1 इतिहास Chapter 6

For English

Read 1 इतिहास Chapter 6 Online

Read 1 इतिहास Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.

Choose a Chapter

1 इतिहास 6

अध्याय 6

1. लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

2. कहातका छोराहरूः अम्राम, इसहार, हेब्रोन, अनि उज्जीएल थिए।

3. अम्रामका छोरा-छोरीहरूः हारून, मोशा र मरियम थिए।हारूनका छोराहरूः नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।

4. एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।

5. अबीशू बुक्कीका पिता थिए। बुक्की उज्जीका पिता थिए।

6. उज्जी जरयाहका पिता थिए। जरयाह मरायोतका पिता थिए।

7. मरायोत अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।

8. अहीतूब सादोकका पिता थिए। सादोक अहीमासका पिता थिए।

9. अहीमास अजर्याहका पिता थिए। अजर्याह योहानानका पिता थिए।

10. योहानान अजर्याहका पिता थिए। अजर्याह ती व्यक्ति हुन जसले यरूशलेममा सुलेमान द्वारा निर्माण गरिएको मन्दिरमा पूजाहारीको रूप सेवा गरेका थिए।

11. अजर्याह अमर्याहका पिता थिए। अमर्याह अहीतूबका पिता थिए।

12. अहीतूब सादोकका पिता थिए। सादोक शुल्लूमका पिता थिए।

13. शल्लूम हिल्कियाहका पिता थिए। हिल्कियाह अजर्याहका पिता थिए।

14. अजर्याह सरायाहका पिता थिए। सरायाह यहोसादाकका पिता थिए।

15. यहोसादाकलाई उनको घर छोड्न बाध्य तुल्याइयो जब परमप्रभुले यहूदा अनि यरूशलेमलाई टाढा पठाउनु भयो। ती मानिसहरूलाई अर्को देशमा कैदी बनाइएको थियो। परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई कैदी तुल्याउनको निम्ति नबूकदनेसरलाई प्रयोग गर्नुभयो।

16. लेवीका छोराहरूः गेर्शोम, कहात अनि मरारी थिए।

17. गेर्शोमका छोराहरूको नाउँ:लिब्नी र शिमी थिए।

18. कहातका छोराहरूः अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।

19. मरारीका छोराहरूः महली अनि मूशी थिए। यी लेवीका कुल समूहका वंशावलीको सूचि हो तिनीहरूका नाउँको अघि तिनीहरूका पिताहरूका नाउँ लेखिएका छन्।

20. यी गेर्शोमका सन्तानहरू थिएः लिब्नी गेर्शोमका पुत्र थिए। यहज लिब्नीका छोरा थिए। जीम्मा यहतका छोरा थिए।

21. योआह जीम्माहका छोरा थिए। इद्दो योआहका छोरा थिए। जेरह इद्दोका छोरा थिए। यातरै जेरहका छोरा थिए।

22. यी कहातका सन्तानहरू थिएः अम्मीनादाब कहातका छोरा थिए। कोरह अम्मीनादाबका छोरा थिए। अस्सीर कोरहका छोरा थिए।

23. एल्काना अस्सीरका छोरा थिए। एब्यासाप एल्कानाका छोरा थिए। अस्सीर एब्यासापका छोरा थिए।

24. जहत अस्सीरका छोरा थिए। ऊरीएल नहतका छोरा थिए। उज्जियाह ऊरीएलका छोरा थिए। शाऊल उज्जियाहका छोरा थिए।

25. एल्कानाका छोराहरू अमासै अनि अहीमोत थिए।

26. सोपे एल्कानाका छोरा थिए। नहत सोपेका छोरा थिए।

27. एलीआब नहतका छोरा थिए। यरोहाम एलीआबका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। शमूएल एल्कानाका छोरा थिए।

28. शमूएलका जेठा छोरा योएल र कान्छ अब्याह हुन्।

29. यी मरारीका छोराहरू हुन्; महली मरारीका छोरा थिए, लिब्नी महलीका छोरा थिए; शिमी लिब्नीका छोरा थिए। उज्जा शिमीका छोरा थिए।

30. शिमी उज्जाका छोरा थिए। हग्गियाह शिमीअका छोरा थिए। असायाह हग्गियाहका छोरा थिए।

31. यी ती मानिसहरू हुन् जसलाई दाऊदले परमप्रभुको मन्दिरको पालमा करारको सन्दूक राखेपछि सङ्गीतको हेर- विचारका निम्ति छाने।

32. यी मानिसहरूले पवित्र पालमा गाएर सेवा गर्थे। पवित्र पाललाई भेटघाट गर्ने पालपनि भनिन्छ अनि यी मानिसहरूले सुलेमानले यरूशलेममा परमप्रभुको मन्दिर नबनाउञ्जेलसम्म सेवा गरे। तिनीहरूले आफ्ना कामका निम्ति दिइएका नियमहरूको अनुसरण गर्दै सेवा गरे।

33. यी नाउँ ती मानिसहरू अनि तिनीहरूका छोराहरूका हुन जसले संगीत द्वारा सेवा गरे।कहात वंशका परिवारहरू थिएः सङ्गीतकार हेमान। हेमान योएलका छोरा थिए। योएल शमूएलका छोरा थिए।

34. शमूएल एल्कानाका छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलीएलका छोरा थिए। एलीएल तोहका छोरा थिए।

35. तोह सूपका छोरा थिए। सूप एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए।

36. योएल अजर्याहका छोरा थिए, अजर्याह सपन्याहका छोरा थिए।

37. सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए।

38. कोरह यिसहारका छोरा थिए। यिसहार कहातका छोरा थिए। कहात लेवीका छोरा थिए। लेवी इस्राएलका छोरा थिए।

39. आसाप हेमानका आफन्त थिए। आसापले हेमानको दाहिनेतिर बसेर सेवा गर्थे। आसाप बेराक्याहका छोरा थिए। बेराक्याह शिमाअका छोरा थिए।

40. शिमाअ मीकाएलका छोरा थिए। मीकाएल बासेयाहाका छोरा थिए। बसेयाह मल्कियाहका छोरा थिए।

41. मल्कियाह एत्नीका छोरा थिए। एत्नी जेरहका छोरा थिए। जेरह अदायाहका छोरा थिए।

42. अदायाह एतानका छोरा थिए। एतान जीम्माका छोरा थिए। जिम्मा शिमीका छोरा थिए।

43. शिमी यहतका छोरा थिए। यहत गेर्शोमका छोरा थिए। गेर्शोम लेवीका छोरा थिए।

44. मरारीका सन्तानहरू हेमान अनि आसापका आफन्तहरू थिए। तिनीहरू हेमानका देब्रेतिरका गायक समूह थिए। एतान कीशीका छोरा थिए। किशी अब्दीका छोरा थिए। अब्दी मल्लूकका छोरा थिए।

45. मल्लूक हश्बयाहका छोरा थिए। हश्बयाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए।

46. हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानीका छोरा थिए। बानी शेमेरका छोरा थिए।

47. शेमेर महलीका छोरा थिए। महली मूशीका छोरा थिए। मूशी मरारीका छोरा थिए। मरारी लेवीका छोरा थिए।

48. हेमान अनि आसापका दाज्यू-भाईहरू लेवीहरू थिए। लेवीहरूलाई पवित्र पालमा काम गर्नको निम्ति चुनिएका थिए। पवित्र पाल परमेश्वरको घर थियो।

49. तर, हारूनका सन्तानहरूलाई मात्र होमबलिको वेदीमा अनि धूपवेदीमा धूप बाल्ने अनुमति थियो। हारूनका सन्तानहरूले परमेश्वरको मन्दिरको अनि पवित्र स्थानमा सबै कामहरू गर्थे। तिनीहरूले इस्राएलका मानिसहरूलाई शुद्ध तुल्याउनेरिति पनि गर्थे। तिनीहरूले ती सबै नियमहरू अनि विधिहरू अनुसरण गर्दथे जसको निम्ति मोशाले आज्ञा दिएका थिए। मोशा परमेश्वरको दास थिए।हारूनका सन्तानहरू

50. यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए।

51. बुक्की अबीशूका छोरा थिए। उज्जी बुक्कीका छोरा थिए। जरायाह उज्जीका छोरा थिए।

52. मरायोत जरायाहका छोरा थिए। अमर्याह मरायोतका छोरा थिए। अहीतूब अमर्याहका छोरा थिए।

53. सादोक अहीतूबका छोरा थिए। अहीमास सादोकका छोरा थिए।

54. यी ती स्थानहरू हुन् जहाँ हारूनका सन्तानहरू बस्दथे तिनीहरूलाई दिएको तिनीहरूको भूमिमा आफ्ना छाउनी हालेर बस्थे। कहातीहरूले त्यस भूमिको पहिलो भाग पाए जो लेवीहरूलाई दिइएको थियो।

55. तिनीहरूलाई हेब्रोन शहर अनि त्यसका वरीपरिका खेतहरू दिइएका थिए। यो यहूदाको प्रान्तमा थियो।

56. तर शहर खेतहरू अनि हेब्रोन वरिपरिको गाउँहरू यपुन्नेका छोरा कालेबलाई दिइयो।

57. हारूनका सन्तानहरूलाई सुरक्षित-शहरहरू दिइयोः हेब्रोन, लिब्ना, यत्तीर एश्तमो,

58. हीलेन, दबीर,

59. आशान, युन्ता अनि बेत-शेमेश शहरहरू पनि दिईयो। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए।

60. बिन्यामीन कुल समूहबाट तिनीहरूले गिबोन, गेबा, अल्लेमेत अनि अनातोत शहरहरू पाए। तिनीहरूले ती सबै शहरहरू अनि ती वरिपरिका खेतहरू पाए। कहात वंशलाई तेह्रवटा शहरहरू दिईयो।

61. कहातका बाकी सन्तानहरूले मनश्शेका आधा कुल समूहबाट गोला हालेर दशवटा शहरहरू पाए।

62. ती परिवार समूह जो गेर्शोमका सन्तान थिए तिनीहरूले तेह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू इस्साकार, आशेर, नप्ताली अनि बाशानका क्षेत्रमा बस्ने मनश्शेका कुल समूहका अंशबाट पाए।

63. परिवार समूह जो मराका सन्तानहरू थिए, तिनीहरूले बाह्रवटा शहरहरू पाए। तिनीहरूले ती शहरहरू रूबेन, गाद अनि जबूलूनका कुल समूहहरूबाट पाए। तिनीहरूले ती शहरहरू चिट्ठा द्वारा पाए।

64. यसरी इस्राएली मानिसहरूले ती शहरहरू अनि खेतहरू लेवी मानिसहरूलाई दिए।

65. तिनीहरूले तिनीहरूलाई शहरहरू यहूदा, शिमोन अनि बिन्यामीन कुल समूहहरूलाई गोला हालेर दिए। ती शहरहरू नाउँ द्वारा तोकिएका थिए।

66. एप्रैम कुल समूहले कहाती वंशलाई केही शहरहरू दिए। ती शहरहरू चिट्ठाद्वारा पाए।

67. तिनीहरूले तिनीहरूलाई सुरक्षित शहरहरू रोकेम, गेजेर दिए।

68. योकमाम, बेथहोरोन,

69. अय्यालोन अनि गात रिम्मोन शहरहरूपनि दिइए। तिनीहरूले ती शहरहरूसँग खेतहरू पनि पाए। ती शहरहरू एप्रैमका पहाडी देशमा थिए।

70. अनि मनश्शे कुल समूहका आधाबाट इस्राएली मानिसहरूले आनेर अनि बिलाम शहरहरू कहातका वंशहरूलाई दिए। ती कहात वंशहरूले शहरहरूसंगै खेतहरू पनि पाए।

71. गेर्शोम परिवारहरूले बाशान क्षेत्रबाट गोला अनि मनश्शेका आधा कुल समूहबाट अश्तारोतसंगै तिनीहरूले खेतहरू यी शहरहरू सितै पाए।

72. गेर्शोम परिवारहरूले केदेश, दाबरत, रामोत अनि अनेम शहरहरू पनि इस्साकारका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरू नजिकका खेतहरू पनि यी शहरहरूसितै पाए।

74. गेर्शोम कुलहरूले माशाल, अब्दोन, हूकोक अनि रहोबले पनि आशेरका कुल समूहबाट शहरहरू पाए। तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।

76. गेर्शोम वंशहरूले गालीलको केदेश, हम्मोन अनि किर्यातैम शहरहरू पनि नप्तालीका कुल समूहबाट पाए। तिनीहरूले शहरहरूसितै खेतहरु पनि पाए।

77. बाकिरहेका रिम्मोन अनि ताबोर शहरहरू जबूलूनका कुल समूहबाट पाए। तिनीहरूले नजिकैको खेतहरू पनि शहरहरूसितै पाए।

78. मरारी परिवारहरूले मरूभूमिको बेसेर अनि यहसा, शहरहरू रूबेनका कुल समूहबाट पाए। रूबेनका कुल समूह यर्दन नदी पारि यरीहो शहरको पूर्वमा बस्थे। यी मरारी परिवारहरूले ती शहरहरूसितै नजिकका खेतहरू पनि पाए।

80. अनि मरारी वंशहरूले गिलादको रामोत, महनेम, हेश्बोन, अनि याजेर शहरहरू गादका कुल समूहबाट पाए। तिनीहरूले ती शहरहरूसगै नजिकका खेतहरू पनि पाए।

About 1 इतिहास Chapter 6

Read 1 इतिहास Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 इतिहास
Chapter: 6
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 इतिहास Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 इतिहास Chapter 6?

1 इतिहास Chapter 6 is part of the Book of 1 इतिहास in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 इतिहास Chapter 6 online for free with easy chapter navigation.

More Chapters from 1 इतिहास

  1. 1 इतिहास Chapter 20
  2. 1 इतिहास Chapter 11
  3. 1 इतिहास Chapter 22
  4. 1 इतिहास Chapter 4
  5. 1 इतिहास Chapter 12
  6. 1 इतिहास Chapter 10
  7. 1 इतिहास Chapter 8

Explore More from पुरानो करार

  1. उपदेशक Chapter 2
  2. न्यायकर्ता Chapter 9
  3. भजनसंग्रह Chapter 71
  4. हितोपदेश Chapter 23
  5. आमोस Chapter 8
  6. 1 राजा Chapter 6
  7. यहोशू Chapter 1

Related Chapters & Readings

  1. दानियल Chapter 3
  2. रोमीहरू Chapter 5
  3. 1 इतिहास Chapter 23
  4. हिब्रू Chapter 2
  5. यहोशू Chapter 10
  6. भजनसंग्रह Chapter 50
  7. 1 तिमोथी Chapter 2
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *