रोमीहरू Chapter 14

For English

Read रोमीहरू Chapter 14 Online

Read रोमीहरू Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of रोमीहरू in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of रोमीहरू and the Holy Bible online.

Choose a Chapter

रोमीहरू 14

अध्याय 14

1. कमजोर विश्वास भएका आफ्नो समूहका सदस्यहरूलाई अप्नाउन अस्वीकार नगर। अनि तिनीहरूको विचारमाथि तिनीहरूसित र्तक नगर।

2. आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि उ खाली साग-सब्जी मात्र खान सक्छ।

3. अनि जे पनि खान सक्छु भन्ने मानिसले त्यो साग-सब्जी मात्र खाने मानिस भन्दा उत्तम छु भनेर आफूलाई ठान्नु हुँदैन। अनि साग-सब्जी मात्र खाने मानिसले पनि सबै खाने मानिस गल्ती हो भनेर सोच्नु हुँदैन। परमेश्वरले ती दुवैलाई ग्रहण गर्नुहुन्छ।

4. तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।

5. कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ।

6. जसले एउटा दिन भन्दा अर्को दिन महत्वपूर्ण भनेर सोच्दछ उसले त्यो परमप्रभुको लागि सोंच्दैछ। अनि जसले सबै थोक खान्छु भन्छ त्यसले प्रभुको लागि खाँदैछ। हो, त्यस भोजनको लागि उसले प्रभुलाई धन्यवाद दिंदछ। अनि जसले केही थोक खान अस्वीकार गर्दछ जसले प्रभुकै लागि अस्वीकार गरिरहेछ। उसले पनि परमेश्वरलाई धन्यवाद दिंदछ।

7. हो, हमी सबैजना प्रभुको लागि बाँच्दछौं। हामी आफ्नै निम्ति बाँच्दैनौं अथवा आफ्नै निम्ति मर्दैनौं पनि ।

8. यदि हामी बौरीउठनु बच्नु भने हामी प्रभुको लागि बाँचिरहेछौं। अनि यदि हामी मर्छौं भने, हामी प्रभुको लागि मर्दछौं। यसैले हामी मरौं कि हामी बाँचौ हामी प्रभुकै हौं।

9. यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँच्न भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।

10. तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यु-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामीसबैलाई जाँच्नु हुन्छ।

11. हो, धर्मशास्त्रमा लेखिएको छः“प्रत्येक मानिस मेरो सामु झुक्नेछ, अनि प्रत्येकले परमेश्वरलाई मान्नेछ। निःसन्देह म बाँचे जस्तै, यी कुराहरू हुनेछन्, परमप्रभु भन्नु हुन्छ।”

12. यसकारण हामी प्रत्येकले परमेश्वरको अघाडी आफ्नो हिसाब दिनु पर्नेछ।अरूलाई पापी भनेर दोष नलगाऊ

13. यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यु-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नर्गने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लग्लान्।

14. म प्रभु येशूमा हुँ। म जान्दछु कुनै खाद्य आफैमा फोहोर छैन। तर यदि कसैले फोहोर भनेर विश्वास गर्छ भने त्यो उसैको लागि फोहोर छ।

15. केही खाँदैमा यदि तिमीले आफ्ना दाज्यु-भाइ दिदी-बहिनीको भावनामा चोट पुर्याउँछौ भने तिमीले प्रेमको बाटो पछ्याउँदैनौ। कसैले गलत संझेको खाना खाएर तिमीले उसलाई नष्ट गर्नु हुँदैन। ख्रीष्ट त्यस मानिसको लागि पनि मर्नु भयो।

16. आफूलाई असल लागेको कुनै कुराको निन्दा हुन नदेऊ।

17. परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।

18. कसैले यस प्रकारले ख्रीष्टको सेवा गरे उसले परमेश्वरलाई खुशी पार्दछ। अनि त्यो मानिस अरूहरूद्वारा स्वीकृत हुनेछ।

19. यसैले कठोर परिश्रमको साथ त्यस्तो काम गरौं जसबाट शान्ति छाउँछ। अनि त्यस्तो काम गरौं जसमा कि त्यो एका अर्कामा सहयोग बन्न सकोस्।

20. भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

21. मासु, दाखरस वा अरू कुनै थोक जसले दाज्यू-भाइ, दिदी-बहिनीलाई पापमा धकेल्दछ। असल हो नखानुनै।

22. यी चिजहरूमा तिम्रो विश्वास परमेश्वर र आफूमाझ राख्नु पर्छ। अपराध बोध नगरी आफूले उचित ठहरयाएको काम गर्ने मानिस धन्य हो। उसलाई परमेश्वरबाट आशिष, प्रदान गरिन्छ।

23. तर कसैले शंका गर्दै केही कुरो खान्छ भने उ स्वयं नै दोषी हुँदछ। किन? किनभने उसलाई त्यो उचित हो भन्ने भरोसा भएन अनि भरोसा नभई गरेको जे कुरा पनि पाप हो।

About रोमीहरू Chapter 14

Read रोमीहरू Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of रोमीहरू in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: रोमीहरू
Chapter: 14
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading रोमीहरू. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading रोमीहरू Chapter 14 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is रोमीहरू Chapter 14?

रोमीहरू Chapter 14 is part of the Book of रोमीहरू in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete रोमीहरू Chapter 14 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 15
  4. प्रेरितहरूको काम Chapter 5
  5. प्रेरितहरूको काम Chapter 22
  6. प्रेरितहरूको काम Chapter 13
  7. प्रेरितहरूको काम Chapter 8

Explore More from रोमीहरू

  1. रोमीहरू Chapter 11
  2. रोमीहरू Chapter 6
  3. रोमीहरू Chapter 1
  4. रोमीहरू Chapter 3
  5. रोमीहरू Chapter 10
  6. रोमीहरू Chapter 4
  7. रोमीहरू Chapter 16

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 136
  2. यर्मिया Chapter 46
  3. एज्रा Chapter 2
  4. 2 इतिहास Chapter 35
  5. उत्पत्ति Chapter 22
  6. उत्पत्ति Chapter 41
  7. अय्यूब Chapter 15
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *