यहोशू Chapter 2

For English

Read यहोशू Chapter 2 Online

Read यहोशू Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यहोशू and the Holy Bible online.

Choose a Chapter

यहोशू 2

अध्याय 2

1. नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।”यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।

2. कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”

3. यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।”

4. स्त्रीले दुई मानिसहरूलाई लुकाई र भनी, “हो दुई मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए।

5. साँझमा, जब शहरको द्वार बन्द हुने बेला भएको थियो, ती मानिसहरू गए। मलाई थाहा भएन तिनीहरू कहाँ गए। हुनसक्छ यदि तिमीहरू चाँच्चे गयौ भने तिनीहरूलाई पक्रन सक्ने छौ।”

6. (राहाबले ती कुराहरू भनिन्, तर वास्तवमा, तिनले ती मानिसहरूलाई छतमाथि लगेकी थिइन्, अनि तिनले तिनीहरूलाई त्यहाँ थाक पारेर राखेको परालमा लुकाएकी थिइन्।)

7. यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरूले इस्राएलका ती दुई मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।

8. दुई मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्।

9. राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्।

10. हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयो। तिमीहरूले ती दुई एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुई राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो।

11. हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।

12. यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं।

13. मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।”

14. ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”

15. त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्।

16. तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेयछौं।”

17. ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसंग प्रतिज्ञा गरयौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं।

18. हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गछौं, तिमीले यही रातो डोरी तिम्रो झ्यालबाट तल रहन दिनु पर्छ र तिमीले तिम्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिम्रो घरभित्र ल्याउनु पर्छ।

19. हामी यो घरमा रहने प्रत्येक मानिसको सुरक्षा गर्नेछौं। यदि तिम्रो घरमा कसैलाई चोट लाग्यो भने, तब हामी त्यसको जिम्मावार हुनेछौं। तर यदि कुनै मानिस तिम्रो घरको बाहिर जान्छ, तब त्यो मानिसलाई मार्न सकिन्छ। हामी त्यस मानिसका निम्ति उत्तरदायी हुने छैनौं। यो उसको आफ्नै दोष हुनेछ।

20. हामी तिमीसित यो सम्झौता गरिरहेछौं। तर यदि तिमीले कसैलाई हामीले के गर्दैछौं सो भन्यौ भने तब हामी यो सम्झौताबाट मुक्त रहनेछौं।”

21. त्यस स्त्रीले जवाफ दिइ, “तिमीहरूले जे भन्यौ म ठीक त्यसै गर्नेछु।” त्यस स्त्रीले बिदाइ गरिन् अनि ती मानिसहरू तिनको घर छाडेर हिंडे। अनि त्यस स्त्रीले रातो डोरी झ्यालमा बाँधिन्।

22. ती मानिसहरूले तिनको घर छाडे अनि पहाडमा गए। तिनीहरू त्यहाँ तीन दिनसम्म बसे। राजाका मानिसहरूले बाटो भरिहेरे। तीन दिन पछि, राजाका मानिसहरूले खोजी गर्न छाडि दिए अनि फर्केर शहरतिर गए।

23. त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने।

24. तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”

About यहोशू Chapter 2

Read यहोशू Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यहोशू
Chapter: 2
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यहोशू. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यहोशू Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यहोशू Chapter 2?

यहोशू Chapter 2 is part of the Book of यहोशू in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यहोशू Chapter 2 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. सपन्याह Chapter 2
  4. सपन्याह Chapter 1
  5. आमोस Chapter 3
  6. हाग्गै Chapter 2
  7. हाग्गै Chapter 1

Explore More from यहोशू

  1. यहोशू Chapter 11
  2. यहोशू Chapter 14
  3. यहोशू Chapter 11
  4. यहोशू Chapter 17
  5. यहोशू Chapter 23
  6. यहोशू Chapter 21
  7. यहोशू Chapter 18

Related Chapters & Readings

  1. इजकिएल Chapter 15
  2. गन्ती Chapter 30
  3. 1 शमूएल Chapter 15
  4. 1 थिस्सलोनिकी Chapter 1
  5. यर्मिया Chapter 14
  6. प्रकाश Chapter 6
  7. 1 तिमोथी Chapter 4
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *