इजकिएल Chapter 43

For English

Read इजकिएल Chapter 43 Online

Read इजकिएल Chapter 43 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.

Choose a Chapter

इजकिएल 43

अध्याय 43

1. त्यो मानिसले मलाई मूल-ढोका सम्म लिएर गयो जुन मूल-ढोका सम्म पूर्व पट्टि खुल्ला थियो।

2. त्यहाँ पूर्वबाट परमप्रभु इस्राएलको परमेश्वरको महिमा तल आयो। परमेश्वरको आवाज समुद्रको गर्जन बराबर उच्च थियो। परमेश्वरको महिमाबाट भूमि उज्जवल भयो।

3. दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ।

4. परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो।

5. त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो।

6. मैले मन्दिरभित्र कोही बोल्दै गरेको सुनें। मानिस मेरो छेउमा उभिरहेको थियो।

7. मन्दिरमा एउटा आवाजले मलाई भन्यो, “हे मानिसको छोरो! यो ठाउँ मेरो सिंहासनको ठाउँ मेरो पैतालाको लागि हो, म यस ठाँउमा इस्राएलका मानिसहरूसित सदा-सर्वदा रहनेछु। इस्राएलका सन्तानले मेरो नाम फेरि नष्ट गर्ने छैनन्। राजाहरू अनि तिनीहरूका मानिसहरूले व्यभिचार पापहरू गरेर अथवा तिनीहरूको राजाहरूको मृत शरीरहरू यस ठाउँमा गाडेर मेरो नामलाई बदनाम गर्नेछैन।

8. तिनीहरूले मेरो नाम आफ्नो सँघार मेरो सँघारसित बनाएर तथा आफ्नो द्वार-स्तम्भ मेरो द्वार-स्तम्भसँग बनाएर लज्जित पार्नेछैनन्। बितेका दिनहरूमा एउटा भित्ताले मात्र मलाई तिनीहरूबाट अलग गरेको थियो। यसकारण तिनीहरूले जति-जति बेला पाप अनि ती डरलाग्दा कामहरू गरे त्यस बेला मेरो नाम बदनाम गरे। यसकारण म क्रोधित भएँ अनि तिनीहरूलाई नष्ट गरे।

9. अब तिनीहरूलाई व्यभिचार पापहरू टाढो हटाउन देऊ अनि आफ्नो राजाहरूको लाश मबाट टाढा लानु देऊ। तब म तिनीहरू बीच सदैव रहन्छु।

10. “अब हे मानिसको छोरो! इस्राएलका परिवारलाई यस मन्दिरको विषयमा भन्। तब तिनीहरू आफ्नो पापहरू प्रति लज्जित हुनेछन्। तिनीहरूले मन्दिरको योजनाको बारेमा सिकनेछन्।

11. “यदि तिनीहरूले गरेको नराम्रो कर्महरूमा लज्जित हुन्छन् भने मन्दिरको ढाँचा विषयमा बुझाइदेऊ। त्यो कसरी निमार्ण गरिन्छ यसको प्रवेशद्वारहरू कस्तो हुनेछ, निस्कने द्वारहरू अनि सबै आकृतिहरू जो त्यसमा हुनेछन् ती सबै तिनीहरूले सिकुन। तिनीहरूलाई यसको सबै नमूनाहरू अनि विधिहरूको विषयमा सिकाऊ अनि तिनीहरू लेखिदेऊ जसबाट ती सबै तिनीहरूले देख्न सकुन्। त्यसपछि तिनीहरू मन्दिरको सबै नमूनाहरू अनि सबै विधिहरू पालन गर्नेछन्। तब तिनीहरूले ती सबै गर्न सक्छन्।

12. मन्दिरको नियम यस्तो छ पर्वतको टाकुराका सारा क्षेत्र अति पवित्र हुनेछ। यो मन्दिरको नियम हो।

13. “वेदीको नाप हात भन्दा लामो नाप प्रयोग गरेर यस प्रकरको छ वेदीको आधार वरिपरि त्यहाँ मैला नाली थियो त्यो चारै तिर एक हात गहिरो अनि एक हात चौडा थियो। यसको टाउकोमा चारैतिर एक बित्ता अल्गो बीट थियो। यही प्रकारले वेदीको उचाईमा, यस्तो थियो।

14. तल्लो किनार सम्म जगको नाप दुइ हात थियो। यो एक हात चौडा थियो। सानो किनारबाट ठूलो किनार सम्म यसको नाप चार हात थियो। यो एक हात चौडा थियो।

15. वेदीमा आगोको स्थान चार हात अग्लो थियो। वेदीको चारै किनार सींङको आकारको थियो।

16. वेदीमा आगोको स्थान बाह्र हात लामो अनि बाह्र हात चौडाको थियो। यो पुरै वर्गाकार थियो।

17. किनार पनि वर्गाकार थियो, चौध हात लामो अनि चौध हात चौडा। यसको किनार चारैपट्टि आधा हात गहिरो थियो। वेदी सम्म जाने खुड्किला पूर्व दिशामा थियो।”

18. त्यसपछि त्यो मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘वेदीका निम्ति यी नियमहरू छन। जुन दिन होमबलि दिइन्छ यसमाथि रगत छर्किनु पर्नेछ।

19. त्यस दिन तिमी सादोकको परिवारको मानिसहरूलाई एउटा नयाँ बाछा पापबलिको रूपमा दिनेछु। यो मानिस लेवी कुल समूहको हो। तिनीहरू पूजाहारी हुनेछन। तिनीहरूले भेटी मानिसहरूकहाँ ल्याउँछन् अनि यस्तो प्रकारले मेरो सेवा गर्छन्।”‘ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

20. “तिमीले बाछाको अलिकति रगत लिनु अनि वेदीको चारै सींङहरूमा, किनारको चारै कुनामा अनि पट्टीको चारैतिर लगाऊ। यस्तो प्रकारले तिमीले वेदीलाई पवित्र पार्छौ।

21. तिमीले बाछालाई पापबलिको रूपमा लिनेछौ। गोरू पवित्र क्षेत्र बाहिर, मन्दिरको विशेष स्थानमा पालिनेछ।

22. “अर्को दिन तिमीहरूले एउटा निष्खोट बोको बलिदान दिनेछौ। यो पापबलि हुनेछ। पूजाहारीले वेदीलाई त्यस्तै प्रकारले शुद्ध पार्नेछ जस्तो प्रकारले उसले बाछालाई शुद्ध पार्यो।

23. जब तिमीहरूले वेदीलाई शुद्ध पारी सकेको हुन्छौ तब तिमीहरूले एउटा निष्खोट बाछा अनि एउटा निष्खोट भेडाको पाठो बलिदान चढाउनु आवश्यक्ता पर्छ।

24. त्यसपछि पूजाहारीले त्यसमा रगत छर्किनेछ। त्यसपछि पूजाहारीले बाछा अनि थुमा परमप्रभुलाई होमबलिको रूपमा बलि चढाउनेछ।

25. तब एउटा बोका प्रति दिन सात दिन सम्म पापबलिका निम्ति तयार पार। तिमीले एउटा नयाँ बहर अनि एउटा भेडा तयार पार्नेछौ। बहर र बाछी निष्खोट हुनुपर्छ।

26. पूजाहारीहरूले वेदीको प्रायश्चित सात दिन सम्म गरेर यसलाई शुद्ध पार्दै सेवाकोलागि तयार राख्नु पर्छ।

27. यसको सँग-सँगै सात दिन वेदी तयार पार्ने अनि यसलाई परमेश्वरलाई समप्रित गर्ने, पुरा हुन्छ। आठौं दिन अनि यसको अघाडी पूजाहारीले तिमीहरूका होमबलि अनि मेलबालि वेदीमा चढाउन सक्छ। त्यसपछि म स्वीकार गर्छु।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।

About इजकिएल Chapter 43

Read इजकिएल Chapter 43 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: इजकिएल
Chapter: 43
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading इजकिएल Chapter 43 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is इजकिएल Chapter 43?

इजकिएल Chapter 43 is part of the Book of इजकिएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete इजकिएल Chapter 43 online for free with easy chapter navigation.

More Chapters from इजकिएल

  1. इजकिएल Chapter 42
  2. इजकिएल Chapter 10
  3. इजकिएल Chapter 46
  4. इजकिएल Chapter 26
  5. इजकिएल Chapter 5
  6. इजकिएल Chapter 35
  7. इजकिएल Chapter 32

Explore More from पुरानो करार

  1. 1 राजा Chapter 22
  2. भजनसंग्रह Chapter 88
  3. लेवी Chapter 8
  4. 1 इतिहास Chapter 2
  5. भजनसंग्रह Chapter 7
  6. 2 शमूएल Chapter 1
  7. मीका Chapter 7

Related Chapters & Readings

  1. 2 कोरिन्थी Chapter 7
  2. यशैया Chapter 10
  3. यर्मिया Chapter 50
  4. मत्ती Chapter 13
  5. अय्यूब Chapter 24
  6. नहेम्याह Chapter 5
  7. अय्यूब Chapter 28
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *