प्रकाश Chapter 5

For English

Read प्रकाश Chapter 5 Online

Read प्रकाश Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रकाश and the Holy Bible online.

Choose a Chapter

प्रकाश 5

अध्याय 5

1. तब मैले जो सिंहासनमा विराजमान हुनु हुन्थ्यो उहाँको दाहिने हातमा एक मूठा बेह्रेको चर्म पत्र देखें। त्यो बेह्रेको पत्रको दुवै पट्टि केही लेखिएको थियो। त्यो बेह्रिएको पत्र सातवटा मोहरले बन्द गरिएको थियो।

2. अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?”

3. तर स्वर्गमा व पृथ्वी वा पृथ्वी मूनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो।

4. म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन।

5. तर अग्रजहरु मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”

6. तब मैले ती चार सजीव वस्तुहरु अग्रजहरुले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेडाको पाठा उभिरहेको देखें। त्यो भेंडाको पाठा मारिएको थुमा जस्तो देखिनथ्यो। त्यसका सातवटा सिङ्ग अनि सातवटा आँखहरु थिए, यी परमेश्वरका सात-आत्माहरु हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए।

7. तो भेंडाको पाठो आयो अनि जो सिंहासनमा बसिरहेका थिए तिनको दाहिने हातबाट त्यो बेह्रिएको पत्र लियो।

8. जब भेडाको पाठोले त्यो बेहिएको पत्र लियो ती चार सजीव पशुहरु अनि चौबीस जना अग्रजहरु भेंडाको पाठोको समक्ष निहुरिए। तिनीहरु प्रत्येकसित वीणा अनि सुनौलो धूप-दानी थियो। यी सुनौलो धूप पात्रहरु परमेश्वरका पवित्र-मानिसरुको प्रार्थना हुन्।

9. अनि तिनीहरु सबैले भेंडाको पाठाको लागि एउटा नयाँ गीत गाए“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ। अनि, तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कूल अनि राष्ट्रबाट मानिसहरुलाई किन्यौ।

10. यी मानिसहरुलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरुलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरु बनायौ। अनि तिनीहरुले पृथ्वीमाथि शासन गर्नेछन्।”

11. तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरुको आवाज सुनें। ती स्वर्गदूतहरु सिंहासनको ती चार सजीव वस्तुहरुको, अनि ती अग्रजहरुको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरु थिए-त्यहाँ दशहजार स्वर्गदूतहरु थिए।

12. ती स्वर्गदूतहरुले ठूलो स्वरमा भने“त्यो भेंडाको पाठा जसलाई मारियो, शक्ति, सम्पत्ति, ज्ञान अनि पराक्रम, सम्मान, महिमा अनि प्रशंसा पाउन योग्यको छ।”

13. तब मैले स्वर्गमा भएका, पृथ्वीमा भएका, पृथ्वी मूनि भएका अनि सागरमा भएका हरेक सजीव वस्तुहरुलाई भन्दै गरेको सुनें। मैले तिनीहरु सबैले यो भनेको सुनें“उहाँ एक, जो सिंहासनमा बस्नु भएकोछ, उहाँ अनि भेंडाको पाठाप्रति सम्पूर्ण स्तुति अनि सम्मान अनि गौरव अनि शक्ति सदा सर्वदा रहून्।”

14. ती चार सजीव वस्तुहरुले भने, “आमिन!” अनि अग्रजहरुले घुँडाडा टेके अनि आराधना गरे।

About प्रकाश Chapter 5

Read प्रकाश Chapter 5 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रकाश
Chapter: 5
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रकाश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रकाश Chapter 5 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रकाश Chapter 5?

प्रकाश Chapter 5 is part of the Book of प्रकाश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रकाश Chapter 5 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 15
  4. प्रेरितहरूको काम Chapter 13
  5. प्रेरितहरूको काम Chapter 8
  6. प्रेरितहरूको काम Chapter 5
  7. प्रेरितहरूको काम Chapter 22

Explore More from प्रकाश

  1. प्रकाश Chapter 8
  2. प्रकाश Chapter 16
  3. प्रकाश Chapter 13
  4. प्रकाश Chapter 12
  5. प्रकाश Chapter 1
  6. प्रकाश Chapter 4
  7. प्रकाश Chapter 3

Related Chapters & Readings

  1. यर्मिया Chapter 18
  2. भजनसंग्रह Chapter 27
  3. 1 इतिहास Chapter 5
  4. भजनसंग्रह Chapter 33
  5. न्यायकर्ता Chapter 9
  6. प्रकाश Chapter 9
  7. लूका Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *