1 शमूएल Chapter 24

For English

Read 1 शमूएल Chapter 24 Online

Read 1 शमूएल Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of 1 शमूएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 शमूएल and the Holy Bible online.

Choose a Chapter

1 शमूएल 24

अध्याय 24

1. शाऊलले पलिश्तीहरूलाई खेदिसकेपछि मानिसहरूले शाऊललाई भने, “दाऊद त एनगदीको नजिककै मरूभूमिमा छ।”

2. सारा इस्राएलबाट शाऊलले 3,000 मानिसहरूलाई छाने। शाऊलले ती छानिएका मानिसहरू लिएर दाऊद र तिनका मानिसहरूको खोजी गर्न थाले। तिनीहरूले घोरल-चट्टानको छेउछाउमा खोजे।

3. शाऊल बाटो छेउको भेडा गोठमा आए। त्यहाँ छेउमा एउटा गुफा थियो। शाऊल आफैलाई लुकाउन गुफा भित्र पसे। दाऊद र तिनका मानिसहरू धेरै पर गुफाभित्र लुकिरहेका थिए।

4. मानिसहरूले दाऊदलाई भने, “आज परमप्रभुले भन्नु भएको दिन होइनू? उहाँले तपाईंलाई भन्नु भएको थियो, ‘तिम्रो शत्रुलाई म तिम्रो हातमा सुम्पिदिनेछु, त्यसपछि तिम्रो इच्छानुसार तिम्रो शत्रुलाई जे गर्छौ गर।”‘त्यसपछि दाऊद घस्रँदै-घस्रँदै शाऊलको छेउ पुगे। दाऊदले शाऊलको खास्टोको एक टुक्रा चाल नपाई काटिदिए।

5. पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो।

6. दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन र मैले त्यसो नगरको भए हुने थियो।”

7. दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्।शाऊल गुफा छोडेर आफ्नै बाटो लागे।

8. दाऊद गुफाबाट निस्किएर आए र शाऊललाई बोलाउँदै भने, “हे मेरो प्रभु! महाराजा!” शाऊलले पछि फर्केर हेरे। दाऊदले शिर झुकाए।

9. दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो।”

10. म तपाईंलाई हानि पुर्याउने छैन। तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। परमप्रभुले तपाईंलाई आज मेरो हातमा गुफामै सुम्पिदिनु भएको थियो। तर मैले तपाईंको हत्या गरिन। तपाईंमाथि म कृपालु भएँ। मैले भनें, ‘म मेरो मालिकलाई हानि गर्ने छैन। किनभने उनी परमप्रभुले छान्नु भएको राजा हुनू।’

11. यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिन। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ।

12. परमप्रभुले नै यसको न्याय गर्नुहुन्छ। मलाई गर्नु भएको अत्यचारको बद्ला परमप्रभुले तपाईंलाई दण्डित तुल्याउनु हुनेछ। तर म आफैं तपाईंको विरूद्धमा जाँदिन।

13. त्यहाँ एउटा पूरानो भनाइ नै छ, ‘खराब कुरा दुष्ट मानिसहरूबाट फैलिन्छ।’मैले कुनै नराम्रो गरिन। म दुष्ट मानिस पनि त होइन। म तपाईंलाई हानि गर्नेछैन।

14. तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो।

15. परमप्रभुले यस मामलामा न्याय गर्नुहुनेछ। उहाँले नै हामी दुई बीचमा निर्णय गरून्। जब उहाँले तपाईंबाट मलाई जोगाउनु हुन्छ परमप्रभु आफैले देखाउनु हुनेछ कि म सही छु।”

16. दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए।

17. शाऊलले भने, “तिमी म भन्दा धर्मी अनि असल छौ तिमीले म प्रति असल काम गर्यौ, तर म नै तिम्रो विरूद्धमा थिएँ।

18. मेरो लागि गरेका असल कामहरूका बारे तिमीले भन्यौ। परमप्रभुले नै मलाई तिम्रो सामु ल्याउनु भयो। तर तिमीले मलाई केही गरेनौ।

19. यसले यो देखाउँछ म तिम्रो शत्रु होइन। मानिसले शत्रुलाई सहजै पक्रन सक्दैन र सहजै छोडदैन पनि उसले शत्रुलाई राम्रो गर्दैन। परमप्रभुले तिमीलाई इनाम दिनुहुन्छ, कारण तिमीले मलाई केही गरेनौ।

20. म जान्दछु तिमी राजा हुने नै छौ। तिमीले इस्राएल माथि शासन गर्ने नै छौ।

21. अब मलाई एउटा वचन देऊ। परमप्रभुको शपथ खाएर वचन देऊ कि मेरो सन्तानहरू कसैलाई पनि मार्ने छैनौ। मेरा पिताको परिवारबाट मेरो नाउँ निशान हटाउँने छैनौ।”

22. दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।

About 1 शमूएल Chapter 24

Read 1 शमूएल Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of 1 शमूएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 शमूएल
Chapter: 24
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 शमूएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 शमूएल Chapter 24 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 शमूएल Chapter 24?

1 शमूएल Chapter 24 is part of the Book of 1 शमूएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 शमूएल Chapter 24 online for free with easy chapter navigation.

More Chapters from 1 शमूएल

  1. 1 शमूएल Chapter 30
  2. 1 शमूएल Chapter 27
  3. 1 शमूएल Chapter 23
  4. 1 शमूएल Chapter 29
  5. 1 शमूएल Chapter 25
  6. 1 शमूएल Chapter 31
  7. 1 शमूएल Chapter 22

Explore More from पुरानो करार

  1. 2 इतिहास Chapter 22
  2. 2 इतिहास Chapter 34
  3. नहेम्याह Chapter 6
  4. अय्यूब Chapter 21
  5. भजनसंग्रह Chapter 87
  6. भजनसंग्रह Chapter 142
  7. अय्यूब Chapter 31

Related Chapters & Readings

  1. 1 शमूएल Chapter 20
  2. भजनसंग्रह Chapter 10
  3. व्यवस्था Chapter 33
  4. प्रस्थान Chapter 2
  5. भजनसंग्रह Chapter 128
  6. यहोशू Chapter 6
  7. उत्पत्ति Chapter 39
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *