1 शमूएल Chapter 17

For English

Read 1 शमूएल Chapter 17 Online

Read 1 शमूएल Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of 1 शमूएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 शमूएल and the Holy Bible online.

Choose a Chapter

1 शमूएल 17

अध्याय 17

1. पलिश्तीहरूले आफ्ना सैनिकहरूलाई युद्धको निम्ति भेला गराए। तिनीहरू यहूदा स्थित सोकोहमा भेला भए। तिनीहरूको छाउनी सोकोह र अजेकाको बीचमा एपेसदम्मीम नाउँका शहरमा थियो।

2. शाऊल र इस्राएली सैनिकहरू पनि एक ठाउँमा भेला भए। तिनीहरूको छाउनी एला बेंसीमा थियो। शाऊलका सैनिकहरूले पंक्ति बाँधे पलिश्तीहरूसित युद्ध गर्न तयार थिए।

3. पलिश्तीहरू एउटा पहाड माथि थिए, र इस्राएलीहरू अर्को पहाड माथि थिए। दुवै पक्षका बीचमा बेंसी थियो।

4. पलिश्तीहरूको गोल्यात नाउँ भएको एउटा वीर योद्धा थियो। गोल्यात गात निवासी थियो। गोल्यात झण्डै नौ फीट अग्लो थियो। गोल्यत पलिश्तीहरूका छाउनीबाट बाहिरियो।

5. शिरमा काँसाको टोपी लगाएको थियो। शरीरमा माछाको कत्ला जस्तै कवच कोट लगाएको थियो। त्यो रक्षा कवच काँसाको नै थियो यसको ओजन 5,000 शेकेलको थियो।

6. गोल्यतले खुट्टातिर पनि काँसाकै कवच लगाएको थियो। काँसाकै भाला पिठ्यूँमा बोकेको।

7. भालाको लट्टी जुलाहाको लुगा बुन्ने डण्डा जत्रो थियो। भालाको ओजन 600 शेकेलको थियो। गोल्यतको हात-हतियार बोक्ने तिनको अघि-अघि हिंडथ्यो।

8. प्रत्येक दिन गोल्यत बाहिर निस्कन्थ्यो र इस्राएली सैनिकहरूलाई चुनौती दिनथ्यो। उसको चुनौति थियो, “किन तिमीहरूले युद्धको निम्ति पंक्ति कसेको? तिमीहरू शाऊलका नोकर हौ म त पलिश्ती हुँ। एउटा मानिस छानेर मेरो विरूद्धमा लडनलाई पठाऊ।

9. यदि त्यस मानिसले मलाई मार्यो भने तब हामी सबै पलिश्तीहरू तिमीहरूका दास बन्नेछौ। तर यदि मैले त्यस मानिसलाई मारे भने मैले जितेको हुनेछ र तिमीहरू हाम्रो दास हुनेछौ। तिमीहरूले हाम्रा सेवा गर्नुपर्छ।”

10. पलिश्तीले यसो पनि भन्यो, “आज म इस्राएली सेनाहरूलाई गिल्ला गर्छु। एउटा मानिस पठाइदेऊ ताकि म त्यससित लडन सकुँ।”

11. शाऊल र इस्राएली सैनिकहरूले पलिश्तीले भनेको यी सब सुन्थे र साह्रै डराउँथे।

12. दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए।

13. यिशैका जेठा, माहिला र साहिंला छोराहरू शाऊलसित रणभूमिमा गएका थिए। जेठा छोराको नाउँ एलीआब थियो। माहिला छोराको नाउँ अबीनादाब र साँहिला छोराको नाउँ शम्मा थियो।

14. दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए।

15. कान्छा छोरा दाऊद शाऊलको छाउनी र बेतलेहेममा आफ्ना पिताका भेडाहरू हेरचाह गर्न आउने जानेगर्थे।

16. त्यो पलिश्ती गोल्यत प्रत्येक दिन बिहानै बेलुकी इस्राएलीहरूका छाउनीमा आएर ठट्टा गर्थ्यो। 40दिनसम्म त्यसले सधैं त्यस्तै गर्यो।

17. एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ।

18. यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

19. तिम्रो दाज्यूहरू र सबै इस्राएली सैनिकहरू शाऊलसित एला बेंसीमा छन्। तिनीहरू त्यहाँ पलिश्तीहरूसँग लड्दैछन्।”

20. बिहानै दाऊदले अर्को एउटा गोठालोलाई भेडाहरू जिम्मा लगायो। दाऊदले भोजन लियो र यिशैले भने अनुसार हिंड्‌यो। दाऊदले गाडा सोझै छाउनीमा लिएर गयो। सैनिकहरू युद्ध पंक्तिमा गएका थिए अनि युद्ध गर्न लागे झैं हल्ला गरिरहेका थिए।

21. इस्राएली र पलिश्ती दुवैतिरका सैनिकहरू युद्ध गर्न तयार रहे।

22. दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।

23. जस्तो दाऊदले आफ्ना दाज्यूहरूसँग कुरा गरेको बेला त्यो श्रेष्ठ योद्धा पलिश्ती गोल्यत पलिश्ती सैनिकबाट निस्केर आयो। गोल्यतले सधैं झैं इस्राएललाई गाली दिन थाल्यो। दाऊदले पनि गोल्यातले भनेको कुरा सुन्यो।

24. इस्राएली सैनिकहरू त गोल्यतलाई देखे पछि भाग्न थाले। सबै नै भयभित थिए।

25. एकजना इस्राएलीले भने, “त्यसलाई देख्यौ त्यसले के गरिरहेछ राम्ररी हेर? त्यो गोल्यत घरि-घरि आएर इस्राएलीहरूलाई यसरी नै गाली गर्छ। जसले यसलाई मार्छ त्यो धेरै धनी हुनेछ। राजा शाऊलले धेरै सम्पत्ति दिनुहुनेछ। शाऊलले उसकी छोरी पनि विवाह गर्न दिनेछन् जसले त्यसलाई मार्न सक्छ। शाऊलले उसको परिवारलाई इस्राएलमा स्वतन्त्र बनाउनेछन्।”

26. दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।”

27. यसैले इस्राएलीहरूले गोल्यतलाई मार्नेको इनामबारे दाऊदलाई बताउँछन्।

28. दाऊदका जेठा दाज्यू एलीआबले दाऊद सैनिकहरूसित बात गर्दै गरेको सुने। एलीआब दाऊदसँग रिसाउँछ। एलीआबले दाऊदलाई भग्ने, “तँ यहाँ किन आइस्? भेडाहरू मरूभूमिमा कसलाई छोडेर आइस्? तँ यहाँ आउनुको कारण मैले जाने। तँलाई जे गर्न पठाइएको हो त्यो गर्न तँ चाहँदैनस्। तँ यहाँ खालि युद्ध हेर्नलाई मात्र आउन चाहन्थिस्।”

29. दाऊदले भन्यो, “मैले त्यस्तो के गरे र? मैले कुनै नराम्रो काम गरिन म खालि कुरा गर्दै थिएँ।”

30. दाऊद चारैतिर दौडिएर अरू सेनाहरूसित त्यही प्रश्नहरू सोध्न थाल्यो। तिनीहरूले पनि दाऊदलाई त्यही पहिले कै जस्तो उत्तर दिए।

31. केही मानिसहरूले दाऊदलाई कुरा गर्दै गरेको सुने। तिनीहरूले दाऊदलाई शाऊल कहाँ पुर्याएर दाऊदले गरेको कुरा सबैलाई सुनाए।

32. दाऊदले शाऊललाई भन्यो, “त्यस पलिश्ती गोल्यतको कारण तपाईं हतास नहुनुहोस्। म तपाईंको सेवक हुँ। त्यस पलिश्तीसँग म लडने छु।”

33. शाऊलले भने, “तिमी गएर त्यस पलिश्तीसँग लड्न सक्ने छैनौ। तिमी सैनिक पनि त होइनौ। तिमी सानै छौ तर गोल्यत सानै देखि युद्धभूमिमा लड्दै आएको हो।”

34. तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेडा पनि चराउने गर्छु। भेडाका बथानबाट सिंह र भालू आएर भेडा लैजान्थे।

35. म त्यस्ता जंगली पशुहरूलाई खेद्दै जान्थे र तिनीहरूका मुखबाट भेडा खोसेर ल्याउँथे। यदि जंगली जन्तुले मलाई आक्रमण गरे त्यसको मुख मुनिको भुत्ला समात्थें र त्यसलाई हिर्काउथें।

36. मैले सिंह र भालू मारेको छु। म त्यस विदेशी गोल्यतलाई त्यसरी नै मार्नेछु। गोल्यत मर्नु नै पर्छ किनकि त्यसले जीवित परमेश्वरका सेनाहरूको ठट्टा गरेको छ।

37. परमप्रभुले मलाई सिंह र भालूहरूबाट बचाउनु भएको छ। परमप्रभुले यी पलिश्ती गोल्यतबाट पनि बचाउनु हुनेछ।”शाऊलले दाऊदलाई भने, “ठीक छ जाऊ? परमप्रभु तिम्रो साथमा रहुन्।”

38. शाऊलले दाऊदलाई आफ्नै पोशाक पहिराइ दिए। शाऊलले काँसाको टोपी दाऊदको शिरमा अनि आफ्नो हातहतियर शरीरमा लगाइ दिए।

39. दाऊदले तरवार भिरेर यताउता हिँड्ने चेष्टा गर्यो। यसरी शाऊलको पोशाकले दाऊदलाई साह्रै असजिलो बनायो। यस्तो पोशाकको अभ्यास दाऊदलाई थिएन।दाऊदले शाऊललाई भन्यो, “म यसरी लडून सक्दिन मैले तिनीहरूको प्रयोग गरेको छैन।” यसर्थ दाऊदले सबै फूकाले।

40. दाऊदले हातमा एउटा टेकने लौरो लियो र खोलाबाट चिल्लो पाँचवटा ढुङ्गा टिप्यो। गोठालाको झोलाभित्रको थैलीमा उक्त पाँचवटा ढुङ्गा हाल्यो र घुयेत्रो हातमा बोक्यो। त्यसपछि त्यो पलिश्ती गोल्यतलाई हाँक दिन बढ्‌यो।

41. पलिश्ती गोल्यत विस्तारै दाऊदकहाँ आयो। गोल्यतको सहायक अघि-अघि ढाल बोकेर हिंडूदै थियो।

42. गोल्यतले दाऊदलाई हेर्यो र हाँस्यो। गोल्यतले सोच्यो यो सैनिक होइन, खालि सुन्दर र रातोवर्णको केटो हो।

43. गोल्यतले दाऊदलाई भन्यो, “यो लौरो केको निम्ति हो? कुकुरलाई जस्तै मलाई खेद्त चाहन्छौ?” अनि गोल्यतले आफ्ना देवताहरूको नाउँ उच्चारण गरेर दाऊदलाई सराप्न थाल्यो।

44. गोल्यतले दाऊदलाई भन्यो, “यता आइज, म तेरो मासु चराहरू र जंगली जनावरहरूलाई खुवाउँनेछु।”

45. दाऊदले पलिश्ती गोल्यतलाई भन्यो, “तँ मकहाँ तरवार, बर्छा र भाला प्रयोग गर्न आइस्। तर म तँ कहाँ इस्राएलका सेनाहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुका नाउँ मात्र लिएर आएको छु। तैंले उहाँको विरूद्धमा नराम्रो वचन बोलीस्।

46. आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।

47. यहाँ जम्मा भएका सबै मानिसहरूले बुझ्ने छन् कि परमप्रभुलाई आफ्ना मानिसहरूलाई बचाउँनका निम्ति तरवार र भाला चांहिदैन भनेर। युद्ध परमप्रभुको हो अनि तिमी पलिश्तीहरूलाई हराउनमा परमप्रभुले हामीलाई सहायता गर्नुहुन्छ।”

48. पलिश्ती गोल्यत दाऊदलाई आक्रमण गर्न सुरियो। र बिस्तारै दाऊद अघि बढन थाल्यो। त्यत्ति नै बेला दाऊद दौडिएर लडन चाडै अघि सर्यो।

49. दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।

50. यसरी दाऊदले पलिश्तीलाई घुँयेत्रोको ढुङ्गाले हिर्काएर हरायो। उसले ढुङ्गाले हिर्कायो अनि पलिश्तीलाई मार्यो। दाऊदसंग तरवार थिएन।

51. यसर्थ उ दौडिएर पलिश्तीको छेउमा गयो। त्यसपछि दाऊदले गोल्यतकै म्यानबाट तरवार झिकेर गोल्यतको टाउको छिनायो। यसरी दाऊदले गोल्यतलाई मार्यो।जब अरू पलिश्तीले उनीहरूको वीर नै मरेको देखे अनि डरले भाग्न थाले।

52. इस्राएल र यहूदाका सैनिकहरूले जयघोषणा गर्दै दगुर्दै पलिश्तीहरूलाई खेद्न थाले। इस्राएलीहरूले पलिश्तीहरूलाई खेद्दै-खेद्दै गातको सिमाना र एक्रोनको ढोकासम्म पुर्याए र धेरै संख्यामा पलिश्तीहरू मारे। पलिश्तीहरूको लाश गात र एक्रोनको शारेमसम्म सडकभरी छरपष्ट थियो।

53. पलिश्तीहरूलाई खेद्दै सिमाना कटाए पछि इस्राएलीहरू फर्केर पलिश्तीहरूका छाउनीमा पसे र त्यहाँ धेरै सामानहरू फेला पारे।

54. दाऊदले पलिश्तीको टाउको यरूशलेममा नै पुर्यायो। पलिश्तीको हात-हतियार पनि आफ्नै पालमा राख्यो।

55. शाऊलले दाऊदलाई गोल्यतसँग लड्न गएको देखेका थिए। शाऊलले सेनाका सेनापति अबनेरसँग सोधे, “अबनेर, त्यस केटोको बाबु चाहिं को हुन्?”अबनेरले भने, “मेरो राजा, शपथ लिएर भन्दैछु, मलाई थाहा छैन।”

56. राजा शाऊले भने, “त्यसको बाबुको चाहिंको रहेछ खोजी गर।”

57. जब दाऊद गोल्यतलाई मारेर फर्के, अबनेरले उसलाई शाऊल कहाँ लग्यो। दाऊदको हातमा अझै पनि त्यस पलिश्तीको टाउको झुण्डिरहेको थियो।

58. शाऊलले उसलाई सोधे, “युवक, तिम्रो बाबु को हुन्?”दाऊदले जवाफ दिए, “म तपाईं कै सेवक बेतलेहेमका यिशैको छोरा हुँ।”

About 1 शमूएल Chapter 17

Read 1 शमूएल Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of 1 शमूएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 शमूएल
Chapter: 17
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 शमूएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 शमूएल Chapter 17 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 शमूएल Chapter 17?

1 शमूएल Chapter 17 is part of the Book of 1 शमूएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 शमूएल Chapter 17 online for free with easy chapter navigation.

More Chapters from 1 शमूएल

  1. 1 शमूएल Chapter 30
  2. 1 शमूएल Chapter 27
  3. 1 शमूएल Chapter 23
  4. 1 शमूएल Chapter 29
  5. 1 शमूएल Chapter 25
  6. 1 शमूएल Chapter 31
  7. 1 शमूएल Chapter 22

Explore More from पुरानो करार

  1. व्यवस्था Chapter 7
  2. यर्मिया Chapter 36
  3. हितोपदेश Chapter 26
  4. भजनसंग्रह Chapter 86
  5. सपन्याह Chapter 1
  6. 1 शमूएल Chapter 5
  7. प्रस्थान Chapter 1

Related Chapters & Readings

  1. प्रकाश Chapter 12
  2. अय्यूब Chapter 21
  3. 1 शमूएल Chapter 10
  4. व्यवस्था Chapter 11
  5. इजकिएल Chapter 39
  6. यर्मिया Chapter 44
  7. दानियल Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *