हितोपदेश Chapter 4

For English

Read हितोपदेश Chapter 4 Online

Read हितोपदेश Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of हितोपदेश and the Holy Bible online.

Choose a Chapter

हितोपदेश 4

अध्याय 4

1. हे मेरा छोराहरू, आफ्नो बाबुको शिक्षाहरूमा ध्यान देऊ अनि तिमीहरूले ती शिक्षाहरू बुझ्ने छौ।

2. म तिमीलाई गहिरो ज्ञान दिन्छु। मैले दिएको यो शिक्षा तिमीले नत्याग।

3. एक समयमा म पनि मेरो पिताको एउटा छोरा थिएँ अनि मेरी आमाको प्रिय सानो केटो थिएँ, उनको एउटै मात्र छोरो।

4. अनि मेरो बाबुले मलाई यी सब कुराहरू सिकाउनु भयो। उहाँले मलाई भन्नु भयो, “मैले भनेका कुराहरू याद गर, मेरा आज्ञाहरू पालन गर, तब तिमी जीवित रहनेछौ।

5. ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।

6. ज्ञानलाई नत्याग, ज्ञानलाई प्रेम गर, तब ज्ञानले तिम्रो रक्षा गर्नेछ।

7. सबभन्दा महत्वपूर्ण कुरो नै ज्ञान हो। तिमीले ज्ञान प्राप्त गर्न आँफूसँग भएको सबै बेच।

8. ज्ञानलाई सम्मान गर अनि यसैले तिमीलाई महान बनाउँने छ। ज्ञानलाई अँगाल यसले तिमी मा सम्मान ल्याउनेछ।

9. उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पार्छे।

10. हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ।

11. म तिमीलाई ज्ञानको बाटोको शिक्षा दिइरहेको छु। अनि मैले तिमीलाई सोझोबाटोमा डोर्याइरहेको छु

12. जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।

13. अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।

14. दुष्ट मानिसहरूको बाटो नकुल्च अनि दुष्ट मानिसहरूको मार्गमा नहिड।

15. यसलाई त्याग। यसलाई काटेर पनि नजाऊ! त्यसलाई तिम्रो पिठ्‌यूँ फर्काई देऊ अनि टाढा हिँड।

16. दुष्ट मानिसहरू दुष्टयाई नगरी सुत्न सक्तैनन्। जब सम्म कसैलाई नोक्सान पुर्याउँदैनन तिनीहरू निदाँउ नै सक्तैनन।

17. किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो।

18. तर धर्मको बाटो चाँहि सूर्यको प्रभात किरण झैं हुन्छ जसले मध्यान्न सम्म प्रकाश बढाउँदै जान्छ।

19. दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खाँन्छ।

20. हे मेरा छोरा, मेरा कुराहरू सुन्। मैले के भन्छु ध्यान दिएर सुन्।

21. ती कुराहरूलाई सदा आफ्नो मनमा राख र तिनीहरूलाई आफ्नो सामने बाट टाढा नराख।

22. मेरो शिक्षाहरूले तिनीहरूलाई जीवन दिन्छ जसले यसलाई पालन गर्छ अनि मेरा वचनहरूले शरीरमा तन्दूरूस्ती दिन्छ।

23. सबभन्दा महत्वपूर्ण कुरो के हो भने तिमीले सोच्नु पर्ने कुराहरूमा तिमी अत्यन्तै होशियारी हुनु पर्छ। किनभने तिम्रो मन तिम्रो जीवनको स्रोत हो।

24. तिम्रो मुखबाट मिथ्यापूर्ण शब्दहरू निस्कन नदेऊ। झूटो नबोल।

25. तिम्रा आँखाहरू अघि सधैं मार्ग सोझो रहोस् र आँखाको पलकले सधैं अघि नै ताकिरहेको होस्।

26. तिमी हिडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ।

27. दाहिने अथवा देब्रे नफर्क, तिम्रो खुट्टाहरूलाई गल्ती मार्गमा जानबाट रोक।

About हितोपदेश Chapter 4

Read हितोपदेश Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: हितोपदेश
Chapter: 4
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading हितोपदेश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading हितोपदेश Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is हितोपदेश Chapter 4?

हितोपदेश Chapter 4 is part of the Book of हितोपदेश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete हितोपदेश Chapter 4 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. हाग्गै Chapter 2
  4. सपन्याह Chapter 2
  5. सपन्याह Chapter 1
  6. आमोस Chapter 3
  7. हाग्गै Chapter 1

Explore More from हितोपदेश

  1. हितोपदेश Chapter 23
  2. हितोपदेश Chapter 29
  3. हितोपदेश Chapter 5
  4. हितोपदेश Chapter 14
  5. हितोपदेश Chapter 16
  6. हितोपदेश Chapter 2
  7. हितोपदेश Chapter 9

Related Chapters & Readings

  1. अय्यूब Chapter 26
  2. जकरिया Chapter 11
  3. योएल Chapter 1
  4. 2 शमूएल Chapter 21
  5. 1 इतिहास Chapter 21
  6. विलाप Chapter 3
  7. यशैया Chapter 58
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *