1 इतिहास Chapter 27

For English

Read 1 इतिहास Chapter 27 Online

Read 1 इतिहास Chapter 27 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.

Choose a Chapter

1 इतिहास 27

अध्याय 27

1. यी इस्राएलीहरूको सूची हो जसले सेनामा राजाको सेवा गर्थे। प्रत्येक समूहले प्रत्येक वर्ष एक महीना काम गर्दथै। त्यहाँ परिवारका अगुवाहरू हजार जना सेनाध्यक्षहरू, सहायक सेनाध्यक्षहरू, अधिकारीहरू, जसले राजाको सेवा गर्थे। प्रत्येक सैन्य समूहमा 24,000 मानिसहरू थिए।

2. याशोबाम पहिलो समूहको पहिलो महीनाको जिम्मामावाल थिए। याशोबाम जब्दीएलका छोरा थिए। याशोबामको समूहमा 24,000 व्यक्तिहरू थिए।

3. याशोबाम पेरेसका सन्तानहरूमा एक अगुवाजन थिए। याशोबाम पहिलो महीनाको निम्ति सबै सैन्य अधिकारीहरूका प्रमुख थिए।

4. दोदै दोस्रो महीनाका निम्ति सैन्य समूहका जिम्मावाला थिए। तिनी आहोहका थिए। त्यहाँ उसको समूहमा 24,000 मानिसहरू थिए। मिकलट उनका समूहका अगुवा थिए।

5. तेस्रो सेनापति बनायाह यहोयादाका छोरा बनायाह तेस्रो महीनाका निम्ति सेनापति थिए। यहोयादा मुख्य पूजाहारी थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

6. यिनी उही बनायाह थिए, जो तीस योद्धाका एक साहसी सैनिक थिए। बनायाहले ती मानिसहरूको अगुवाई गरे। बनायाहका छोरा अम्मीजाबाद बनायाहको समूहका जिम्मामा थिए।

7. चौथो सेनापति योआबका भाइ असाहेल थिए। असाहेल चौथो महीनाका निम्ति सेनापति थिए। पछि असाहेलका छोरा जबदियाहले सेनापतिको रूपमा तिनको स्थान लिए। असाहेलका समूहमा 24,000 मानिसहरू थिए।

8. पाँचौं सेनापति शम्हूत थिए। शम्हूत पाँचौं महीनाको निम्ति सेनापति थिए। शम्हूत जेरह परिवारका थिए। शम्हूतका समूहमा 24,000 व्यक्तिहरू थिए।

9. छैटौं सेनापति ईरा थिए। ईरा छैटौं महीनाको निम्ति सेनापति थिए। ईरा इक्केशका छोरा थिए। इक्केश तको शहरका थिए। ईराको समूहमा 24,000 मानिसहरू थिए।

10. सातौं सेनापति हेलेस थिए। हेलेस सातौं महीनाका निम्ति सेनापति थिए। तिनी पालोनी मानिसहरूबाट थिए अनि एप्रैमका सन्तान थिए। हेलेसको समूहमा 24,000 मानिसहरू थिए।

11. आठौं सेनापति सिब्बकै थिए। सिब्बकै आठौं महीनाका निम्ति सेनापति थिए। सिब्बकै हूशाहबाट थिए। सिब्बकै जेरह परिवारका थिए। सिब्बकैको समूहमा 24,000 मानिसहरू थिए।

12. नवौं सेनापति अबीएजेर थिए। अबीएजेर नवौं महीनाका निम्ति सेनापति थिए। अबीएजेर अनातोत शहरका थिए। अबीएजेर बिन्यामीन कुल समूहका थिए। अबीएजेरको समूहमा 24,000 मानिसहरू थिए।

13. दशौं सेनापति महरै थिए। महरै दशौं महीनाका निम्ति सेनापति थिए। महरै नतोपाहका थिए। तिनी जेरह परिवारका थिए। महरैको समूहमा 24,000 मानिसहरू थिए।

14. एघारौं सेनापति बनायाह थिए। बनायाह एघारौं महीनाका निम्ति सेनापति थिए। बनायाह पिरातोनका थिए। बनायाह एप्रैमका कुल समूहका थिए। बनायाहको समूहमा 24,000 मानिसहरू थिए।

15. बाह्रौं सेनापति हेल्दै थिए। हेल्दै बाह्रौं महीनाका निम्ति सेनापति थिए। हेल्दै नतोपाहका थिए। हेल्दै ओत्नीएल परिवारबाट थिए। हेल्दैको समूहमा 24,000 मानिसहरू थिए।

16. इस्राएलका कुल समूहहरूका मुखियाहरू यी नै थिएःरूबेनकाः जिक्रीका छोरा एलीएजर। शिमोयोनकाः शपत्याह माकाको छोरा।

17. लेवीकाः कमूएलका छोरा हशब्याह। हारूनकाः सादोक।

18. यहूदाकाः एलीहू (एलीहू दाऊदका भाइहरू मध्ये एक जना थिए) इस्सकारकाः मीकाएलका ओम्री छोरा।

19. जबूलूनकाः ओबदियाका छोरा यिश्मायाह। नप्तालीकाः यरीमोत अज्रीएलका छोरा।

20. एप्रैइमकाः अज्जयाहका छोरा होशेया। पश्चिम मनश्शेकाः योएल पदायाहका छोरा।

21. पूर्व मनश्शेकाः जकर्याहका छोरा इद्दो। बिन्यामीनकाः यसीएल अबनेरका छोरा।

22. दानकाः यरोहामका छोरा अज्रेल।यी इस्राएली कुल समूहका मुखियाहरू थिए।

23. दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस वर्ष अनि त्यस भन्दा माथिका थिए।

24. योआब, सरूयाहका छोराले मानिसहरू गन्ती गर्न शुरू गरे, तर तिनले सकेनन्। परमेश्वर इस्राएलका मानिसहरूसित क्रोधित हुनु भयो। त्यसै कारणले गर्दा राजा दाऊदको इतिहासको पुस्तकमा मानिसहरूको संख्या लेखिएन।

25. यो ती मानिसहरूको सूची हो जसले राजाका सम्पत्तिको जिम्मा लिएका थिएःअज्मावेत, अदीएलका छोरा राजा भण्डार कक्षको जिम्मामा थिए। जोनाथन, उज्जियाहका छोरा सा-साना शहर, गाउँ, खेत अनि बुर्जाहरूका भण्डार कक्षका जिम्मामा थिए।

26. एज्री कलूबका छोरा कृषकहरूको जिम्मा लिएका थिए।

27. रामा शहरका शिमी दाखबारीको जिम्मा मा थिए। शेपेमका जब्दी दाखबारीहरूबाट आउने दाखरसको हेरचाह अनि भण्डारको जिम्मा मा थिए।

28. गेदेरका बाल हानान पश्चिमी पहाड देशका भद्राक्ष अनि अञ्जीरको बृक्षहरूकाजिम्मावाला थिए। योआश भद्राक्षको तेलको भण्डारको जिम्मावाला थिए।

29. शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए। अदूलेका छोरा शापातबेंसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।

30. इश्माएलले ओबील ऊँटहरूका जिम्मामा थिए।मेरोनोती येहदयाह गधाहरूका जिम्मामा थिए।

31. हगरीका याजीज भेडा-बाख्राहरूका जिम्मामा थिए।यी सबै मानिसहरू प्रधान थिए, जसले राजा दाऊदका सम्पत्तिहरूका हेर चाह गर्दथे।

32. जोनाथन एक बुद्धिमानी, सल्लाहकार र लेखापाल थिए। जोनाथन दाऊदका भतीजा थिए। हक्मोनीका छोरा यहीएल राजाका छोराहरू को हेरचाह गर्दथे।

33. अहीतोपेल राजाका सल्लाहकार थिए। हूशै राजाका मित्र थिए। हूशै एरकी मानिसहरूबाट थिए।

34. यहोयादा र एबीयातारले पछि राजाका सल्लाहकारको रूपमा अहीतोपेलले स्थान लिए। यहोयादा बनायाहका छोरा थिए। योआब राजाका सेनापति थिए।

About 1 इतिहास Chapter 27

Read 1 इतिहास Chapter 27 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 इतिहास
Chapter: 27
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 इतिहास Chapter 27 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 इतिहास Chapter 27?

1 इतिहास Chapter 27 is part of the Book of 1 इतिहास in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 इतिहास Chapter 27 online for free with easy chapter navigation.

More Chapters from 1 इतिहास

  1. 1 इतिहास Chapter 20
  2. 1 इतिहास Chapter 11
  3. 1 इतिहास Chapter 22
  4. 1 इतिहास Chapter 12
  5. 1 इतिहास Chapter 4
  6. 1 इतिहास Chapter 10
  7. 1 इतिहास Chapter 8

Explore More from पुरानो करार

  1. उत्पत्ति Chapter 33
  2. भजनसंग्रह Chapter 80
  3. होशे Chapter 2
  4. यर्मिया Chapter 26
  5. व्यवस्था Chapter 29
  6. 1 शमूएल Chapter 4
  7. 2 इतिहास Chapter 33

Related Chapters & Readings

  1. नहेम्याह Chapter 7
  2. मर्कूस Chapter 7
  3. यर्मिया Chapter 28
  4. यूहन्ना Chapter 16
  5. भजनसंग्रह Chapter 33
  6. 2 शमूएल Chapter 1
  7. भजनसंग्रह Chapter 121
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *