1 इतिहास Chapter 4

For English

Read 1 इतिहास Chapter 4 Online

Read 1 इतिहास Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.

Choose a Chapter

1 इतिहास 4

अध्याय 4

1. यो यहूदाका छोराहरूको सूची हो। ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।

2. शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।

3. एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।

4. पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।

5. तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो।

6. नाराका अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारी आमा थिइन। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए।

7. हेलाका छोराहरू सेरेत, यिसहार एतमान र कोस थिए।

8. कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।

9. याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिदा म अति वेदनमा थिएँ।”

10. याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।

11. कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए।

12. एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।

13. कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए।

14. मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।

15. कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।

16. यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि असरेल थिए।

17. एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए। यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।

19. मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए।

20. शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए। यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।

21. यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे। तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्।

23. शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।

24. शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए।

25. शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।

26. मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए।

27. शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।

28. शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल,

29. बिल्हा, एसेम, तोलाद,

30. बतूएल, होर्मा, सिक्लग,

31. बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे।

32. यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए।

33. त्यहाँ बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारकोबारे इतिहास पनि लेखे।

34. यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए। तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए। शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए। यदायाह शिम्रीका छोरा थिए अनि शिम्री शमायाहका छोरा थिए।यी मानिसहरूका परिवारहरू खुबै विशाल भए।

39. तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेडा र गाई बस्तुका निम्ति र्खक खोज्न गए।

40. तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे।

41. यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेडाहरूका निम्ति घाँस थियो।

42. शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे।

43. त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।

About 1 इतिहास Chapter 4

Read 1 इतिहास Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 इतिहास
Chapter: 4
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 इतिहास Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 इतिहास Chapter 4?

1 इतिहास Chapter 4 is part of the Book of 1 इतिहास in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 इतिहास Chapter 4 online for free with easy chapter navigation.

More Chapters from 1 इतिहास

  1. 1 इतिहास Chapter 20
  2. 1 इतिहास Chapter 11
  3. 1 इतिहास Chapter 22
  4. 1 इतिहास Chapter 8
  5. 1 इतिहास Chapter 4
  6. 1 इतिहास Chapter 24
  7. 1 इतिहास Chapter 12

Explore More from पुरानो करार

  1. अय्यूब Chapter 32
  2. योएल Chapter 1
  3. योना Chapter 4
  4. लेवी Chapter 17
  5. जकरिया Chapter 8
  6. होशे Chapter 7
  7. 1 शमूएल Chapter 22

Related Chapters & Readings

  1. यशैया Chapter 3
  2. प्रस्थान Chapter 38
  3. 1 शमूएल Chapter 28
  4. भजनसंग्रह Chapter 65
  5. भजनसंग्रह Chapter 120
  6. यर्मिया Chapter 3
  7. यर्मिया Chapter 33
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *