर्छौ उहाँ रिसाउनु हुनेछ पृथ्वीमा तिमीहरूलाई ध्वंश पार्नु हुनेछ।

16. “तिमीहरूले मस्सामा झैं आफ्नो परमप्रभुको परीक्षा लिनु हुँदैन।

17. तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ।

18. तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ।

19. अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्नेछौ।

20. “भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’

21. तब तिमी छोरोलाई भन्नेछौ, ‘हामी मिश्रमा फिरऊनको दासहरू थियौं तर परमप्रभुले हामीलाई आफ्नो बाहुबलले त्यहाँबाट बाहिर ल्याउनु भयो।

22. परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं।

23. “त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो।

24. परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैं जीवित राख्नु हुनेछ।

25. परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’

About व्यवस्था Chapter 6

Read व्यवस्था Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: व्यवस्था
Chapter: 6
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading व्यवस्था. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading व्यवस्था Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is व्यवस्था Chapter 6?

व्यवस्था Chapter 6 is part of the Book of व्यवस्था in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete व्यवस्था Chapter 6 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from व्यवस्था

  1. व्यवस्था Chapter 18
  2. व्यवस्था Chapter 14
  3. व्यवस्था Chapter 19
  4. व्यवस्था Chapter 4
  5. व्यवस्था Chapter 21
  6. व्यवस्था Chapter 10
  7. व्यवस्था Chapter 26

Related Chapters & Readings

  1. 2 पत्रुस Chapter 3
  2. व्यवस्था Chapter 16
  3. मीका Chapter 6
  4. भजनसंग्रह Chapter 9
  5. भजनसंग्रह Chapter 96
  6. यशैया Chapter 54
  7. होशे Chapter 13
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *