न्यायकर्ता Chapter 21

For English

Read न्यायकर्ता Chapter 21 Online

Read न्यायकर्ता Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of न्यायकर्ता and the Holy Bible online.

Choose a Chapter

न्यायकर्ता 21

अध्याय 21

1. मिस्पामा इस्राएलका मानिसहरूले एक शपथ खाएका थिए। तिनीहरूको शपथ यस्तो थियोः “हामीहरूमा कसैले पनि आफ्नी छोरीलाई बिन्यामीनका कुल समूहका कुनै व्यक्तिसित विवाह गर्न दिने छैनौं।”

2. इस्राएलका मानिसहरू बेतेल शहरमा गए। तिनीहरू त्यहाँ साँझ नभए सम्म परमेश्वर समक्ष बसे। तिनीहरू त्यहाँ बस्दा जोडले कराए।

3. तिनीहरूले परमेश्वरलाई भने, “परमप्रभु तपाईं इस्राएलका मानिसहरूका परमेश्वर हुनुहुन्छ। हामी माथि किन यस्तो भयानक कुरा घट्यो? इस्राएली मानिसहरूको एउटा कुल समूहलाई किन लगियो?”

4. अर्को दिन बिहानै इस्राएलका मानिसहरूले एक वेदी निर्माण गरे। तिनीहरूले त्यो वेदीमा परमेश्वरका निम्ति होमबलि अनि मेलबलि चढाए।

5. तब इस्राएलका मानिसहरूले भने, “के, कुनै कुल समूह यस्ता छन् जो परमप्रभुको समक्ष हामीसित भेटून आएनन्?” तिनीहरूले यो प्रश्न गरे किनभने तिनीहरूले एउटा महा शपथ खाएका थिए। तिनीहरूले यो प्रतिज्ञा गरेका थिए कि मिस्पा शहरमा जो अन्य कुल समूहहरू साथ आएनन् तिनीहरूलाई मारिनेछ।

6. तब, इस्राएली मानिसहरूले तिनीहरूका आफन्त, बिन्यामीनका मानिसहरू प्रति दुःखीत भए। तिनीहरूले भने, “आज इस्राएलबाट एक कुलसमूह हटाइएको छ।

7. हामीले परमप्रभुको समक्ष एक भाकल गर्यौं। हामीले हाम्रा छोरीहरूलाई बिन्यामीनका कुनै मानिससित विवाह गर्न नदिने शपथ खाएको छौं। बिन्यामीनका मानिसहरूले पत्नीहरू पाउने छन् भनी हामी कसरी निश्चित हुन् सक्छौं?”

8. तब इस्राएलका मानिसहरूले सोधे, “इस्राएलका कुन कुल समूह यहाँ मिस्पामा आएन? हामी परमप्रभुको समक्ष आएका छौं। निश्चयनै एक कुल यहाँ थिएन।” तब तिनीहरूले थाहा पाए कि इस्राएलका अन्य मानिसहरूसँग भेट गर्न याबेश गिलाद शहरबाट कोही पनि आएन।

9. इस्राएलका मानिसहरूले त्यहाँ को थियो अनि को थिएन त्यो हेर्नलाई हरेकको गन्ती गरे। तिनीहरूले थाहा पाए कि याबेश गिलादको त्यहाँ कोही थिएन।

10. यसर्थ इस्राएलका मानिसहरूले याबेश गिलाद शहर तर्फ 12,000 सैनिकहरू पठाए। तिनीहरूले ती सैनिकहरूलाई भने, “याबेश गिलादमा जाऊ अनि तिनीहरूको तरवारलाई प्रयोग गरी त्यहाँ बस्ने हरेक व्यक्ति, स्त्री एवं केटाकेटीहरू समेतलाई मार।

11. तिमीहरूले यसो गर्नुपर्छ। तिमीहरूले याबेश गिलादका हरेक मानिसलाई मार्नु पर्छ। हरेक स्त्री जसले कुनै मानिसको साथ सहवास गरेकी छिन् उसलाई पनि मारिदेऊ। तर जुन स्त्रीले कहिले पनि कुनै मानिससित सहवास गरेकी छैन भने उसलाई नमार।” यसर्थ ती सैनिकहरूले ती कुराहरू गरे।

12. ती 12,000 सैनिकहरूले याबेश गिलाद शहरमा चारसय जवान महिलाहरूलाई भेट्टाए जसले कुनै लोग्ने मानिससित कहिले पनि सहवास गरेका थिएनन्। ती सैनिकहरूले ती स्त्रीहरूलाई कनानको भूमिमा शीलोको छाउनीमा ल्याए।

13. तब इस्राएली मानिसहरूले बिन्यामीनका मानिसहरूलाई एउटा सन्देश पठाए। तिनीहरूले बिन्यामीनका मानिसहरूसित शान्ति सन्धिको प्रस्ताव गरे। बिन्यामीनका मानिसहरू रिम्मोनको चट्टान नामक स्थानमा थिए।

14. यसर्थ बिन्यामीनका मानिसहरू इस्राएलमा फर्केर आए। इस्राएलका मानिसहरूले तिनीहरूलाई तिनीहरूले नमारेका याबेश गिलादका स्त्रीहरू प्रदान गरे। तर बिन्यामीनका सबै मानिसहरूका निम्ति पर्याप्त थिएन।

15. इस्राएलका मानिसहरू बिन्यामीनका मानिसहरू प्रति दुःखीत थिए। तिनीहरू, तिनीहरू प्रति दुःखीत भए किनभने परमप्रभुले तिनीहरूलाई इस्राएलका अन्य कुल समूहहरूबाट पृथक पारिदिनु भएको थियो।

16. इस्राएलका मानिसहरूका प्रमुखहरूले भने, “बिन्यामीनका कुल समूहका स्त्रीहरू मारिए। बिन्यामीनका मानिसहरूका निम्ति, जो अझ जीवित छन्, हामीले कसरी पत्नीहरू प्राप्त गराइदिनु?

17. बिन्यामीनका मानिसहरू, जो अझ जीवितछन्, सन्तानहरू हुनुपर्छ, आफ्ना कुललाई राख्न यस्तो गर्नै पर्छ जसद्वारा इस्राएलका कुल समूह लोप हुनेछैन।

18. तर हामी हाम्रा छोरीहरूलाई बिन्यामीनका मानिसहरूसित विवाह गरी दिन सक्तैनौं। हामीले यस्तो शपथ खाएको छौंः ‘कुनै व्यक्ति माथि पनि नराम्रो घट्ना घट्नेछ जसले बिन्यामीनका कुनै मानिसलाई पत्नी दिन्छ।’

19. तिनीहरूले भने, हेर, शीलोमा परमप्रभुको उत्सव केही दिनसम्म चल्नेछ।” (शीलो बेतेलको उत्तरमा छ अनि बेतेल देखि शकेम जाने बाटोको पूर्वमा छ। तर लबानोन शहरको दक्षिणमा छ।)

20. यसर्थ ती बूढा-प्रधानहरूले बिन्यामीनका मानिसहरूलाई त्यो आफ्ना उपायको बारेमा भने। तिनीहरूले भने, “जाऊ अनि दाखबारीहरूमा लुकी बस।

21. उत्सवको बेला जब शीलोका जवान स्त्रीहरू नाचमा सामेल हुन आउँछन् त्यो समयमा हेर। तब दाखबारीमा जहाँ तिमीहरू लुकिरहेका छौ, त्यहाँबाट दगुर। तिमीहरू हरेकले शीलो शहरका एक एकजना जवान स्त्री लेऊ। ती जबान स्त्रीहरूलाई बिन्यामीनको देशमा लैजाऊ अनि तिनीहरूसित विवाह गर।

22. ती जवान स्त्रीहरूका बाबु वा दाज्यू-भाईहरू आएर हामी प्रति विरोध जनाए भने। हामी भन्नेछौ, ‘बिन्यामीनका मानिसहरू प्रति दयालु हुनुहोस्। तिनीहरूलाई ती स्त्रीहरूसित विवाह गर्न दिनुहोस्। तिनीहरूले तिमीहरूबाट स्त्रीहरू लगे, तर तिनीहरूले तिमीहरूको विरूद्ध युद्ध गरेनन्। तिनीहरूले स्त्रीहरू लगे, यसर्थ तिमीहरूले परमेश्वर प्रतिको तिम्रो शपथ भङ्ग गरेनौं। तिमीहरूले तिनीहरूलाई विवाह गर्न स्त्रीहरू दिनेछैनौ भनी शपथ खाएका थियौ। तिमीहरूले बिन्यामीनका मानिसहरूलाई स्त्रीहरू दिएनौ, तिनीहरूले स्त्रीहरू तिमीहरूबाट लगे। यसर्थ तिमीहरूले तिमीहरूको शपथ भङ्ग गरेनौं।”‘

23. यसर्थ बिन्यामीनका मानिसहरूले जे गरे त्यो यस्तो छ। जब ती जवान स्त्रीहरू नाच्दै थिए तब प्रत्येक मानिसले ती एउटी-एउटी केटीलाई समाते। तिनीहरूले ती जवान स्त्रीहरूलाई लगे। अनि तिनीहरूसित विवाह गरे। तिनीहरू आफ्ना देशतिर फर्किए। बिन्यामीनका मानिसहरूले त्यो देशमा फेरि शहरहरू निर्माण गरे, अनि तिनीहरू ती शहरहरूमा बसे।

24. तब इस्राएलका मानिसहरू घर फर्के। तिनीहरू तिनीहरूका आफ्नै देश अनि कुल समूहमा फर्के।

25. ती दिनहरूमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। यसर्थ हरेकले त्यही गर्थे जो उसले सही सम्झन्थ्यो। 

About न्यायकर्ता Chapter 21

Read न्यायकर्ता Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: न्यायकर्ता
Chapter: 21
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading न्यायकर्ता. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading न्यायकर्ता Chapter 21 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is न्यायकर्ता Chapter 21?

न्यायकर्ता Chapter 21 is part of the Book of न्यायकर्ता in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete न्यायकर्ता Chapter 21 online for free with easy chapter navigation.

More Chapters from न्यायकर्ता

  1. न्यायकर्ता Chapter 13
  2. न्यायकर्ता Chapter 1
  3. न्यायकर्ता Chapter 19
  4. न्यायकर्ता Chapter 10
  5. न्यायकर्ता Chapter 5
  6. न्यायकर्ता Chapter 3
  7. न्यायकर्ता Chapter 17

Explore More from पुरानो करार

  1. दानियल Chapter 4
  2. 1 राजा Chapter 11
  3. प्रस्थान Chapter 37
  4. 1 शमूएल Chapter 28
  5. उत्पत्ति Chapter 40
  6. भजनसंग्रह Chapter 110
  7. भजनसंग्रह Chapter 143

Related Chapters & Readings

  1. हितोपदेश Chapter 10
  2. भजनसंग्रह Chapter 140
  3. भजनसंग्रह Chapter 108
  4. यर्मिया Chapter 33
  5. 1 कोरिन्थी Chapter 1
  6. प्रस्थान Chapter 2
  7. दानियल Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *