Read प्रेरितहरूको काम Chapter 23 Online
Read प्रेरितहरूको काम Chapter 23 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रेरितहरूको काम and the Holy Bible online.
Choose a Chapter
प्रेरितहरूको काम 23
अध्याय 23
1. पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यु-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।”
2. हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई आदेश दिए जो पावलकै मुखमा हिर्काउन जो छेउमा उभिएका थिए।
3. पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।”
4. पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसंग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!”
5. पावलले भने, “दाज्यु-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’
6. सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महासभाप्रति चिच्याएँ, “मेरा दाज्यु-भाइहरू, म फरसीको फरसी छोरो हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठने छन्!”
7. जब पावलले त्यसो भने, त्यहाँ फारिसी र सदुकीहरू माझ गहन र्तक शुरु हुन थाल्यो। सभा दलमा विभाजन भयो।
8. सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्।
9. ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र र्तक गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौ। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसंग बोल्यो होला!”
10. र्तक लडाईमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।
11. अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो। “सहासी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”
12. अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे।
13. चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षडयन्त्रमा भाग लिए।
14. ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारूञ्जल सम्म न केही पिउँछौं न केही खानेछौं।
15. यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसंग तपाईंले धेरै प्रश्णहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी बाटोमा भई बस्नेछौं।”
16. तर पावलको भानिजले यो षडयन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए।
17. तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।”
18. यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”
19. सेनापतिले त्यस जावन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासंग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”
20. त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्।
21. तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सम्मतिको निम्ति र्पखिरहेका छन्।”
22. सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने भनेर नभन्नू।”
23. त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9बजे हिडन तयार हुनु पर्छ।
24. केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।”
25. सेनापतिले यस्तो एउटा चिट्ठी पनि उनलाई लेखे।
26. क्लौडियस लायसिअसबाट महामहिम राज्यपाल फेलिक्सलाईःनमस्कार।
27. यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसंग गएँ अनि उनलाई बचाएँ।
28. म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पु्याँए।
29. मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन।
30. मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसंग भएको दोष देखाउन पनि लगाएको छु।
31. सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे।
32. अर्को दिन घोडसवार पावलसंग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए।
33. घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपालकलाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।
34. राज्यपालकले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालकले पावल सिलिसियाका हुन भनेर जाने।
35. राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।
About प्रेरितहरूको काम Chapter 23
Read प्रेरितहरूको काम Chapter 23 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: प्रेरितहरूको काम
Chapter: 23
Testament: New Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading प्रेरितहरूको काम. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading प्रेरितहरूको काम Chapter 23 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is प्रेरितहरूको काम Chapter 23?
प्रेरितहरूको काम Chapter 23 is part of the Book of प्रेरितहरूको काम in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete प्रेरितहरूको काम Chapter 23 online for free with easy chapter navigation.
More Chapters from नयाँ करार
- प्रेरितहरूको काम Chapter 1
- प्रेरितहरूको काम Chapter 14
- प्रेरितहरूको काम Chapter 13
- प्रेरितहरूको काम Chapter 8
- प्रेरितहरूको काम Chapter 5
- प्रेरितहरूको काम Chapter 22
- प्रेरितहरूको काम Chapter 15
Explore More from प्रेरितहरूको काम
- प्रेरितहरूको काम Chapter 27
- प्रेरितहरूको काम Chapter 16
- प्रेरितहरूको काम Chapter 19
- प्रेरितहरूको काम Chapter 9
- प्रेरितहरूको काम Chapter 4
- प्रेरितहरूको काम Chapter 26
- प्रेरितहरूको काम Chapter 1