व्यवस्था Chapter 34

For English

Read व्यवस्था Chapter 34 Online

Read व्यवस्था Chapter 34 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of व्यवस्था and the Holy Bible online.

Choose a Chapter

व्यवस्था 34

अध्याय 34

1. मोशा नेबो पर्वतमा चढे। मोशा मोआबमा यर्दन बेंसी भएर पस्गा पर्वतको टाकुरामा गए। यो यरीहोदेखि यर्दन नदी पारि हो। परमप्रभुले मोशालाई गिलाददेखि दानसम्मको सबै भूमि देखाउनु भयो।

2. नप्ताली, एप्रैम र मनश्शेको सबै भूमि, भूमध्य सागरसम्मको यहूदाको भूमि,

3. नेगेब दक्षिण भाग र खजूरका रूखहरू भएको शहर यरीहो मैदानबाट सोअरसम्म देखाउनु भयो।

4. तब परमप्रभुले मोशालाई भन्नुभयो, “यही भूमि हो मैले अब्राहाम, इसाहक अनि याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूको भावी सन्तानलाई दिन्छु भनेको थिएँ। तिमीलाई मैले यी भूमि आफ्नै आँखाले हेर्न दिएँ तर तिमी त्यहाँ जान पाउने छैनौ।”‘

5. तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे।

6. परमप्रभुले बेत पोर पारि मोआबको भूमिमा मोशालाई गाडनु भयो, तर आजसम्म कसैले मोशाको चिहान कहाँ छ जान्न सकेको छैन।

7. मोशा 120 वर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए।

8. इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुञ्जेलसम्म बसे।

9. मोशाले यहोशूमाथि आफ्नो हात राखेका थिए अनि उनलाई नयाँ अगुवा नियुक्त गरे। तब नूनका छोरा यहोशू बुद्धिको आत्माले भरिए। यसकारण यहोशूले भनेको इस्राएलीहरूले मान्न थाले परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरू तिनीहरूले पालन गरे।

10. इस्राएलमा मोशा जस्तो अर्को अगमवक्ता थिएनन्, तिनलाई परमप्रभुले मुखामुख चिन्नु भएको थियो।

11. मोशालाई परमप्रभुले मिश्रको भूमिमा आश्चर्य चिन्ह र महान् कार्यहरू गर्नु पठाउनु भएको थियो। फिरऊन तिनका अगुवाहरू र मिश्र देशका सबै मानिसहरूले ती अचम्मका कामहरू देखे।

12. अरू कुनै अगमवक्ताले मोशाले झैं महान् भयानक कामहरू तथा आश्चर्य कार्य गरेको छैनन्। उनले जे गरे ती सब इस्राएलका सबै मानिसहरूले देखे। 

About व्यवस्था Chapter 34

Read व्यवस्था Chapter 34 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: व्यवस्था
Chapter: 34
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading व्यवस्था. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading व्यवस्था Chapter 34 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is व्यवस्था Chapter 34?

व्यवस्था Chapter 34 is part of the Book of व्यवस्था in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete व्यवस्था Chapter 34 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. आमोस Chapter 3
  5. हाग्गै Chapter 2
  6. हाग्गै Chapter 1
  7. सपन्याह Chapter 1

Explore More from व्यवस्था

  1. व्यवस्था Chapter 18
  2. व्यवस्था Chapter 24
  3. व्यवस्था Chapter 3
  4. व्यवस्था Chapter 20
  5. व्यवस्था Chapter 21
  6. व्यवस्था Chapter 22
  7. व्यवस्था Chapter 33

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 9
  2. अय्यूब Chapter 40
  3. उत्पत्ति Chapter 37
  4. प्रकाश Chapter 16
  5. मत्ती Chapter 25
  6. प्रकाश Chapter 1
  7. इजकिएल Chapter 15
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *