प्रकाश Chapter 17

For English

Read प्रकाश Chapter 17 Online

Read प्रकाश Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रकाश and the Holy Bible online.

Choose a Chapter

प्रकाश 17

अध्याय 17

1. सातवटा कपहरु हुने स्वर्गदूतहरु मध्ये एकजना आए अनि मलाई भने, “आऊ, म तिमीलाई त्यो दण्ड देखाउँछु जो त्यस महावेश्यालाई दिइनेछ। उ धेरै पानीमाथि बसेकी छ।

2. पृथ्वीका राजाहरुले उसित यौन पाप गरेका छन्। पृथ्वीका मानिसहरु उसको यौन-पापको दाखरस पिएर बेहोस भएका छन्।”

3. तब त्यो स्वर्गदूतले मलाई बोकेर मरुभूमिमा आत्माको नजिक लगे। त्यहाँ मैले एउटी स्त्रीलाई रातो पशुमाथि बसेकी पाँए। त्यो पशु जुन परमेश्वरको वदनामी लेखिएका नाउँहरुले ढाकिएको थियो। त्यो पशुका सातवटा टाउँको अनि दशवटा सीङ्गहरु थिए।

4. त्यो स्त्रीले बैजनी अनि रातो रङ्गको बस्त्र पहिरेकी थिई। त्यो उसले लाएका सुन, रत्न अनि मोतीहरुमा चम्किरहेकी थिई। उसको हातमा एक सुनौलो प्याला थियो। त्यो प्याला भयानक वस्तुहरु अनि त्यस स्त्रीको अशुद्ध यौन पापले भरिएको थियो।

5. उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो। यो लेखिएको थियोमहान बेविलोन वेश्याहरु अनि पृथ्वीका दुष्ट कुराहरुको जननी।

6. मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरु अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरुको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ।

7. तब त्यो स्वर्गदूतले मलाई भने, “तिमी किन आश्चर्य चकित भयौ? म तिमीलाई यस स्त्रीको अनि उ चढेको पशुको जसको सातवटा टाउँको अनि दशवटा सिङ्ग छ गुप्ती अर्थ बताउनेछु।

8. त्यो पशु जसलाई तिमीले देख्यौ, एक समयमा जीवित थियो। तर अहिले त्यो पशु जीवित छैन। तर त्यो पशु जीवित हुनेछ अनि अतल खाल्डोबाट निस्केर नष्ट हुनलाई जानेछ। पृथ्वीमा बस्ने मानिसहरु, आश्चर्य चकित हुनेछन्। जब तिनीहरुले त्यो पशु देख्छन् तिनीहरु आश्चर्य चकित हुनेछन् किनभने एक समयमा त्यो पशु जीवित थियो, अहिले जीवित छैन, तर त्यो फेरि आउनेछ। यी मानिसहरु ती हुन् जसका नाउँहरु संसारको सृष्टि भएदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्।

9. “यसलाई बुझ्नका निम्ति तिमीलाई ज्ञानपूर्ण हृदयको खाँचो छ। त्यो पशुमा भएका सात टाउकाहरु सातवटा पहाडहरु हुन् जहाँ त्यो स्त्री बस्छे। तिनीहरु सात राजाहरु पनि हुन्।

10. पाँचजना राजाहरु मरिसकेकाछन्। एकजना राजा आहिले जीवित छ। अनि अन्तिम राजा आइरहेकाछन्। जब आउँछन्, छोटो समय मात्र रहनेछन्।

11. त्यो पशु जो एक समयमा जीवित थियो, तर अहिले मरेको छ, त्यो आठौं राजा हो। त्यो आठौं राजा पनि पहिलो सात राजाहरुकै मध्येको हो र त्यो नष्ट हुनको लागि जानेछ।

12. “तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।

13. यी सबै दश राजाहरुको एउटै उद्देश्य छ। अनि तिनीहरुले आफ्नो शक्ति अनि अधिकार त्यो पशुलाई दिनेछन्।

14. तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”

15. तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरु, भिन्न-भिन्न वंशहरु, राष्ट्रहरु अनि भाषाहरु, हुन्।

16. त्यो पशु अनि दश सिङ्गेहरु जसलाई तिमीले देख्यौ, त्यो वेश्यालाई तिरस्कार गर्नेछन्। त्यो सित भएका हरेक चीज तिनीहरुले लिनेछन् अनि त्यसलाई नाङ्गे पारेर छाडिदिने छन्। तिनीहरुले त्यसको मासु खानेछन् अनि आगोले डढाउनेछन्।

17. परमेश्वरले ती दश सिङ्गेलाई आफ्नो उद्देश्य पुरा गर्ने इच्छुक बनाउनु भयो। तिनीहरु शासन गर्न आफ्नो शक्ति त्यो पशुलाई दिनु राजी भए। आफ्नो शक्ति प्रदान गर्न राजी भए। परमेश्वरले भन्नु भएको कुराहरु पूर्ण नहुञ्जेल सम्म तिनीहरुले शासन गर्नेछन्।

18. तिमीले देखेको त्यस स्त्री त्यो महानगर हो जसले पृथ्वीका राजाहरुमाथि शासन गर्छे।”

About प्रकाश Chapter 17

Read प्रकाश Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रकाश
Chapter: 17
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रकाश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रकाश Chapter 17 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रकाश Chapter 17?

प्रकाश Chapter 17 is part of the Book of प्रकाश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रकाश Chapter 17 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 15
  4. प्रेरितहरूको काम Chapter 13
  5. प्रेरितहरूको काम Chapter 8
  6. प्रेरितहरूको काम Chapter 12
  7. प्रेरितहरूको काम Chapter 5

Explore More from प्रकाश

  1. प्रकाश Chapter 21
  2. प्रकाश Chapter 2
  3. प्रकाश Chapter 20
  4. प्रकाश Chapter 19
  5. प्रकाश Chapter 18
  6. प्रकाश Chapter 11
  7. प्रकाश Chapter 14

Related Chapters & Readings

  1. यर्मिया Chapter 28
  2. जकरिया Chapter 8
  3. भजनसंग्रह Chapter 50
  4. 1 शमूएल Chapter 31
  5. 2 इतिहास Chapter 7
  6. गन्ती Chapter 27
  7. 2 राजा Chapter 16
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *