Read व्यवस्था Chapter 12 Online
Read व्यवस्था Chapter 12 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of व्यवस्था and the Holy Bible online.
Choose a Chapter
व्यवस्था 12
अध्याय 12
1. “आफ्नो नयाँ भूमिमा तिमीहरूले पालन गर्नु पर्ने विघि-विधानहरू यिनीहरू नै हुन्। त्यस भूमिमा तिमीहरू जतिञ्जेलसम्म बाँच्छौ तिमीहरूले यी विधि-विधानहरू अत्यन्तै सावधानीसँग पालन गर्नु पर्छ। परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ र परमप्रभु तिमीहरूको पिता-पुर्खाहरूका परमेश्वर हुनुहुन्छ।
2. अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्।
3. तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।
4. “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्।
5. तिमीहरूका कुलमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो जुन ठाउँमा विशेष बास गर्न चाहनुहुन्छ त्यही ठाउँ तिमीहरूले आफ्नो आराधना गर्ने ठाउँ बनाउनु पर्छ।
6. त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।
7. परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।
8. “अहिलेसम्म हामी आफ्नो इच्छा अनुसारले आराधना गरिरहेका छौं तर अब उसो त्यसरी आराधना नगरौ।
9. किन? किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै आउनु भएको छ।
10. तर तिमीहरू यर्दन नदी पार गर्छौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नु भएको भूमिमा अधिकार गरे र बस्नेछौ। तब परमप्रभुले तिमीहरूलाई सुरक्षित राख्नु सबैतिरका शत्रुहरूबाट सुरक्षा दिनुहुनेछ।
11. तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।
12. तिमीहरू, तिमीहरूका आफन्तहरू, बाल-बच्चाहरू, कमारा-कमारीहरू र शहरमा बासो-बास गर्ने लेवी कुलका मानिसहरूलाई त्यही स्थानमा ल्याऊ (ती लेवीहरूको निम्ति त्यो भूमिमा कुनै आफ्नो अंश हँदैन) त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसँग आनन्द मनाऊ।
13. तिमीहरू निश्चय गर तिमीहरूको होमबलि आफ्नो इन्छा गरेको स्थानमा चढाउने छैनौ।
14. परमप्रभुले तिमीहरूको एउटा कुलहरूको कुनै विशेष ठाउँ रोज्नु हुनेछ। होमबलि देऊ तथा कामहरू गर जो मैले तिमीहरूलाई त्यस ठाउँमा गर्नु भनेको थिएँ।
15. “जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।
16. तर रगत पानी झैं भूइँमा पोख्नु पर्छ किनभने रगत खानु हुँदैन।
17. “तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।
18. तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।
19. तर तिमीहरू आफ्नो खाद्य लेवीहरूसँग बाँड्नु पर्छ भनी निश्चिन्त होऊ। यस्तो तबसम्म गर जबसम्म आफ्नो भूमिमा बस्छौ।
20. “उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ।
21. परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ।
22. तिमीहरूले हरिण तथा मृगको मासु झैं यी पशुहरूको मासु पनि खान सक्छौ खाने मानिस शुद्ध अथवा अशुद्ध जस्तो पनि हुन सक्छ।
23. तर रगत नखाने निधो गर्नुपर्छ। किन? किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन।
24. पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन।
25. परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ।
26. “यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ।
27. होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ।
28. आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैं भलो हुनेछ।
29. “तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ।
30. त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूठो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’
31. परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किन? किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।
32. “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर।
About व्यवस्था Chapter 12
Read व्यवस्था Chapter 12 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: व्यवस्था
Chapter: 12
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading व्यवस्था. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading व्यवस्था Chapter 12 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is व्यवस्था Chapter 12?
व्यवस्था Chapter 12 is part of the Book of व्यवस्था in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete व्यवस्था Chapter 12 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from व्यवस्था
- व्यवस्था Chapter 23
- व्यवस्था Chapter 5
- व्यवस्था Chapter 17
- व्यवस्था Chapter 24
- व्यवस्था Chapter 1
- व्यवस्था Chapter 31
- व्यवस्था Chapter 29