प्रकाश Chapter 2

For English

Read प्रकाश Chapter 2 Online

Read प्रकाश Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रकाश and the Holy Bible online.

Choose a Chapter

प्रकाश 2

अध्याय 2

1. “एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरु लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिडेछन्, तिमीहरुलाई यी कुराहरु भनिरहेका छन्।

2. मलाई तिमीहरुको कार्य, कठिन परिश्रम र धैर्य थाहा छ अनि थाहा छ कि तिमीहरुले दुष्ट मानिसहरुलाई सहन सक्दैनौ। तिमीहरुले तिनीहरुलाई जो आफै प्रेरितहरु हौं भन्ने दावी गर्छन्, जाँचेका छौ। तिमीहरुले तिनीहरुलाई झूटो पायौ।

3. तिमीहरुले लगातार कोशिश गरिरह्यौ। तिमीहरुले मेरो नाउँका निम्ति दुख-काष्ट सह्यौ अनि तिमीहरु यसो गर्नमा थकित भएनौ।

4. “तर तिमीहरुको विरुद्ध मसंग यस्तो कुरो छ तिमीहरुसित शुरुमा भएको प्रेम तिमीहरुले त्यागेका छौ।

5. यसर्थ याद राष्ठ्वख, तिमीहरुको पतन हुन अघि तिमीहरु कहाँ थियौ। तिमीहरुको हृदय परिवर्तन गर अनि तिमीहरुले पहिला गरेका कुराहरु गर। यदि तिमीहरु परिवर्तन भएनौ भने, म तिमीहरुकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।

6. तर तिमीहरुको पक्षमा केही छ, तिमीहरु निकोलाइहरूलेगरेका कुरा तिरस्कार गर्छौ। तिनीहरुले जे गर्छन् त्यो म पनि घृणा गर्छु। त्यो मानिस जसले विजय प्राप्त गर्छ, म उसलाई जीवनरुपी रुखको फल खाने अधिकार दिनेछु। यो रुख परमेश्वरको बगैंचामा छ।

7. “स्मर्नाको मण्डलीका स्वर्गदूतलाई यो लेख“तिनी एक जो आदी अनि अन्त हुन् तिमीहरुलाई यो कुरा भन्दैछन्। उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

9. मलाई तिमीहरुको कष्ट थाहा छ। अनि मलाई थाहा छ कि तिमीहरु निर्धन छौ। तर वास्तवमा तिमीहरु धनवान् छौ। कोही मानिसहरुले तिमीहरुको विरोधमा भनेको नराम्रा कुराहरु मलाई थाहा छ। तितीहरू दावी गर्छन् कि तिनीहरू यहूदीहरू हुन्। तर तिनीहरु साँचो यहूदीहरु होइनन्। तिनीहरु शैतानको सभा-घर हुन्।

10. तिमीहरुले पाउने कष्टहरुमा भयभीत नबन। म तिमीहरुलाई भन्दछु, शैतानले तिमीहरु मध्ये कसैलाई कैदखानामा परीक्षा लिनका निम्ति हाल्नेछ। तिमीहरुले दशै दिन सम्म यातना भोग्नेछौ। तिमीहरुले जीवनको मूल्य चुकाउनु परे पनि विश्वासी भई रहनु। यदि तिमीहरु विश्वासी रह्यौ भने, म तिमीहरुलाई जीवनको मुकुट प्रदान गर्नेछु।

11. “जसले सुन्न सक्छ मण्डलीहरुलाई आत्माले के भनिर हुनुभएकोछ, सुन्नुपर्छ। जसले विजय प्राप्त गर्छ उसलाई दोस्त्रो मृत्युले चोट पुर्याउने छैन।

12. “पर्गाममको मण्डलीका स्वर्गदूतलाई यो लेख“जोसित लाग्ने दुइधारे तरवार छ, तिमीहरुलाई यी कुराहरु भनिरहेछन्।

13. मलाई थाहा छ तिमीहरु कहाँ बस्छौ। तिमीहरु त्यहाँ बस्छौ जहाँ शैतानको आफ्नो सिंहासन छ। तर तिमीहरु म प्रति विश्वासी छौ। तिमीहरुले एन्टियासको समयमा पनि म प्रतिको विश्वास बारे भन्न अस्वीकार गरेनौ। एन्टिपास मेरा विश्वासी साक्षी थिए जसलाई तिमीहरुको नगरमा मारियो। तिमीहरुको नगर त्याही हो जहाँ शैतान बस्छ।

14. “तर तिमीहरुका विरुद्ध मेरा केही कुराहरु छन् तिमीहरुको समुदायमा केही मानिसहरु छन् जो बालामको शिक्षा पालन गर्छन्। इस्राएलका मानिसहरुलाई मूर्ति अघि चढाइएका बलि खानु र यौन पाप गर्नु प्रलोभित पार्नु बालामले बालकलाई सिकाए।

15. तिमीहरुको सम्प्रदायमा पनि यस्तै छ। तिमीहरु माभ निकोलाइटन्सको शिक्षा अनुशरण गर्ने मानिसहरु छन्।

16. यसर्थ तिमीहरुको हृदय परिवर्त्तन गर। यदि तिमीहरु परिवर्त्तन भएनौ भने, मरो मुखबाट निस्कने तरवार लिएर ती मानिसहरुसंग लडन चाँडै तिमीहरुकहाँ आउनेछु।

17. “जसले सुन्नुसक्छ मण्डलीहरुलाई आत्माले के भन्दै हुनुहुन्छ सुन्नुपर्छ।“म त्यस विजयलाई प्राप्त गर्ने हरेक व्यक्तिलाई लुकाई राखेको मन्ना दिनेछु। म त्यस व्यक्तिलाई सेतो पत्थर पनि दिनेछु। यो पत्थरमा नयाँ नाउँ लेखिएको छ। त्यो मानिस जसले मात्र त्यो पत्थर पाउँछ, त्यो नयाँ नाउँ जान्नेछ।

18. “थिआटीराको मण्डलीका स्वर्गदूतलाई यो लेख“परमेश्वरका पुत्रले यी कुराहरु भन्दैहुनुहुन्छ। उहाँ नै एक हुनु हुन्छ जसका आँखा आगो जस्तै जल्दैछन् अनि पाउ चम्किलो काँसा जस्ता छन्। उनले तिमीहरुलाई जे भन्नु हुन्छ, त्यो यस्तो छ

19. तिमीहरुले के गरेका छौ मलाई थाहा छ। म तिमीहरुको प्रेम, विश्वास, सेवा अनि धीरजको बारेमा जान्दछु। मलाई थाहा छ तिमीहरुले अहिले शुरुमा जे गरेका थियौ त्यो भन्दा अधिक गदैंछौ।

20. तर तिमीहरु विरुद्ध मसंग यो कुरा छ तिमीहरुले जिजेबेल नाउँकी स्त्रीलाई उसले चाहेको कुरा गर्न दियौ। उसले दावी गर्छे की उ एक अगमवक्ता हो। तर उसले मेरा मानिसहरुलाई आफ्ना शिक्षाद्वार टाढा लगिरहेकी छे। जिजेबेलले मेरा मानिसहरुलाई यौन पाप गर्न अनि मूर्तिहरु अघि अर्पण गरेको खाद्य पदार्थ खान अग्रसर पारिरहेकी छे।

21. मैले उसलाई आफ्नो हृदय परिवर्त्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर उ परिवर्त्तन हुन चाहाँदिन।

22. यसर्थ म उसलाई शैय्यामा फलिदिनेछु। अनि सबै मानिसहरु, जो उसित व्यभिचार गर्छन्, तिनीहरुले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुसरण गर्न नछोडे।

23. म उसको छोरा-छोरीहरुलाई पनि मार्नेछु। अनि सबै मण्डलीहरुले, थाहा पाउनेछन् कि म उही हुँ। जसले मानिसहरुका मन अनि हृदय जान्दछ। अनि म तिमीहरुको कर्म अनुसार दिनेछु।

24. “तर थिआटीराका तिमीहरु जस्ता अन्य मानिसहरुले उसको शिक्षा स्वीकार गरेका छैनन्। तिमीहरुले ती कुराहरु जानेका छैनौ जुन तिनीहरु शैतानको गहन रहस्य भनी दावी गर्छन्। म तिमीहरुलाई जे भन्छु त्यो यो हो म तिमीहरुमाथि अरु भारी लदाउने छैन।

25. म नआएसम्म तिमीहरु यही तरीकामा बस।

26. “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरु गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरुमाथि अधिकार दिनेछु

27. ‘उसले तिनीहरुमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरु जस्तै टुक्रा-टुक्रा पार्नेछ।’

28. जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु।

29. जसको सुन्ने कान छ, त्यसले सुनोस् पवित्र आत्माले मण्डलीहरुलाई के भन्नुहुन्छ,

About प्रकाश Chapter 2

Read प्रकाश Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रकाश
Chapter: 2
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रकाश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रकाश Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रकाश Chapter 2?

प्रकाश Chapter 2 is part of the Book of प्रकाश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रकाश Chapter 2 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 13
  4. प्रेरितहरूको काम Chapter 15
  5. प्रेरितहरूको काम Chapter 12
  6. प्रेरितहरूको काम Chapter 8
  7. प्रेरितहरूको काम Chapter 5

Explore More from प्रकाश

  1. प्रकाश Chapter 12
  2. प्रकाश Chapter 16
  3. प्रकाश Chapter 21
  4. प्रकाश Chapter 20
  5. प्रकाश Chapter 10
  6. प्रकाश Chapter 13
  7. प्रकाश Chapter 22

Related Chapters & Readings

  1. रोमीहरू Chapter 12
  2. व्यवस्था Chapter 4
  3. उत्पत्ति Chapter 18
  4. प्रस्थान Chapter 19
  5. प्रकाश Chapter 22
  6. अय्यूब Chapter 12
  7. आमोस Chapter 8
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *