नहेम्याह Chapter 3

For English

Read नहेम्याह Chapter 3 Online

Read नहेम्याह Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of नहेम्याह and the Holy Bible online.

Choose a Chapter

A+ A A-

नहेम्याह 3

अध्याय 3

1. एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोकाफेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।

2. यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इम्रीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।

3. हस्सनाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले त्यसका बीमहरू बनाए अनि त्यसका ढोकामा चुकुलहरू अनि बारहरू लगाए।

4. तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे।तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे। अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।

5. तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।

6. पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पूरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।

7. तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रटेस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे।

8. उसको छेउमा सुनारहर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौडा पर्खालको भाग पुनःर्निर्माण गरे।

9. तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।

10. तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे।

11. हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।

12. तिनको छेउमा हल्लोहेशका छोराले शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।

13. हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।

14. रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।

15. कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।

16. तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।

17. तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।

18. तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे। हेनादादका छोरा बिन्नुईले, कोलाका आधा जिल्लाका शासकले।

19. अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे।

20. तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे।

21. तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे।

22. तिनको पछि वरिपरिका क्षेत्रका बस्ने पूजाहारीहरूले मर्मत गरे।

23. तिनीहरू पछि बिन्यामीन अनि हश्शूबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजर्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।

24. तिनको छेउमा हेनादानका छोरा बिन्नूईले अजर्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।

25. तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोर पदायाले मर्मत गरे।

26. अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।

27. उनी पछि तेकोईका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।

28. पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे।

29. तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे।

30. तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे।तिनको पछि बेरेकियाका छोरा मशुल्लमले उसको घरको सामुन्ने मर्मत गरे।

31. तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे।

32. अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।

About नहेम्याह Chapter 3

Read नहेम्याह Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: नहेम्याह
Chapter: 3
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading नहेम्याह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading नहेम्याह Chapter 3 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is नहेम्याह Chapter 3?

नहेम्याह Chapter 3 is part of the Book of नहेम्याह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete नहेम्याह Chapter 3 online for free with easy chapter navigation.

More Chapters from नहेम्याह

  1. नहेम्याह Chapter 1
  2. नहेम्याह Chapter 13
  3. नहेम्याह Chapter 12
  4. नहेम्याह Chapter 9
  5. नहेम्याह Chapter 6
  6. नहेम्याह Chapter 7
  7. नहेम्याह Chapter 5

Explore More from पुरानो करार

  1. रूथ Chapter 3
  2. भजनसंग्रह Chapter 88
  3. प्रस्थान Chapter 12
  4. 2 राजा Chapter 2
  5. यशैया Chapter 49
  6. यशैया Chapter 40
  7. यहोशू Chapter 1

Related Chapters & Readings

  1. प्रेरितहरूको काम Chapter 1
  2. लूका Chapter 20
  3. भजनसंग्रह Chapter 115
  4. प्रेरितहरूको काम Chapter 3
  5. हबकूक Chapter 1
  6. 1 शमूएल Chapter 5
  7. आमोस Chapter 2
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *