1 राजा Chapter 11

For English

Read 1 राजा Chapter 11 Online

Read 1 राजा Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 राजा and the Holy Bible online.

Choose a Chapter

1 राजा 11

अध्याय 11

1. राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी धेरै आइमाईहरूलाई माया गर्दथे। तिनीहरूमा फिरऊन की छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए।

2. बितेको समयमा इस्राएलका मानिसहरूलाई परमप्रभुले भन्नु भएको थियो, “तिमीहरूले अर्को राष्ट्रका मानिसहरूसँग विवाह गर्नु हुँदैन। यदि तिमीले गर्यौ भने त्यहाँका मानिसहरूले उनीहरूकै देवताहरूको अनुसरण गर्न वाध्य गर्छन्।” तर सुलेमान ती सबै आइमाईहरूको प्रेममा परे।

3. सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे।

4. जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुसरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुसरण गरेनन् जस्तो उनका पिता दाऊदले गरेका थिए।

5. सुलेमानले सीदोन देवता अश्तारोतको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका घिनलाग्दा देवता मिल्कोमको पूजा गरे।

6. यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुसरण त्यस प्रकार गरेनन् जसरी उनका पिता दाऊदले गरेका थिए।

7. सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो।

8. तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।

9. सुलेमान परमप्रभु इस्राएलका परमेश्वरलाई पच्छ्याउन देखि टाढिंदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो।

10. परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमीले अरू देवताहरूको अनुसरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेनन्।

11. यसकारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, “तिमीले मसित भएको करार भत्ताभुङ्ग बनाउन मन परायौ। तिमीले मेरो आदेश पालन गरेका छैनौ। यसकारण म प्रतिज्ञा गर्दछु, म तिमीबाट राज्य लिनेछु। म यसलाई तिम्रा सेवकहरू मध्ये एक जनालाई दिनेछु।

12. तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु।

13. तैंपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यरूशलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।

14. त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए।

15. यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाडन गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे।

16. योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए।

17. तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए।

18. तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।

19. फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यवस्ता गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्।

20. यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गन्‌बत राखे। रानी तहपनेसले गन्‌बतलाई आफ्ना नानीहरू सँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।

21. मिश्रमा हददले सुने, दाऊदको चोला उठ्‌यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”

22. तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुस्।”

23. परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए।

24. दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए।

25. रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुञ्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।

26. नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।

27. यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए।

28. यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले उसलाई भएको थाहा गर्नुभयो। यस कराण सुलेमानले यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाला बनाए।

29. एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।

30. अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे।

31. तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु।

32. अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ।

33. म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।

34. यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे।

35. तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु।

36. म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यस कारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोसम्म सँधै रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ।

37. तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ।

38. यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सोप्ने छु।

39. म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।”‘

40. सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुञ्जेलसम्म बसें।

41. सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्।

42. सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस वर्षसम्म शासन गरे।

43. सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।

About 1 राजा Chapter 11

Read 1 राजा Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 राजा
Chapter: 11
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 राजा Chapter 11 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 राजा Chapter 11?

1 राजा Chapter 11 is part of the Book of 1 राजा in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 राजा Chapter 11 online for free with easy chapter navigation.

More Chapters from 1 राजा

  1. 1 राजा Chapter 17
  2. 1 राजा Chapter 2
  3. 1 राजा Chapter 12
  4. 1 राजा Chapter 5
  5. 1 राजा Chapter 18
  6. 1 राजा Chapter 22
  7. 1 राजा Chapter 19

Explore More from पुरानो करार

  1. 1 शमूएल Chapter 23
  2. यशैया Chapter 61
  3. भजनसंग्रह Chapter 92
  4. इजकिएल Chapter 1
  5. जकरिया Chapter 10
  6. दानियल Chapter 2
  7. यशैया Chapter 13

Related Chapters & Readings

  1. व्यवस्था Chapter 4
  2. प्रकाश Chapter 16
  3. भजनसंग्रह Chapter 15
  4. एस्तर Chapter 9
  5. अय्यूब Chapter 10
  6. कलस्सी Chapter 4
  7. प्रस्थान Chapter 33
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *