1 इतिहास Chapter 10

For English

Read 1 इतिहास Chapter 10 Online

Read 1 इतिहास Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.

Choose a Chapter

1 इतिहास 10

अध्याय 10

1. पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए।

2. पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए।

3. शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए।

4. तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्।अनि मलाई लज्जित बनाउने छैनन् जब तिनीहरू आउँदा।”शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैलाई मार्न आपनै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे।

5. हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि उ तरवारको चुच्चयोमा लडेर आत्माहत्या गरे।

6. यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो।

7. बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे।

8. भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए।

9. पलिश्तीहरूले शाऊलको शरीरबाट मूल्यवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनी लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए।

10. पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए।

11. याबेश गिलाद शहरमा बस्ने सबै मानिसहरूले पलिश्ती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने।

12. याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।

13. शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा भूतप्रेत खेलाउने कहाँ गए अनि तिनको सल्लाह मागे।

14. तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।

About 1 इतिहास Chapter 10

Read 1 इतिहास Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 इतिहास
Chapter: 10
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 इतिहास Chapter 10 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 इतिहास Chapter 10?

1 इतिहास Chapter 10 is part of the Book of 1 इतिहास in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 इतिहास Chapter 10 online for free with easy chapter navigation.

More Chapters from 1 इतिहास

  1. 1 इतिहास Chapter 20
  2. 1 इतिहास Chapter 11
  3. 1 इतिहास Chapter 22
  4. 1 इतिहास Chapter 4
  5. 1 इतिहास Chapter 12
  6. 1 इतिहास Chapter 10
  7. 1 इतिहास Chapter 8

Explore More from पुरानो करार

  1. व्यवस्था Chapter 34
  2. 2 राजा Chapter 18
  3. अय्यूब Chapter 2
  4. गन्ती Chapter 3
  5. लेवी Chapter 7
  6. भजनसंग्रह Chapter 1
  7. हितोपदेश Chapter 21

Related Chapters & Readings

  1. यर्मिया Chapter 34
  2. 2 राजा Chapter 7
  3. न्यायकर्ता Chapter 11
  4. दानियल Chapter 7
  5. गन्ती Chapter 22
  6. याकूब Chapter 5
  7. भजनसंग्रह Chapter 89
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *