Read यहोशू Chapter 10 Online
Read यहोशू Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यहोशू and the Holy Bible online.
Choose a Chapter
यहोशू 10
अध्याय 10
1. त्यसबेला अदोनिसेदेक यरूशलेमका राजा थिए। ती राजाले सुने कि यहोशूले ऐ शहरलाई परास्त गरे अनि पूर्णरूपले त्यसलाई नष्ट गरिदिए। ती राजाले थाहा पाए कि यहोशूले यरीहो अनि त्यसका राजालाई पनि त्यसै गरेका थिए। ती राजाले यो पनि थाहा पाए कि गिबोनका मानिसहरूले इस्राएलका मानिसहरूसित शान्ति सन्धि गरेका थिए। अनि ती मानिसहरू यरूशलेमको अत्यन्त नजिकमा बस्थे।
2. यसर्थ अदोनिसेदेक अनि तिनका मानिसहरू अत्यन्त डराएका थिए। गिबोन ऐ शहर जस्तो सानो शहर थिएन। गिबोन अति विशाल शहर थियो। यो एउटा राजकीय शहर जस्तै ठूलो थियो। अनि त्यस शहरका सबै मानिसहरू असल लडाकूहरू थिए। यसकारण राजा भयभीत भए।
3. अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए,
4. “मेरो साथमा आउनु होस्, अनि मलाई गिबोनमाथि आक्रमण गर्न सहयोग दिनु होस्। गिबोनले यहोशू अनि इस्राएलका मानिसहरूसित शान्ति-सम्झौता गरेकोछ।”
5. यसकारण यी पाँच राजाहरूले तिनीहरूका सेनाहरू जम्मा गरे। (पाँच राजाहरू यरूशलेमका राजा, हेब्रोनका राजा, यर्मूतका राजा, लाकीशका राजा अनि एग्लोनका राजा थिए।) तिनीहरू आफ्ना सैनिकहरू लिएर गिबोनमा गए, शहरलाई घेरा हाले अनि लडाईं लडे।
6. गिबोन शहरका बासिन्दाहरूले गिलगालको छाउनीमा यहोशूकहाँ एकजना समाचारवाहक पठाए। तिनले ल्याएको समाचार यस्तो थियो, “हामी तपाईंहरूका दाशहरूलाई नत्याग्नुहोस् चाँडै आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। पहाडी देशका सबै एमोरी राजाहरूले तिनीहरूका सेनाहरूलाई हाम्रो विरूद्ध लड्न ल्याएका छन्।”
7. यसर्थ यहोशू आफ्ना सम्पूर्ण सेनाहरू सहित गिलगालबाट हिंडे। यहोशूका सर्वोत्तम योद्धाहरू तिनीसित थिए।
8. परमप्रभुले यहोशूलाई भन्नुभयो, “ती सेनाहरू देखि भयभीत नहोऊ। म तिमीहरूलाई तिनीहरूलाई हराउने शक्ति दिनेछु। ती सैनिकहरूमा कोही पनि तेरो सामाना गर्ने योग्यको छैन।”
9. यहोशू अनि तिनका सेना रात भरि गिबोन तर्फ हिंडे। शत्रुहरूले यहोशू आउँदैछन् भनेर थाहा पाएनन्। यसर्थ यो एक आश्चर्यपूर्ण कुरा भयो जब तिनले तिनीहरू माथि आक्रमण गरे।
10. परमप्रभुले ती सेनाहरूलाई अन्योलमा पारिदिनु भयो जब इस्राएलले आक्रमण गरे। यसरी इस्राएलीहरुले तिनीहरूलाई परास्त गरे र महान विजय प्राप्त गरे। इस्राएलका सेनाले शत्रुलाई गिबोन देखि बेथारोनको उकालो बाटो सम्म खेदे। इस्राएलका सेनाले आजेका अनि मक्केदा सम्मका मानिसहरूलाई मारे।
11. जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
12. त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः“हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।”
13. यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।
14. यस्तो पहिला कहिले पनि भएको थिएन। अनि यस्तो फेरि कहिले हुनेछैन। यो त्यो दिन थियो जुनदिन परमप्रभुले मानिसको कुरा सुन्नु भयो। परमप्रभु वास्तवमा इस्राएलीहरूका निम्ति लडिरहनु भएको थियो।
15. यसपछि, यहोशू अनि तिनका सेना गिलगालको छाउनीम फर्के।
16. तर युद्ध भइरहेको समयमा ती पाँचजना राजाहरू भागेर गए। तिनीहरू मक्केदा नजिकको एक गुफामा लुके।
17. तर तिनीहरूलाई त्यो गुफामा लुकि रहेको कसैले देखे। यहोशूले यस विषयमा थाहा पाए।
18. यहोशूले भने, “गुफा भित्र पस्ने ढोकालाई ठूला चट्टानहरूले बन्द गरिदेऊ। केही मानिसहरूलाई त्यहाँ रखवाली गर्न राखि देऊ।
19. तर तिमीहरू स्वयं त्यहाँ नबस। शत्रुलाई खेदन जारिराख। तिनीहरूलाई लगातार पछिबाट आक्रमण गर। शत्रुलाई तिनीहरूका शहरमा फर्केर जान नदेऊ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिनीहरू माथि विजय प्रदान गराउँनु भएको छ।”
20. यसरी यहोशू अनि इस्राएलका सेनाले शत्रुहरूलाई मारे। तर केही शत्रुहरू तिनीहरूको शहरमा, जस्का वरिपरि उच्च पर्खालहरू थिए, जान समर्थ भए अनि लुके, ती मानिसहरू मारिएनन्।
21. युद्ध पछि यहोशूका मानिसहरू मक्केदामा तिनी कहाँ फर्की आए। त्यसदेशमा इस्राएलका मानिसहरूको विरूद्ध साहसी मानिस कोही पनि थिएनन्।
22. यहोशूले भने, “गुफाको द्वारामा बन्द गरेका ढुङ्गाहरू हटाऊ। ती पाँचजना राजाहरूलाई मकहाँ ल्याऊ।”
23. यसर्थ यहोशूका मानिसहरूले ती पाँचजना राजाहरूलाई गुफा बाहिर ल्याए। तिनीहरू यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश अनि एग्लोनका राजाहरू थिए।
24. तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
25. तब यहोशूले आफ्ना मानिसहरूलाई भने, “बलवान अनि साहसी बन। भयभीत नहौं। म तिमीहरूलाई देखाउनेछु जो परमप्रभुले ती शत्रुहरू प्रति गर्नुहुनेछ जोसित तिमीहरू भविष्यमा लड्नेछौ।”
26. त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डियाएर राखे।
27. सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
28. त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।
29. त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले मक्केदाबाट यात्रा गरे। तिनीहरू लिब्ना गए अनि त्यस शहर माथि आक्रमण गरे।
30. परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।
31. त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले लिब्ना छाडे अनि लाकीश तिर गए। यहोशू अनि तिनका सेनाले त्यो शहरको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।
32. लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए।
33. गेजेरका राजा होराम लाकीशलाई सहायता गर्नु आए, तर यहोशूले तिनी र तिनका सेनालाई पनि परास्त गरे। तिनीहरू मध्ये एक जनालाई पनि जीवित छाडिएन।
34. तब यहोशू अनि इस्राएलका समस्त सेनाहरू लाकीश देखि एग्लोनतर्फ यात्रा गरे। तिनीहरूले एग्लोनको चारैतिर छाउनी बसाए अनि त्यस माथि आक्रमण गरे।
35. त्यसदिन तिनीहरूले शहरमा अधिकार गरे अनि शहरका सबै मानिसहरूलाई मारिदिए। यो त्यस्तै कुरा थियो जो तिनीहरूले लाकीश प्रति गरेका थिए।
36. त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरूले एग्लोन देखि हेब्रोनको यात्रामा गए। तब तिनीहरूले हेब्रोन माथि आक्रमण गरे।
37. तिनीहरूले हेब्रोन नजिकका सबै स-साना शहरहरू कब्जा गरे। इस्राएलीहरूले त्यस शहरका राजा अनि सबै मानिसहरूलाई मारिदिए। एकजना मानिसलाई पनि जीवित राखेनन्। यो त्यस्तै भयो जस्तो तिनीहरूले एग्लोन प्रति गरेका थिए। तिनीहरूले शहरलाई ध्वंश पारे त्यहाँ जो थिए सबै मारिए।
38. तब यहोशू अनि इस्राएलका सबै मानिसहरू दबीरतिर फर्केर गए र त्यस शहरलाई आक्रमण गरे।
39. तिनीहरूले त्यो शहर, त्यसका राजा अनि दबीर नजिकका सबै ससाना शहरहरू अधीनमा लिए। तिनीहरूले त्यस शहरमा भएका हरेक मानिसलाई मारे। कसैलाई पनि जीवित छाडिएन। इस्राएलका मानिसहरूले दबीर अनि त्यसका राजालाई त्यसै गरे जस्तो तिनीहरूले हेब्रोन अनि त्यहाँका राजालाई गरेका थिए। यो त्यस्तै कुरा थियो जस्तो तिनीहरूले लिब्ना अनि त्यसका राजाप्रति गरेका थिए।
40. यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।
41. यहोशूले कादेशबर्ने देखि गाजा सम्मका समस्त शहरहरू अधिकारमा ल्याए। तिनले गोशेन देखि (मिश्रदेशमा) गिबोन सम्मका सबै शहरहरू कब्जा गरे।
42. यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।
43. त्यसपछि यहोशू अनि इस्राएलका सबै मानिसहरू गिलगालमा आफ्ना छाउनीमा फर्किए।
About यहोशू Chapter 10
Read यहोशू Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यहोशू
Chapter: 10
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यहोशू. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यहोशू Chapter 10 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यहोशू Chapter 10?
यहोशू Chapter 10 is part of the Book of यहोशू in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यहोशू Chapter 10 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
- हाग्गै Chapter 1
Explore More from यहोशू
- यहोशू Chapter 7
- यहोशू Chapter 6
- यहोशू Chapter 18
- यहोशू Chapter 15
- यहोशू Chapter 16
- यहोशू Chapter 1
- यहोशू Chapter 12