1 राजा Chapter 8

For English

Read 1 राजा Chapter 8 Online

Read 1 राजा Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 राजा and the Holy Bible online.

Choose a Chapter

1 राजा 8

अध्याय 8

1. त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे।

2. यसकारण सबै इस्राएलका मानिसहरू वर्षको सातौं महीनामा त्यसको महीनाको चाडको समयमा मानिसहरू सुलेमानसित भेला हुन्थे।

3. इस्राएलका सबै बूढा प्रधानहरू त्यस ठाउँमा पुगे। तब पूजाहारीहरूले पवित्र सन्दूक उठाए।

4. तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए।

5. राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन।

6. तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।

7. करूब स्वर्गदूतहरूका पखेटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए।

8. यी थाम्ने खाम्बाहरू धेरै लामा थिए। अति पवित्र स्थानको अघि उभिने कुनै मानिसले खाम्बाहरूको छेऊ देख्न सकथ्यो। तर बाहिरबाट कुनैपनि मानिसले तिनीहरूलाई देख्न सक्दैन थिए। खाम्बाहरू आज पनि त्यहाँ छन्।

9. पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो

10. पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो।

11. पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो।

12. तब सुलेमानले भनेः“परमप्रभुले अकाशमा चम्काउँन घाम बनाउनुभयो, तर उहाँले कालो बादलमा बस्न मन पराउनुभयो।

13. मैले तिम्रो लागि अचम्मको मन्दिर बनाए एउटा ठाउँ जहाँ तिमी सँधै बस्ने छौ।”

14. इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे।

15. तब राजा सुलेमानले भने, “परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा होस्। उहाँले परमप्रभुले भन्नुभयो उहाँले मेरो पितासँग प्रतिज्ञा गर्नु भएको पूरा गर्नु भयो।

16. ‘मैंले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरै सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’

17. “मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए।

18. तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ।

19. तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’

20. “यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छुँ। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें।

21. मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”

22. तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर।

23. उनले भनेः“परमप्रभु, इस्राएलका परमेश्वर, अकाश अथवा धर्तीमा तपाईं जस्तो अरू कुनै परमेश्वर छैन। तपाईंले आफ्ना भक्तहरूसँग करार गर्नुभएको छ किनभने तपाईं उनीहरूलाई प्रेम गर्नु हुन्छ तपाईं आफ्नो वचनलाई पूरा गर्नुहुन्छ तपाईं तपाईंको अनुसरण गर्ने मानिसहरूका लागि दयालु अनि साँचो हुनुहुन्छ।

24. तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।

25. अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सँधैनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’

26. अनि फेरि, हे, परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई मेरा पितासँग गरेको प्रतिज्ञालाई निरन्तर राख्न अनुरोध गर्दछु।

27. “तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?

28. तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसंग प्रार्थना गरिरहेको छु।

29. विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।

30. परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थनासुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।

31. “यदि एउटा मानिसले अर्को व्यक्तिको विरूद्ध पापहरू गर्यो भने, उसलाई यहाँ वेदीमा ल्याईन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछु।

32. तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।

33. “कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।

34. कृपया उनीहरूलाई स्वर्गबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।

35. “कहिले काँही तिनीहरू तपाईंको विरूद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफशोच गर्नेछन्।

36. यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।

37. “धर्ती साह्रै नै सुक्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्।

38. जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ।

39. तपाईंले आफ्नो वासस्थान स्वर्गबाट कृपया उसको प्रार्थना सुनिदिनु होस्। मानिसहरूको मनभित्रके छ। तपाईंले मात्र जान्नुहुन्छ। यसकारण प्रत्येक मानिससित उसले गरेका कार्य अनुसार व्यवहार गर्नुहोस्।

40. यस्तो गरी दिनु होस् जसले गर्दा तपाईंका मानिसहरू जतिञ्जेलस बाँच्ने छन् त्यतिञ्जेल डराउने गर्छन्, जबसम्म तपाईंले हाम्रा जो पिता-पुर्खाहरूलाई दिनभएको भूमिमा तिनीहरूलाई बस्न दिनु हुनेछ।

41. “अरु ठाऊँका मानिसहरूले तपाईंको महानता र क्षमताको विषयमा सुन्नेछन्। तिनीहरू टाढा-टाढाबाट यस मन्दिरमा प्रार्थना गर्न आउने छन्।

43. स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको पार्थना सुनि दिनुहोस्। कृपया अरू ठाऊँका मानिसहरूले भनेको कुरा विचार गरिदिनुहोस्। तब ती मानिसहरू डराउने छन अनि इस्राएलका मानिस सरह तपाईंको आदर गर्नेछन्। तब सबै ठाऊँका मानिसहरूले जान्नेछन्, मैंले तपाईंको सम्मानमा यो मन्दिर बनाएँ।

44. “कहिले-कहिले तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्।

45. त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।

46. “तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्राोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्।

47. त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’

48. तिनीहरू ती टाढा ठाऊँमा कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हुदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पूर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाए।

49. तपाईंले तिनीहरूलाई तपाईंको निवास स्थान स्वर्गबाट सुनि दिनुहोस् अनि तिनीहरूसित राम्रो व्यवहार गर्नुहोस्।

50. तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्।

51. सम्झना रहोस, तिनीहरू तपाईंकै जाति हुन। सम्झना रहोस, तिनीहरूलाई तपाईंले नै मिश्रबाट ल्याउनु भएको हो। यसो गरेर तिनीहरूलाई तपाईंले बलेको आगोबाट बचाउनु भएको थियो।

52. “हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसंग बिन्ती गर्छन्।

53. तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”

54. सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए।

55. तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः

56. “परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!

57. म प्रार्थनागर्छु, परमेश्वर सँधै हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोडनुहुनेछैन।

58. म प्रार्थनागर्छु हामी उहाँतिर फर्कनेछौं अनि उहाँको अनुसरण गर्नेछौं। तब हामी ती सबै ऐन, निर्णय र आदेशहरू पालन गर्ने छौं जो उहाँले हाम्रा पुर्खाहरूलाई दिनुभएको थियो।

59. म आशा गर्छु, हाम्रा परमप्रभुले सँधै नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैंले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ।

60. (जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ।

61. सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमीले सँधै नै उहाँको विधि-विधान र आदेशहरू अनुसरण र पालन गर्नुपर्छ। तिमीले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”

62. तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए।

63. सुलेमानले 22,000 साँढे अनि 1,20,000 भेडाहरू बलि चढाए। यी सबै मेलबलि भेंट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।

64. त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।

65. यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए।

66. अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।

About 1 राजा Chapter 8

Read 1 राजा Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 राजा
Chapter: 8
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 राजा Chapter 8 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 राजा Chapter 8?

1 राजा Chapter 8 is part of the Book of 1 राजा in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 राजा Chapter 8 online for free with easy chapter navigation.

More Chapters from 1 राजा

  1. 1 राजा Chapter 2
  2. 1 राजा Chapter 17
  3. 1 राजा Chapter 12
  4. 1 राजा Chapter 5
  5. 1 राजा Chapter 18
  6. 1 राजा Chapter 22
  7. 1 राजा Chapter 19

Explore More from पुरानो करार

  1. गन्ती Chapter 7
  2. सपन्याह Chapter 3
  3. 1 शमूएल Chapter 29
  4. यशैया Chapter 35
  5. 2 इतिहास Chapter 32
  6. लेवी Chapter 13
  7. 2 शमूएल Chapter 18

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 130
  2. आमोस Chapter 4
  3. इजकिएल Chapter 16
  4. 1 इतिहास Chapter 9
  5. गन्ती Chapter 3
  6. 2 इतिहास Chapter 14
  7. 1 इतिहास Chapter 7
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *