प्रकाश Chapter 19

For English

Read प्रकाश Chapter 19 Online

Read प्रकाश Chapter 19 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रकाश and the Holy Bible online.

Choose a Chapter

प्रकाश 19

अध्याय 19

1. तब मैले स्वर्गमा धेरै मानिसहरुको बढो भीडले गरेको गर्जन जस्तै आवाज सुनें। तिनीहरु भन्दै थिए“हल्लेलूयाह! विजय, महिमा अनि सक्ति हाम्रा परमेश्वरमा रहिरहुन्।

2. किनभने उहाँको न्याय सत्य अनि सही छ। हाम्रा परमेश्वरले वेश्यालाई दण्डित तुल्याउनु भयो। उ नै हो जसले आफ्नो व्यभिचार द्वारा पृथ्वीलाई भ्रष्ट पारी परमेश्वरले वेश्यालाई दण्ड दिनुभयो, आफ्ना सेवकहरुको रगतको बदला लिए।”

3. स्वर्गका मानिसहरुले यो पनि भने“हल्लेलूयाह! त्यो जल्दैछे अनि त्यसको धुवाँ सदा-सर्वदा उँभो जान्छ।”

4. त्यसपछि चौबीस धर्मगुरुहरु अनि चार जीवित जीवातहरु निहुरिए अनि परमेश्वरको उपासना गरे जो सिंहासनमा बसिरहेका थिए यसो भन्दै“आमिन, हल्लेलूयाह!”

5. त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो“तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”

6. त्यसपछि मैले ठूलो भीडले गरेको आवाज जस्तै, बाढिको पानीको आवाज जस्तै ठूलो गर्जनको आवाज जस्तै यसो भन्दै गरेको सुने“हल्लेलूयाह। हाम्रा परमप्रभु परमेश्वरले शासन गर्नुहुन्छ। उहाँ माहाशक्तिशाली हुनुहुन्छ।

7. हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाहको आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।

8. बेहुलीको पहिरनकोलागि उत्तम मलमल दिइएको थियो। मलमल चम्किलो र सफा थियो।”उत्तम मलमल को अर्थ परमेश्वरको मानिसहरुको सुकर्म।

9. तब त्यस स्वर्गदूतले मलाई भने, “यो लेख धन्य हुन् ती मानिसहरु जसलाई परमेश्वरको थुमाको विवाह-भोजमा निमंत्रण गरियो। तब त्यस स्वर्गदूतले भने, “यी परमेश्वरका सत्य वचन हुन्।”

10. म उसलाई आराधना गर्नकानिम्ति स्वर्गदूतको पाउमा झूकें। तर स्वर्गदूतले मलाई भने, “मलाई आराधना नगर! म, तिमी अनि तिम्रो भाइहरु जस्तै सेवक हुँ जोसित येशूको सत्यता छ। यसर्थ परमेश्वरको आरधना गर किनभने अगमवाणीको आत्मा नै येशूको गवाही हो।”

11. तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँचो लडाँई लडाउँछन्।

12. तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरु छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन।

13. तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।

14. स्वर्गका सेनाहरु तिनलाई पछ्याइ रहेका थिए। तिनीहरु सेता घोडामा सवार थिए। तिनीहरु सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए।

15. घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरुलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरुमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्।

16. तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो

17. त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पक्षीहरुलाई भने, “परमेश्वरको महाभोजमा सम्मिलित हुनु एक साथ आऊ।

18. राजाहरु, सेनाका सेनाध्यक्षहरु अनि प्रसिद्ध मानिसहरुको मासु खान एक साथ आऊ। घोडाका अनि तिनका सवारहरुका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरुको मासु खान एक साथ आऊ।”

19. त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरु देखें। तिनीहरुका सेनाहरु घोड-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए।

20. तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्काउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए।

21. तिनीहरुका सेनाहरु घोडसवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरुले पेट भरुञ्जेल ती शवहरु खाए।

About प्रकाश Chapter 19

Read प्रकाश Chapter 19 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रकाश
Chapter: 19
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रकाश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रकाश Chapter 19 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रकाश Chapter 19?

प्रकाश Chapter 19 is part of the Book of प्रकाश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रकाश Chapter 19 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 13
  4. प्रेरितहरूको काम Chapter 15
  5. प्रेरितहरूको काम Chapter 12
  6. प्रेरितहरूको काम Chapter 8
  7. प्रेरितहरूको काम Chapter 5

Explore More from प्रकाश

  1. प्रकाश Chapter 3
  2. प्रकाश Chapter 1
  3. प्रकाश Chapter 7
  4. प्रकाश Chapter 21
  5. प्रकाश Chapter 17
  6. प्रकाश Chapter 12
  7. प्रकाश Chapter 22

Related Chapters & Readings

  1. प्रस्थान Chapter 27
  2. 1 कोरिन्थी Chapter 7
  3. यशैया Chapter 37
  4. दानियल Chapter 2
  5. भजनसंग्रह Chapter 8
  6. भजनसंग्रह Chapter 113
  7. भजनसंग्रह Chapter 48
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *