हितोपदेश Chapter 17

For English

Read हितोपदेश Chapter 17 Online

Read हितोपदेश Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of हितोपदेश and the Holy Bible online.

Choose a Chapter

हितोपदेश 17

अध्याय 17

1. प्रत्येक मानिसले झगडा गर्दै खाद्ययन्ले भरिएको घरमा बस्नु भन्दा एक टुक्रा सूख्खा रोटी खाँदै शान्तिमा बस्नु असल हो।

2. एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।

3. सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।

4. दुष्ट मानिसले अरू मानिसहरूले बोलेको दुष्ट चीजहरूमा ध्यान दिन्छ, अनिढँटुवाहरूले अरूको निन्दा सुन्छ।

5. जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।

6. नाति-नातिनीहरू बृद्धमानिसको निम्ति मुकुट हुन्, अनि आमा-बाबुहरू आफ्ना छरा-छरीका गौरव हुन्।

7. मूर्ख मानिसले धेरै बोल्नु असल हुदैन, त्यसरी नै शासकलाई झूटो बोल्नु सुहाउँदैन।

8. घूस ग्रहण गर्ने मानिसलाई घूस महामन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ वही उसले सफलता पाए जस्तो लाग्छ।

9. जसले अरूको गल्तीको बारेमा भूलिदिन्छ उसले प्रेमलाई अघि बढाउँनेछ, तर जसले अर्काको गल्ती घरि-घरि ल्याउँछ त्यसले घनिष्ट साथीहरूलाई गुमाउँछ।

10. विवेकी मानिसलाई एउटा वचनले जति असर पार्छ, मूर्खलाई एक सय कोर्राले पनि असर पार्दैन।

11. एउटा दुष्ट मानिस सधैं नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ।

12. मूर्खको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालूको सामने पर्नु असल हुन्छ।

13. यदि कसैले असलको बद्ला दुष्टाईंले लिन्छ भने घरले सधैं कठिनाइहरूको सामना गर्नेछ।

14. झगडा शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।

15. जसले एउटा दोषी मानिसलाई निर्दोष ठहराउँछ अनि एउटा निर्दोष मानिसलाई दोषी, तिनीहरू दुवैलाई परमप्रभुले घृणा गर्नु हुन्छ।

16. एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न? उसको दिमाग नै छैन।

17. असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।

18. समझ नभएको मानिसले नै वाचा-बन्धन गर्छ। अनि अर्काको ऋणमा जमानी बस्छ।

19. लडाईं-झगडा मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।

20. कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ।

21. मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन।

22. आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।

23. एकजना दुष्ट मानिसले न्याय बिर्गानको लागि गोप्य तरिकाले घूस दिन्छ।

24. ठीक विचार भएको मानिसले सधै ज्ञानको बिषयमा सोचिरहन्छ तर मूर्ख मानिसले सधैं टाडा-टाडा ठाउँको सपना देख्छ।

25. मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।

26. अन्याय नगरी दण्ड दिनु गल्ती हो। यसरी नै ईमानदार अगुवाहरूलाई ठीक काम गरे बापत सजाय दिनु अनुचित हो।

27. एकजना ज्ञानी मानिस सजिलै रिसाउँदैन। ज्ञानी मानिसले होशियारसित शब्द प्रयोग गर्दै बात मार्छ।

28. चुपचाप बसे मूर्खलाई पनि ज्ञानी ठानिन्छ अनि जसले उसको मुखतालाई बन्द राख्छ ऊ विवेकी देखिन्छ।

About हितोपदेश Chapter 17

Read हितोपदेश Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: हितोपदेश
Chapter: 17
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading हितोपदेश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading हितोपदेश Chapter 17 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is हितोपदेश Chapter 17?

हितोपदेश Chapter 17 is part of the Book of हितोपदेश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete हितोपदेश Chapter 17 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. आमोस Chapter 3
  5. हाग्गै Chapter 2
  6. हाग्गै Chapter 1
  7. सपन्याह Chapter 1

Explore More from हितोपदेश

  1. हितोपदेश Chapter 3
  2. हितोपदेश Chapter 6
  3. हितोपदेश Chapter 31
  4. हितोपदेश Chapter 4
  5. हितोपदेश Chapter 21
  6. हितोपदेश Chapter 8
  7. हितोपदेश Chapter 1

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 7
  2. यूहन्ना Chapter 3
  3. भजनसंग्रह Chapter 89
  4. इजकिएल Chapter 13
  5. गन्ती Chapter 33
  6. भजनसंग्रह Chapter 118
  7. यूहन्ना Chapter 12
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *