यहोशू Chapter 3

For English

Read यहोशू Chapter 3 Online

Read यहोशू Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यहोशू and the Holy Bible online.

Choose a Chapter

यहोशू 3

अध्याय 3

1. भोलिपल्ट बिहानै उठे यहोशू अनि इस्राएलका समस्त मानिसहरू अनि शित्तीम छाडेर हिंडे। तिनीहरूले यर्दन नदी तिर यात्रा गरे, अनि नदी तर्नु अघि छाउनी हालेर बसे।

2. तीन दिन पछि अगुवाहरू छाउनी भएर गए।

3. अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ।

4. तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुई हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायौ भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौ।”

5. त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”

6. तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।

7. तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।

8. पूजाहारीहरूले करारको सन्दूक बोक्ने छन्। पूजाहारीहरूलाई भन, ‘तिमीहरूले यर्दन नदीमा खुट्टा राख्नु पर्छ र पानीमा उभिनु पर्छ।”‘

9. तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन।

10. यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ।

11. जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ।

12. अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान।

13. पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”

14. पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे।

15. फसल कटनीको समयमा यर्दन नदी किनार माथि माथि भएर बग्छ। यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके।

16. अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे।

17. त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिंडेर यर्दन नदी पारी पुगे।

About यहोशू Chapter 3

Read यहोशू Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यहोशू
Chapter: 3
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यहोशू. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यहोशू Chapter 3 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यहोशू Chapter 3?

यहोशू Chapter 3 is part of the Book of यहोशू in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यहोशू Chapter 3 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 5

Explore More from यहोशू

  1. यहोशू Chapter 17
  2. यहोशू Chapter 1
  3. यहोशू Chapter 23
  4. यहोशू Chapter 4
  5. यहोशू Chapter 5
  6. यहोशू Chapter 16
  7. यहोशू Chapter 14

Related Chapters & Readings

  1. यर्मिया Chapter 44
  2. रोमीहरू Chapter 9
  3. दानियल Chapter 9
  4. न्यायकर्ता Chapter 6
  5. इजकिएल Chapter 23
  6. भजनसंग्रह Chapter 145
  7. हितोपदेश Chapter 19
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *