प्रकाश Chapter 16

For English

Read प्रकाश Chapter 16 Online

Read प्रकाश Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रकाश and the Holy Bible online.

Choose a Chapter

प्रकाश 16

अध्याय 16

1. तब मैले मन्दिरबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले ती सात स्वर्गदूतलाई भन्यो, “जाऊ अनि परमेश्वरको क्रोधका सात कचौराहरु पृथ्वीमा खन्याइदेऊ।”

2. पहिलो स्वर्गदूत गए। उनले आफ्नो कचौरा जमीनमा खन्याए। तब समस्त मानिसहरुले जसकोमा त्यस पशुको चिन्ह थियो अनि जसले त्यसको मूर्तिको पूजा गर्थे तिनीहरुलाई अति दुखदायक औ घिनलाग्दो घाउहरु भयो।

3. दोस्रो स्वर्गदूतले समुद्रमा उनको कचौरा खान्याए। तब समुद्र मरेको मानिसको रगत जस्तै बन्यो। समुद्रका हरेक जीवित वस्तु मर्यो।

4. तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदीहरु अनि पानीको मुहानमा खन्यायो। नदीहरु अनि पानीको मुहानहरु रगतमा परिणत भयो।

5. तब मैले पानीको स्वर्गदूतले परमेश्वरलाई भनेका सुनें“तुपाईं नै एक जो हुनुहुन्छ अनि जो हुनुहुन्थ्यो। तपाईं नै एक पवित्र हुनुहुन्छ। तपाईं न्यायहरु गर्नुमा सही हुनुहुन्छ,

6. तिनीहरुले तपाईंका पवित्र मानिसहरु अनि तपाईंका अगमवक्ताहरुको रगत बगाइदिए। अहिले तिनीहरुलाई तपाईंले रगत पिउन दिनु भएको छ। तिनीहरु त्यसैको योग्य छन्।”

7. अनि मैले वेदीले यसो भन्दै गरेको सुनें“हे, परमप्रभु परमेश्वर, सर्वशक्तिमान् तपाईंको न्याय सत्य अनि उचित छ।”

8. तब चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए। सूर्यलाई मानिसहरुलाई आगोले पोल्ने शक्ति दिइयो।

9. मानिसहरु प्रचण्ड तातोले डडे। ती मानिसहरुले परमेश्वरको नाउँमा सरापे जसको नाउँमा यी महामारीहरु थिए। तर मानिसहरुले आफ्ना हृदय परिवर्तन गर्न अनि परमेश्वरलाई महिमा प्रदान गर्न अस्वीकार गरे।

10. पाँचौ स्वर्गदूतले आफ्नो कचौरा त्यो पशुको सिंहासनमाथि खन्याए। अनि पशुको राज्यमा अन्धकारले ढाक्यो। मानिसहरुले कष्टमा आफ्ना जिब्रो टोके।

11. मानिसहरुले तिनीहरुले पाएको पीडा अनि घाउको कारण स्वर्गका परमेश्वरलाई सरापे। तर तिनीरुले आफ्नो कुकर्मको लागि पश्चताप गर्न अस्वीकार गरे।

12. छैटौं स्वर्गदूतले आफ्नो कचौरा विशाल नदी यूफ्रेटिसमा खन्याए। पूर्वबाट आउनुपर्ने राजाहरुको पथ निमार्णको निम्ति त्यो नदीको पानी सुक्यो।

13. तब मैले तीनवटा दुष्ट आत्माहरु देखें जो भ्यागुतो जस्तै देखिन्थ्यो। तिनीहरु त्यो विशाल सर्पको मुखबाट, त्यो पशुको मुखबाट अनि झूटा अगमवक्ताको मुखबाट निस्के।

14. यी दुष्ट आत्माहरु दानवहरुका आत्मा थिए। तिनीहरुमा चमत्कार गर्ने शक्ति थियो। यी दुष्ट आत्माहरु संसारका राजाहरुकहाँ जान्छन्। तिनीहरु परमेश्वर सर्वशक्तिमानको महा-दिवसमा लडाँई गर्न राजाहरु बटुल्न जान्छन्।

15. “सुन! म चोर जस्तो गरी आउनेछु। धन्य हो जुन मानिस नसुती बस्छ अनि आफ्ना वस्त्रहरु आफूसित राख्छ। तब उ नाङ्गै हुने छैन अनि उसमा मानिसहरुले नाङ्गेपनामा लज्जास्पद हुनुपर्ने छैन।”

16. त्यासपछि ती दुष्ट आत्माहरुले राजाहरुलाई त्यस स्थानमा भेला गर्छन् जसलाई हिब्रू भाषामा अर्मागेद्दोन भनिन्छ।

17. सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब मन्दिरभित्र भएको सिंहासनबाट ठूलो आवाज आयो। आवाजले भन्यो, “यो अब समाप्त भयो।”

18. तब बिजुली चम्कयो, हो हल्ला, गर्जन भयो अनि ठूलो भूँईचालो गयो। यो भूँइचालो थियो।

19. त्यो विशाल नगर तीन भागमा टुक्रियो! राष्ट्रहरुका नगरहरु नष्ट भए। अनि परमेश्वरले विशाल बेबिलोन नगरलाई दण्ड दिनु बिर्सनु भएन। उहाँले त्यस नगरलाई उहाँको अर्को भयानक प्रकोपको प्याला दिनु भयो।

20. हरेक द्वीपहरु लुप्त भयो अनि त्यहाँ पर्वतहरु रहेनन्।

21. ठूल-ठूला असिना आकाशबाट मानिसहरुमाथि झर्यो। यी असिनाहरु प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरुले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।

About प्रकाश Chapter 16

Read प्रकाश Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रकाश
Chapter: 16
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रकाश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रकाश Chapter 16 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रकाश Chapter 16?

प्रकाश Chapter 16 is part of the Book of प्रकाश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रकाश Chapter 16 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 15
  4. प्रेरितहरूको काम Chapter 13
  5. प्रेरितहरूको काम Chapter 12
  6. प्रेरितहरूको काम Chapter 8
  7. प्रेरितहरूको काम Chapter 5

Explore More from प्रकाश

  1. प्रकाश Chapter 17
  2. प्रकाश Chapter 14
  3. प्रकाश Chapter 11
  4. प्रकाश Chapter 10
  5. प्रकाश Chapter 4
  6. प्रकाश Chapter 9
  7. प्रकाश Chapter 12

Related Chapters & Readings

  1. 1 इतिहास Chapter 29
  2. यशैया Chapter 53
  3. 2 इतिहास Chapter 32
  4. यर्मिया Chapter 9
  5. यूहन्ना Chapter 5
  6. यहोशू Chapter 13
  7. भजनसंग्रह Chapter 93
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *