हितोपदेश Chapter 22

For English

Read हितोपदेश Chapter 22 Online

Read हितोपदेश Chapter 22 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of हितोपदेश and the Holy Bible online.

Choose a Chapter

हितोपदेश 22

अध्याय 22

1. धन सम्पत्तीको मालिक हुनु भन्दा सम्मान पाउनु असल हो। सम्मानित हुनु सुन चाँदी भन्दा उत्तम हो।

2. सबै परमप्रभुका सृष्टि हुन यसर्थ कुन धनी कुन गरीब बराबरी हो।

3. एउटा बुद्धिमान मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन अनि दुःख पाउँछन्।

4. नम्र बन अनि परमप्रभुलाई आदर गर, तब तिमीहरू बाच्नेछौ अनि धन र सम्मान पाउने छौ।

5. दुष्ट मानिस नाना थरीका फंदामा पर्छ, तर आफ्नो आत्माको पर्वाह गर्ने मानिस यस्तो कष्ट देखि टाडो बस्छ।

6. नानीहरूलाई सही जीवन निर्वाह गर्नु सानै बाट सिकाउनु पर्छ, तब त्यो नानी बढे पनि त्यही प्रकारले जीवन यापन् गर्छ।

7. धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।

8. अन्याय रोप्ने मानिसले आफन्तको वाली काट्छ अनि उसको अत्याचारी शासनको अन्त हुन्छ।

9. एकजना उदार योग्य मानिसले आशिषू पाउँछ। उसले आशिषू पाउँछ किनभने उसले आफ्नो भोजन गरीबलाई दिन्छ।

10. यदि कुनै मानिसले अरूलाई खिसी गर्छ भने उसलाई त्यहाँबाट बल लगाएर निकाली देऊ। जब ऊ मानिस नै हट्छ झगडाहरू जान्छ र अनि लडाईं र अपमानहरू पनि सकिन्छ।

11. एउटा मानिस जसले शुद्ध हृदयलाई प्रेम गर्छ, जसको बोलीवचन करूणामय हुन्छ, ऊ राजाको मित्र हुनेछ।

12. परमप्रभुले सत्यता माथि पहरा दिनु हुन्छ, अनि अविश्वासी मानिसहरूले भनेका कुराहरूलाई विफल बनाउनु हुन्छ।

13. अलछे मानिसले भन्छ, “सिंह बाहिर बसिरहेको छ,” अथवा “म गल्लीमा मारिनेछु।”

14. व्यभिचारी पापको जाल हो यसर्थ परमप्रभु यस्तो जालमा फँस्नेसित अत्यन्तै क्रोधित हुनुहुन्छ।

15. नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।

16. आफ्नो धन बढाउनु जसले गरीबलाई ठग्छ अनि धनी मानिसलाई उपहार चढाउँछ भने ती दुवै जना पछि दरिद्र हुन्छन्।

17. राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।

18. यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ।

19. अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।

20. तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।

21. यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।

22. गरीबलाई शोषण नगर किनभने तिनीहरू गरीब छन्, अनि गरीबलाई अदालतमा न्यायबाट बञ्चित नगर

23. परमप्रभुले तिनीहरूको मुद्दाको पक्ष लिनु हुन्छ, अनि उहाँले तिनीहरूको जीवन लिनु हुनेछ जसले उनीहरूलाई लुट्छन र शोषण गर्छन्।

24. झट्टै रिसाउने मानिससित मित्रता नजोड। सितिमिति रिसाउने मानिससित संगत नगर।

25. नत्र भने तिमीले उसको बाटो जान्ने छौ र फन्दामा फँस्ने छौ।

26. कहिल्यै कसैको जिम्मवारी लिने नहोऊ अर्काले लिएको ऋणको लागि जमानी नबस्।

27. तिमीले त्यो ऋण चुक्ता गराउनु नसके निमीकहाँ भएको सबै गुमाउनु पर्नेछ। तिमीले आफ्नो ओढने ओछ्याउने सम्म गुमाउनु पर्नेछ।

28. तिम्रो जमीन जसमा सिमाना तिम्रा पुर्खाहरूले कोरेका हुन, त्यो सिमाना कहिल्यै हल्लिन नदेऊ।

29. यदि कोही मानिस आफ्नो काममा निपुण छ भने ऊ राजाको सेवा गर्ने योग्यको हुन्छ। उसले नचिनेका मानिसहरूको सेवा गर्दैन।

About हितोपदेश Chapter 22

Read हितोपदेश Chapter 22 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: हितोपदेश
Chapter: 22
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading हितोपदेश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading हितोपदेश Chapter 22 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is हितोपदेश Chapter 22?

हितोपदेश Chapter 22 is part of the Book of हितोपदेश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete हितोपदेश Chapter 22 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from हितोपदेश

  1. हितोपदेश Chapter 17
  2. हितोपदेश Chapter 28
  3. हितोपदेश Chapter 5
  4. हितोपदेश Chapter 2
  5. हितोपदेश Chapter 12
  6. हितोपदेश Chapter 21
  7. हितोपदेश Chapter 31

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 23
  2. हितोपदेश Chapter 9
  3. इजकिएल Chapter 38
  4. उपदेशक Chapter 8
  5. मर्कूस Chapter 13
  6. 1 राजा Chapter 9
  7. यशैया Chapter 66
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *