2 इतिहास Chapter 16

For English

Read 2 इतिहास Chapter 16 Online

Read 2 इतिहास Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of 2 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 इतिहास and the Holy Bible online.

Choose a Chapter

2 इतिहास 16

अध्याय 16

1. आसाका राज्य कालका छत्तीसौं वर्षमा बाशाले यहूदा देश माथि आक्रमण गरे। बाशा इस्राएलका राजा थिए। तिनी रामा शहरमा गए अनि त्यसलाई किल्लाको रूप दिए। बासाले रामा शहरलाई यहूदाका राजा आसा कहाँ मानिसहरूलाई आउँन जानबाट रोक्नका निम्ति एक स्थानको रूपमा प्रयोग गरे।

2. आसाले परमप्रभुको मन्दिरको भण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमीशक शहरमा बस्दथे। आसाको संन्देश थियो।

3. “बेनहदद, तिमी अनि म माझ एक सन्धि होस्। हामी यसलाई तपाईंका पिता अनि मेरा पिताले गरेका सन्धि जस्तै तुल्याऔं। हेर्नुहोस्, म तपाईं कहाँ सुन अनि चाँदी पठाउँदै छु। अब, बाशा, इस्राएलका राजा सँगको तपाईंको सन्धि भङ्ग गरी दिनुहोस् जसद्वारा तिनले मलाई एक्लो छाडने छन् अनि मलाई दिकदारी दिन बन्द गर्ने छन्।”

4. बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु संग्रह गरिएको थिए।

5. बाशाले इस्राएलका शहरहरू माथि आक्रमण भएको कुरा सुने। यसर्थ तिनले रामा शहरलाई किल्लाको रूपमा निर्माण गर्ने काम रोके। तिनले तिनको काम बन्द गरिदिए।

6. तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित बोलाए। तिनीहरू रामा शहरमा गए ढुँङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुँङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे।

7. त्यसबेला दर्शी हनानी यहूदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, “आसा तिमीलाई सहायता गरोस् भनी तिमी अरामका राजा माथि भर पर्यौ। परमप्रभु तिम्रा परमेश्वर माथि भर परेनौ। तिमी परमप्रभु माथि भरपर्नु पर्ने थियो। तर तिमी सहायताका निम्ति परमप्रभु माथि भर नपरेको हुनाले राजा अरामका सैनिकहरू तिमीबाट उम्किए।

8. कूशीहरू अनि लूबीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौ अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो।

9. परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन् जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नु हुन्छ। आसा, तिमीले मूर्खता पूर्ण काम गर्यौ। यसर्थ अब उप्रान्त तिमीले युद्ध गरिरहनु पर्नेछ।”

10. आसा हनानी सित उनले भनेका कुरामा क्रोधित भए। आसा यति पागल भए कि तिनले हनानीलाई कैदखानामा बन्द गरिदिए। आसा त्यस बेला कोही मानिसहरूसित नीच र कठोरता पूर्वक व्यवहार गर्थे।

11. आसाले शुरू देखि अन्तसम्म गरेका कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।

12. आसा राजा भएको उन्चालीस वर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे।

13. आफ्नो राज्य कालको एकचालीसौं वर्षमा आसाको मृत्यु भयो अनि उनका पिता-पुखाहरूसित गाडिए।

14. मानिसहरूले आसालाई तिनकै चिहानमा गाडि दिए जो तिनी आफैंले दाऊदका शहरमा बनाएका थिए। मानिसहरूले तिनलाई पलङ्गमा सुताए जो मसालाहरू अनि विभिन्न प्रकारका मिस्रित सुगन्धित पदार्थहरू द्वारा भरिएको थियो। मानिसहरूले आसाका सम्मानका निम्ति विशाल आगो बाले।

About 2 इतिहास Chapter 16

Read 2 इतिहास Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of 2 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 इतिहास
Chapter: 16
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 इतिहास Chapter 16 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 इतिहास Chapter 16?

2 इतिहास Chapter 16 is part of the Book of 2 इतिहास in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 इतिहास Chapter 16 online for free with easy chapter navigation.

More Chapters from 2 इतिहास

  1. 2 इतिहास Chapter 36
  2. 2 इतिहास Chapter 8
  3. 2 इतिहास Chapter 2
  4. 2 इतिहास Chapter 28
  5. 2 इतिहास Chapter 22
  6. 2 इतिहास Chapter 21
  7. 2 इतिहास Chapter 34

Explore More from पुरानो करार

  1. उत्पत्ति Chapter 6
  2. अय्यूब Chapter 17
  3. नहूम Chapter 3
  4. होशे Chapter 13
  5. यशैया Chapter 18
  6. अय्यूब Chapter 2
  7. यशैया Chapter 54

Related Chapters & Readings

  1. अय्यूब Chapter 36
  2. इजकिएल Chapter 12
  3. 1 इतिहास Chapter 23
  4. 1 राजा Chapter 12
  5. यर्मिया Chapter 16
  6. न्यायकर्ता Chapter 10
  7. यूहन्ना Chapter 12
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *