Read प्रस्थान Chapter 30 Online
Read प्रस्थान Chapter 30 online from the Holy Bible. This chapter is part of the Book of प्रस्थान in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रस्थान and the Holy Bible online.
Choose a Chapter
प्रस्थान 30
अध्याय 30
1. परमेश्वरले मोशालाई भन्नु भयो, “बबुल काठको वेदी बनाऊ। यो वेदी तिमीले धूप बाल्नको निम्ति प्रयोग गर्नेछौ।
2. तिमीले त्यो वेदी वर्गाकारमा बनाउनु पर्छ जसको लम्बाइ अनि चौडाइ एक हातको र उचाइँ दुइ हातको रहनेछ। त्यसवेदीको चार कुनामा सींङहरू हुनेछन्। यी सींङहरू वेदीसित एउटै काठले बनिएको जस्तो हुनुपर्छ।
3. वेदीमाथिका सबै किनारहरू अनि यसको सींङहरू सुनले मोहोर। वेदीको वरिपरि सुनको एउटा घेरा बनाऊ।
4. दुइवटा सुनको मुन्द्रीहरू बनाऊ प्रत्येकलाई वेदीको छेउमा घेरा मुनि जोडी छेऊ वेदी बोक्नको निम्ति यी मुन्द्रीहरूमा लौराहरू लगाइदेऊ।
5. लौराहरू बबुल काठको बनाऊ अनि तिनीहरूलाई सुनले मोहोर।
6. वेदीलाई पर्दाहरूअघि राख जसले करारको सन्दूकलाई ढाक्छ र त्यस ढकनीले सन्दूकलाई छोप्छ। त्यो ढकनी त्यही ठाउँ हो जहाँ म तिमीसित भेट गर्नेछु।
7. “प्रत्येक बिहान हारूनले वेदीमा सुगन्धित धूप जलाउन पर्छ। उसको यो कार्य बत्तीहरूको हेरचाह गर्न आउँदा गर्नेछन्।
8. साँझमा पनि जति बेला तिमी बत्तीको हेर्न चाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।
9. यस वेदीमा अरू कुनै प्रकारको धूप अथवा होमबलि अन्नबलि अथवा अर्घबलि प्रयोग गर्नु हुँदैन।
10. “वर्षमा एकपल्ट हारूनले परमप्रभुलाई एउटा विशेष बलि चढाउनेछ। हारूनले शुद्धिकरण बलिको त्यो रगत प्रयोग गरेर वेदीलाई प्रायश्चित गर्छन्। हारूनले वेदीको सींङहरूमा त्यो रगत चढाउनेछन। त्यो वस्तु परमप्रभुको निम्ति महा पवित्र हुनेछ।”
11. परमप्रभुले मोशालाई भन्नुभयो,
12. “इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ।
13. गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो।
14. गन्ती गरिएकोहरूमा प्रत्येक बीस वर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ।
15. बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो।
16. उद्धारको पैसा भेट हुने पालको सेवामा प्रयोग गर। यो बलिदानले इस्राएलीहरूलाई सम्झना गराउँछ तिनीहरूका जीवनको निम्ति मोल तिरिएको छ।”
17. परमप्रभुले मोशालाई भन्नु भयो,
18. “काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर।
19. हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ।
20. जब हारून अनि उसका छोराहरू भेट हुने पालभित्र पस्छन् अथवा वेदीको छेउमा आएर परमप्रभुलाई आगोद्वारा बलिदानहरू चढाउँछन्।
21. यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हारून र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलिरहनेछ।”
22. त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो,
23. “राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ,
24. अनि 500 शेकेल तेजपात ल्याऊ। एक टीन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर।
25. “यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ।
26. यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क।
27. अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि।
28. होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल।
29. यी सबै चीजहरू महा पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ।
30. “हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्।
31. इस्राएलीहरूलाई भन, तिमीहरूका संन्तानहरू रहुञ्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ।
32. यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधरण प्रकारले नदल। अरू कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ।
33. यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।”
34. त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ।
35. सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शुद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ।
36. केही धूपहरू पिंदेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उद्धेश्यमा प्रयोग गर्नु पर्छ।
37. यस प्रकारले बनाएको धूपलाई केही उद्धेश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ।
38. कोही मानिसहरूले आफ्नो निम्ति यस प्रकारको विशेष धूप बनाउन खोज्ला र उसले त्यसको सुगन्ध लिन सक्ला, तर यदि कुनै मानिसले त्यसो गरे उसलाई उसको आफन्तहरूबाट छुट्टयाउनै पर्छ।”
About प्रस्थान Chapter 30
Read प्रस्थान Chapter 30 online from the Holy Bible. This chapter is part of the Book of प्रस्थान in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: प्रस्थान
Chapter: 30
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading प्रस्थान. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading प्रस्थान Chapter 30 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is प्रस्थान Chapter 30?
प्रस्थान Chapter 30 is part of the Book of प्रस्थान in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete प्रस्थान Chapter 30 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
Explore More from प्रस्थान
- प्रस्थान Chapter 8
- प्रस्थान Chapter 17
- प्रस्थान Chapter 25
- प्रस्थान Chapter 35
- प्रस्थान Chapter 5
- प्रस्थान Chapter 29
- प्रस्थान Chapter 13