Read प्रेरितहरूको काम Chapter 7 Online
Read प्रेरितहरूको काम Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रेरितहरूको काम and the Holy Bible online.
Choose a Chapter
प्रेरितहरूको काम 7
अध्याय 7
1. प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?”
2. स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यु-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो।
3. परमेश्वरले अब्राहामलाई भन्नुभयो, ‘तिम्रो देश र त्यहाँका तिम्रा मनिसहरूलाई छोड अनि त्यो देशमा जाऊ, म तिमीलाई देखाउने छु।’
4. यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।
5. तर उहाँले अब्राहामलाई त्यो जमीनको कुनै टुक्रा आफ्नो बनाउन दिनुभएन, खालि यसको एक फूट मात्र पनि दिनुभए। तर तिनले प्रतिज्ञा गरे कि भविष्यमा त्यो जमीन उसको अनि उसको उत्तरधिकारीको हुनेछ। यद्यपि त्यस बेला अब्राहमको कुनै सन्तान थिएन।
6. परमेश्वरले उनलाई भन्नुभयो, तिम्रो सन्तानहरूले यो ठाउँमा बस्नु पर्नेछ। त्यहाँका मानिसहरूले तिनीहरूलाई दास बनाउने छन् र चार सय र्वष सम्म कुव्यवाहर गरेर राख्नेछन्।
7. तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।
8. परमेश्वरले अब्राहामसंग एक करार बाँध्नु भयो; यस करारको संकेत खतना थियो। यसर्थ जब अब्राहमको छोरो भयो, त्यो आठ दिनको पुग्दा उनले खतना गरिदिए। उनको छोरोको नाउँ इसहाक थियो। पछि उसले आफ्नो छोरो याकूबको पनि खतना गरे पछि याकूबले आफ्ना छोराहरूलाई त्यसै गरे। ती छोराहरू पछि बाह्रजना पिताहरू भए।
9. “त्यसपछि ती पिताहरू यूसुफसंग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसंग परमेश्वर हुनुहुन्थ्यो।
10. यूसुफले धेरै दुःख-कष्टहरू सामना गर्नु पर्यो, तर परमेश्वरले उनलाई ती सबै दुःख-कष्टहरूबाट बचाउनु भयो। फिरऊन मिश्रदेशका राजा थिए। उहाँले यूसुफलाई मनपराउनु भयो अनि आदर पनि गर्नु भयो किनभने यूसुफमा परमेश्वरबाट पाएको ज्ञान थियो। उसले यूसुफलाई मिश्र देशका राज्यपाल बनाए अनि तिनलाई उहाँको घरका सम्पूर्ण मानिसहरूमाथि शासन गर्ने अधिकार दिए।
11. तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।
12. तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो।
13. पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए।
14. तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।
15. यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरूञ्जेल सम्म त्यहाँ बसे।
16. त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।
17. “मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो।
18. त्यसपछि एक अर्को राजाले मिश्र देशमा शासन गर्न थाल्यो। उसले यूसुफको विषयमा केही पनि जानेन्।
19. ती राजाले हाम्रो मानिसहरूलाई हानी पुरयाउन धूर्त तरिकाहरू प्रयोग गरे। उनले तिनीहरूको भर्खर जन्मेका नानीहरू मरोस् भनी बाहिर राख्न वाध्य गराए।
20. यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले।
21. जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्।
22. मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।
23. “जब मोशा चालीस र्वषका भए, उनको आफ्ना यहूदी दाज्यु-भाइहरूलाई भेट्ने निर्णय लिए।
24. मोशाले एक यहूदीलाई मिश्रदेशवासीले नराम्रो व्यवहार गरेको देखे। यसर्थ तिनी त्यो यहूदीको रक्षा गर्न गए अनि त्यो मिश्र देशीलाई मारे जसले यहूदीमाथि कुव्यवहार गरिरहेको थियो।
25. परमेश्वरले उनलाई उनीहरूकै बचाऊको लागि प्रयोग गरिरहनु भएको तिनको यहूदी भाइहरूले बुझ्लान् भन्ने मोशाले सोचे। तर तिनीहरूले त्यो बुझेनन्।
26. अर्को दिन मोशाले दुइ यहूदीहरूलाई आपसमा झगडा गरेको देखे। उनले तिनीहरूलाई शान्त गराउन खोजे। उनले भने, ए मानिस हो! तिमीहरू दाज्यु-भाइहरू हौ! किन तिमीहरू एकार्को प्रति नराम्रो व्यवहार गरिरहेछौ?”
27. जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो? कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो?
28. जसरी तिमीले हिजो मिश्र देशवासीलाई मार्यो त्यसरी नै मलाई मार्छौ?
29. जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिदयानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।
30. “चालिस र्वष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।
31. जब मोशाले यस्तो देखे, उनी अचम्भित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने।
32. परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमश्वर, याकूबका परमेश्वर हुँ।’मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।
33. परमप्रभुले उनलाई भन्नुभयो, तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो।
34. मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरे। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।
35. “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो।
36. तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस र्वष सम्म गरे।
37. उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।
38. उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा संगै थिए। तिनी त्यो स्वर्गदूतसंग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसंग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए।
39. “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।
40. हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’
41. यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए।
42. तर परमश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः‘तिमी यहूदीहरूले चालीस र्वषसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं
43. तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मूर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’
44. “हाम्रा पुर्खाहरूसँग मरूभूमिमा “पवित्र मण्डप” थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए।
45. तब यहोशूले हाम्रा पुर्खाहरूलाई अरू राष्ट्रहरूको जमीन हत्याउनुमा अगुवाइ गरे। हाम्रा मानिस जमीनभित्र पसे अनि परमेश्वरले अन्य राष्ट्रहरूलाई बाहिर खेदनु भयो। जब हाम्रा मानिसहरू त्यस नयाँ जमीनमा गए, तिनीहरूले आफूसित त्यही मण्डप लगेर गए। हाम्रा मानिसहरूले त्यो मण्डप आफ्ना पुर्खाहरूबाट प्राप्त गरेका थिए, अनि तिनीहरूले त्यसलाई दाऊदको समय सम्म जोगाएर राखे।
46. परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे।
47. तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।
48. “तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्
49. पृथ्वी त्यो ठाउँ हो जहाँ मेरा खुट्टाहरू आराम गर्दछ। कस्तो प्रकारको घर तिमी मेरो लागि बनाउन सक्छौ? मैले आराम गर्न सक्ने स्थान त्यहाँ कहाँ छ?
50. के मेरा हातहरूले यी सबै कुराहरू बनाएको होइन?”
51. तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।
52. तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ।
53. तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”
54. जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले।
55. तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले यशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।
56. स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”
57. तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे।
58. तिनीहरूले उनलाई शहर बाहिर फयाँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू जजसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए।
59. अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने,“प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!”
60. तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्! यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।
About प्रेरितहरूको काम Chapter 7
Read प्रेरितहरूको काम Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: प्रेरितहरूको काम
Chapter: 7
Testament: New Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading प्रेरितहरूको काम. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading प्रेरितहरूको काम Chapter 7 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is प्रेरितहरूको काम Chapter 7?
प्रेरितहरूको काम Chapter 7 is part of the Book of प्रेरितहरूको काम in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete प्रेरितहरूको काम Chapter 7 online for free with easy chapter navigation.
More Chapters from नयाँ करार
- प्रेरितहरूको काम Chapter 1
- प्रेरितहरूको काम Chapter 14
- प्रेरितहरूको काम Chapter 13
- प्रेरितहरूको काम Chapter 8
- प्रेरितहरूको काम Chapter 22
- प्रेरितहरूको काम Chapter 15
- प्रेरितहरूको काम Chapter 12
Explore More from प्रेरितहरूको काम
- प्रेरितहरूको काम Chapter 8
- प्रेरितहरूको काम Chapter 28
- प्रेरितहरूको काम Chapter 15
- प्रेरितहरूको काम Chapter 4
- प्रेरितहरूको काम Chapter 9
- प्रेरितहरूको काम Chapter 2
- प्रेरितहरूको काम Chapter 5