प्रस्थान Chapter 20

For English

Read प्रस्थान Chapter 20 Online

Read प्रस्थान Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of प्रस्थान in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रस्थान and the Holy Bible online.

Choose a Chapter

प्रस्थान 20

अध्याय 20

1. तब परमप्रभुले भन्नुभयो,

2. “म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।

3. “तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।

4. “तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।

5. कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।

6. तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।

7. “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।

8. “विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैं ध्यानमा राख।

9. हप्तामा छ दिन आफ्नो काम गर।

10. “तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन।

11. किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।

12. तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।

13. “तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।

14. “तिमीले व्यभिचार गर्नु हुँदैन।

15. “तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।

16. “तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।

17. “तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन”मानिसहरू परमेश्वरसित डराउँछन्

18. यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे।

19. तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

20. तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”

21. जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए।

22. तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे।

23. यसकारण म संग-संगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।

24. मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशिर्वाद दिन्छु।

25. यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ।

26. वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता देखिनेछन।”तिमीहरूको शरीर लुगाभित्र तलबाट देखिनेछ।”

About प्रस्थान Chapter 20

Read प्रस्थान Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of प्रस्थान in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रस्थान
Chapter: 20
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रस्थान. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रस्थान Chapter 20 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रस्थान Chapter 20?

प्रस्थान Chapter 20 is part of the Book of प्रस्थान in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रस्थान Chapter 20 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. हाग्गै Chapter 2
  4. सपन्याह Chapter 2
  5. सपन्याह Chapter 1
  6. आमोस Chapter 3
  7. हाग्गै Chapter 1

Explore More from प्रस्थान

  1. प्रस्थान Chapter 8
  2. प्रस्थान Chapter 39
  3. प्रस्थान Chapter 22
  4. प्रस्थान Chapter 37
  5. प्रस्थान Chapter 2
  6. प्रस्थान Chapter 19
  7. प्रस्थान Chapter 31

Related Chapters & Readings

  1. जकरिया Chapter 4
  2. 2 शमूएल Chapter 1
  3. भजनसंग्रह Chapter 45
  4. इजकिएल Chapter 27
  5. लेवी Chapter 21
  6. 1 इतिहास Chapter 3
  7. इजकिएल Chapter 8
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *