Read व्यवस्था Chapter 27 Online
Read व्यवस्था Chapter 27 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of व्यवस्था and the Holy Bible online.
Choose a Chapter
व्यवस्था 27
अध्याय 27
1. मोशा र इस्राएलका बूढा-प्रधानहरूले मानिसहरूसँग बात गरे। मोशाले भने, “आज मैले तिमीहरूलाई दिएका सबै आदेशहरू पालन गर।
2. तिमीहरू चाँडै परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको भूमि पुग्न यर्दन नदी पार गर्नेछौ। त्यसदिन ठूला-ठूला ढुङ्गाहरू खडा गरेर त्यसलाई लिपी देऊ।
3. त्यसपछि यी सबै आज्ञाहरू र शिक्षाहरू लेख। यो काम तिमीहरूले जब यर्दन नदी पार गरेपछि गर्नु पर्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिन लाग्नु भएको दूध र महले परिपूर्ण भएको भूमिमा प्रवेश गर्न सक्छौ। परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वरले त्यो भूमि तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो।
4. यर्दन नदी पार गरेपछि आज म तिमीहरूलाई जुन आज्ञा दिन्छु तिमीहरूले अवश्य पालन गर्नु पर्छ। एबाल डाँडामा तिनीहरूले ढुङ्गाहरू खडा गर्नु पर्छ र ती ढुङ्गाहरूलाई लिपेर छोप्नु पर्छ।
5. केही ढुङ्गाहरू राखेर परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी निर्माण गर। तर ती ढुङ्गाहरू काट्न फलामको हतियार प्रयोग नगर।
6. परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउनका लागि तिमीहरूले काटेका ढुङ्गाहरू प्रयोग गर्नु हुँदैन। अनि तिमीहरू यसमाथि परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि चढाउनु पर्छ।
7. तिमीहरूले त्यहाँ मेलबलि चढाऊनु पर्छ अनि परमप्रभु तिमीहरूका परमेश्वरअघि खाऊ अनि आनन्द मनाऊ।
8. तिमीहरूले खडा गरेको ढुङ्गाहरूमा तिमीहरूले व्यवस्थाका यी सबै कुराहरू लेख्नु पर्छ। स्पष्ट लेख जसले गर्दा ती सजिलै पढ्न सकियोस्।
9. “मोशा र लेवीका पूजाहारीहरूले इस्राएलीहरूलाई सम्बोधन गरे। मोशाले भने, “हे इस्राएलीहरू हो, चुप लागेर सुन, आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका मानिसहरू भएका छौ।
10. यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले जे गर्नु भन्नु भएको छ प्रत्येक काम गर। तिमीहरूले उहाँको आज्ञाहरू र नियमहरू अनुशरण अनि पालन गर्नु पर्छ जुन आज मैले तिमीहरूलाई आदेश दिएको छु।”
11. त्यही दिन मोशाले पनि मानिसहरूलाई यो भने,
12. “तिमीहरू यर्दन नदी पार गरे पछि मानिसहरूलाई आशीर्वाद दिनको निम्ति शिमोन, लेवी, यहूदा, इस्साकार, युसूफ र बिन्यामीन कुल समूह गीरीज्जीम डाँडामा हुनेछन्।
13. अनि यी कुल समूह-रूबेन, गाद, आशेर जबुलुन, दान र नप्ताली चाँहि सराप सुन्नु एबाल डाँडामा हुनेछन्।
14. “लेवीहरूले उच्च स्वरमा सबै इस्राएलीहरूलाई भन्ने छन्;
15. ‘कारीगरले झैं जसले खोपेर अथवा काटेर धातु अथवा केही अन्य चीजको मूर्ति बनाएर पूजा गर्न गुप्त स्थानमा राख्छ, त्यस मानिसलाई सराप लाग्छ। ती झूटा देवताहरू मूर्तिहरू मात्र हुन किनकि ती कुनै कारीगरले काठ, ढुङ्गा अथवा धातुबाट बनाएको हुन्। परमप्रभुले त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ।’“तब सबै मानिसहरूले उत्तर दिनेछन् ‘आमेन!’
16. “लेवीहरूले भन्नेछन्, ‘त्यस मानिसलाई सराप लागोस् जसले आमा-बुबालाई अनादर अनि अपमान गर्छ।तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
17. “लेवीहरूले भन्नेछन्, ‘आफ्नो छिमेकीको साँध सीमान मिच्ने मानिसलाई सराप लागोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
18. “लेवीहरूले भन्नेछन्, ‘अन्धा मानिसलाई उल्टा बाटो देखाउने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन् ‘आमेन।’
19. “लेवीहरूले भन्नेछन्, ‘विदेशी, टुहुरा-टुहुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
20. “लवीहरूले भन्नेछन्, ‘आफ्नी सौतेनी आमासित सहवास गर्ने मानिसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
21. “लेवीहरूले भन्नेछन् ‘कुनै प्रकारको पशुसित सम्भोग गर्ने मानिसलाई सराप लागोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमोन।’
22. “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक सर्म्पक राख्छ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
23. “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लागोस् जसले सासूसित लैंगिक सर्म्पक राख्छ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
24. “लेवीहरूले भन्नेछन्, ‘उसलाई सराप लाग्छ जसले आफ्नो छिमेकीलाई लुकेर हिर्काउँछ।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
25. “लेवीहरूले भन्नेछन्, ‘जो मानिसले पैसा लिएर निर्दोष मानिसको हत्या गर्छ भने त्यसलाई सराप परोस्।’“तब सबै मानिसले भन्नेछन्, ‘आमेन।’
26. लेवीहरूले भन्नेछन्, ‘जो मानिसले यस व्यवस्थालाई समर्थन गर्दैन र पालन गर्नु राजी हुदैनँ त्यसलाई सराप परोस्।’“तब सबै मानिसहरूले भन्नेछन्, ‘आमेन।’
About व्यवस्था Chapter 27
Read व्यवस्था Chapter 27 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: व्यवस्था
Chapter: 27
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading व्यवस्था. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading व्यवस्था Chapter 27 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is व्यवस्था Chapter 27?
व्यवस्था Chapter 27 is part of the Book of व्यवस्था in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete व्यवस्था Chapter 27 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from व्यवस्था
- व्यवस्था Chapter 18
- व्यवस्था Chapter 1
- व्यवस्था Chapter 29
- व्यवस्था Chapter 20
- व्यवस्था Chapter 6
- व्यवस्था Chapter 17
- व्यवस्था Chapter 7