Read 1 इतिहास Chapter 19 Online
Read 1 इतिहास Chapter 19 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.
Choose a Chapter
1 इतिहास 19
अध्याय 19
1. नाहाश अम्मोनी मानिसहरूका राजा थिए। केही समयपछि नाहाशको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा नयाँ राजा भए।
2. तब दाऊदले भने, “नाहाश म प्रति दयालु थिए, यसर्थ म हानून, नाहाशका छोरा प्रति दयालु हुनेछु।” यसर्थ दाऊदले तिनको पिताको मृत्यु प्रति हानूनलाई सान्त्वना दिनका निम्ति दूतहरू पठाए। दाऊदका दूतहरू अम्मोन देशमा हानूनलाई सान्त्वना दिन गए।
3. तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।”
4. यसर्थ हानूनले दाऊदका समाचारवाहकहरूलाई पक्रे अनि तिनीहरूका दाह्री र कपाल काटिदिए। हानूनले तिनीहरूका बस्त्रहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए।
5. दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घटना घटयो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुञ्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”
6. अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए।
7. अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले मकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफैं आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए।
8. दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए।
9. अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफै बाहिर मैदान तिर बसे।
10. योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए।
11. योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना बिरूद्ध लडन गए।
12. योअबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्रा निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु।
13. हामी साहसी अनि शक्तिशाली बनौं जब हामी हाम्रा मानिसहरूका निम्ति अनि हाम्रा परमेश्वरको शहरहरूका निम्ति लड्छौ। परमप्रभुले त्यही गरून् जो उहाँले उचित ठान्नुहुन्छ।”
14. योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे।
15. अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।
16. अरामी प्रधानहरूले देखे कि इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे। यसर्थ तिनीहरूले यूफ्रेटिस नदीको पूर्वतिर बसेका अरामी मानिसहरू बाट सहायता पाउनका निम्ति दूतहरू पठाए। शोपक अरामका हदर-एजेरका सेनापति थिए। शोपकले ती अन्य अरामी सैनिकहरूको पनि अगुवाइ गरे।
17. दाऊदले समाचार सुने कि अरामका मानिसहरू युद्धका निम्ति एकत्रित भइरहेका छन्। यसर्थ दाऊदले इस्राएलका सबै मानिसहरूलाई एकजुट गराए। दाऊदले तिनीहरूलाई यर्दन नदी पारी लगे। तिनीहरू अरामीहरूको आमने-सामने भए। दाऊदले आफ्ना सेनालाई युद्धका निम्ति तयार हुनु हुकुम गरे अनि तिनीहरूले अरामीहरूलाई आक्रमण गरे।
18. अरामीहरू इस्राएलीहरूबाट भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।
19. जब हदर-एजेरका अधीकारीहरूले तिनीहरूलाई इस्राएलले परास्त पारेका देखे, तिनीहरूले दाऊदसित सन्धि गरे। तिनीहरू दाऊदका सेवक बने। यसर्थ अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्न अस्वीकार गरे।
About 1 इतिहास Chapter 19
Read 1 इतिहास Chapter 19 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 1 इतिहास
Chapter: 19
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 1 इतिहास Chapter 19 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 1 इतिहास Chapter 19?
1 इतिहास Chapter 19 is part of the Book of 1 इतिहास in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 1 इतिहास Chapter 19 online for free with easy chapter navigation.
More Chapters from 1 इतिहास
- 1 इतिहास Chapter 20
- 1 इतिहास Chapter 11
- 1 इतिहास Chapter 22
- 1 इतिहास Chapter 8
- 1 इतिहास Chapter 4
- 1 इतिहास Chapter 12
- 1 इतिहास Chapter 10
Explore More from पुरानो करार
- भजनसंग्रह Chapter 63
- यर्मिया Chapter 17
- न्यायकर्ता Chapter 4
- यशैया Chapter 14
- भजनसंग्रह Chapter 149
- इजकिएल Chapter 10
- इजकिएल Chapter 33