Read 1 इतिहास Chapter 28 Online
Read 1 इतिहास Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.
Choose a Chapter
1 इतिहास 28
अध्याय 28
1. दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।
2. राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाईहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें।
3. तर परमप्रभुले मलाई भन्नुभयो, ‘अहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’
4. “परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो।
5. परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।
6. परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किन? किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु।
7. सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।”
8. दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।
9. अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
10. सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्तिशाली बन् र काम पूर्ण गर्।”
11. त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए।
12. दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए।
13. दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने।
14. दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने।
15. सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो।
16. पवित्र रोटीको निम्ति प्रयोगगरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोगगर्नु पर्छ सो दाऊदले भने।
17. काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकाबी बनाउन कति चाँदी प्रयोगगर्नुपर्ने सो दाऊदले भने।
18. दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए।
19. दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।”
20. दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।
21. यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”
About 1 इतिहास Chapter 28
Read 1 इतिहास Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 1 इतिहास
Chapter: 28
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 1 इतिहास Chapter 28 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 1 इतिहास Chapter 28?
1 इतिहास Chapter 28 is part of the Book of 1 इतिहास in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 1 इतिहास Chapter 28 online for free with easy chapter navigation.
More Chapters from 1 इतिहास
- 1 इतिहास Chapter 20
- 1 इतिहास Chapter 11
- 1 इतिहास Chapter 22
- 1 इतिहास Chapter 12
- 1 इतिहास Chapter 4
- 1 इतिहास Chapter 10
- 1 इतिहास Chapter 8
Explore More from पुरानो करार
- यहोशू Chapter 16
- आमोस Chapter 5
- हितोपदेश Chapter 11
- एज्रा Chapter 6
- भजनसंग्रह Chapter 72
- 1 राजा Chapter 5
- हितोपदेश Chapter 18