हितोपदेश Chapter 25

For English

Read हितोपदेश Chapter 25 Online

Read हितोपदेश Chapter 25 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of हितोपदेश and the Holy Bible online.

Choose a Chapter

हितोपदेश 25

अध्याय 25

1. सुलेमानका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका नोकरहरूबाट उतारेका हुन्।

2. परमेश्वरको महिमा चीजहरू लुकाउनु हो अनि राजाको महिमा चीजहरूको जाँच गर्नु हो।

3. जसरी स्वर्ग हामी माथि छ र जमीन हामीबाट मुनि त्यसरी नै राजाको मन पनि रहस्य मय हुन्छ हामी बुझ्नै सक्तैनौं।

4. यदि चाँदीबाट अशुद्धतालाई निकालिइयो भने शिल्पी सुनारले त्यसबाट सुन्दर गहना बनाउनु सक्छन्।

5. यस्तै प्रकारले, यदि दुष्ट अनि बेइमान उपदेशकहरूलाई राजाको उपस्थितिबाट हटाइन्छ भने, उसको शासन धर्मीकताद्वारा सुरक्षित हुनेछ।

6. राजाको अघि घमण्ड नगर, मुख्य मानिसहरूको महत्वपूर्ण स्थान नओगट।

7. एकजना राजकुमारको सामुनेमा अपमानित हुनु भन्दा राजाले तिमीलाई “यहाँ आइज” भनेको असल हो।

8. न्यायकर्त्तालाई तिमीले देखेको कुरा तत्कालै नभनी हाल। यदि तिमी त्यसो गर्दा अर्को मानिसले तिम्रो कुरोलाई असत्य प्रमाण गरिदिए तिमी अप्ठेरोमा पर्नेछौ।

9. तिम्रो कसै सित दुई मत भए आपसमा नै मिलाई हाल अनि साथीको रहस्यको कुरा कसैलाई नभन।

10. यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन।

11. सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो।

12. एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्।

13. एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ।

14. कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो।

15. धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ।

16. मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ।

17. त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ।

18. जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काडझैं खतरा हुन्छ।

19. झूटो बोल्ने मानिस माथि कहिल्यै भर नपर्नु, त्यो मानिस कष्टदायी दाँत तथा लङ्गडे खुट्टा जस्तै हो। र आवश्यक्ताको समयमा धोका दिन सक्छ।

20. शोकाकुल मानिसको अघि खुशीयालीको गीत गाउनु जाडो लागेको समयमा कसैको शरीरको लुगा उतारि दिनु जस्तै हो। यो सोडामा सिर्का मिलाउनु जस्तो हो।

21. तिम्रो शत्रु पनि भोकाएको भए उसलाई भोजन देऊ र तिर्खाएको भए पानी देऊ।

22. यदि तिमीले यसो गरयौ भने त्यो मानिस लाजमा पर्नेछ। यो उसको टाउको माथि बल्दै गरेका कोइलाहरू राख्नु बराबर हो अनि परमप्रभुले तिम्रो क्षतिपूर्ति गर्नु हुनेछ।

23. उत्तरबाट वहने हावाले पानी बर्षाउछ अनि त्यसरी नै निन्दाले क्रोध जगाउँछ।

24. झगडालु स्वभाव भएकी पत्नीसित घरमा वास गर्नु भन्दा छाना माथि बस्नु असल हो।

25. टाढा ठाउँ बाट आएको शुभ समाचारहरू त्यत्तिकै शीतल हुन्छ जति गर्मीको दिनमा प्यास र थकित भएर पिएको पानी शीतल हुन्छ।

26. यदि असल मानिस दुर्बल हुन्छ र दुष्ट मानिसलाई पछ्याउँछ भने यो शुद्ध पानीमा फोहर मिसिनु जस्तै हो।

27. मह पनि धेरै खाए तितो हुन्छ, त्यसरी नै धेरै मान नखोज।

28. आफैंले आफैंलाई नियन्त्रणमा राख्न नसक्ने मानिस भत्केको पर्खाल भएको शहर बराबर हो।ज्

About हितोपदेश Chapter 25

Read हितोपदेश Chapter 25 online from the Holy Bible. This chapter is part of the Book of हितोपदेश in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: हितोपदेश
Chapter: 25
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading हितोपदेश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading हितोपदेश Chapter 25 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is हितोपदेश Chapter 25?

हितोपदेश Chapter 25 is part of the Book of हितोपदेश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete हितोपदेश Chapter 25 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. आमोस Chapter 3
  5. हाग्गै Chapter 2
  6. हाग्गै Chapter 1
  7. सपन्याह Chapter 1

Explore More from हितोपदेश

  1. हितोपदेश Chapter 26
  2. हितोपदेश Chapter 8
  3. हितोपदेश Chapter 12
  4. हितोपदेश Chapter 17
  5. हितोपदेश Chapter 3
  6. हितोपदेश Chapter 7
  7. हितोपदेश Chapter 15

Related Chapters & Readings

  1. मत्ती Chapter 4
  2. 2 राजा Chapter 25
  3. व्यवस्था Chapter 16
  4. 2 पत्रुस Chapter 1
  5. 2 राजा Chapter 9
  6. यशैया Chapter 51
  7. 1 इतिहास Chapter 6
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *