Read प्रस्थान Chapter 24 Online
Read प्रस्थान Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of प्रस्थान in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रस्थान and the Holy Bible online.
Choose a Chapter
प्रस्थान 24
अध्याय 24
1. परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ।
2. तब मोशा परमप्रभु सामुन्ने आफैं आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”
3. मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”
4. अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे।
5. तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।
6. मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।
7. मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
8. तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”
9. तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे।
10. इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।
11. इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले संगै खाए अनि पिए।
12. परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”
13. यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे।
14. मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हारून र हूर कहाँ लानु पर्छ।”
15. तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो।
16. परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो।
17. परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।
18. तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।
About प्रस्थान Chapter 24
Read प्रस्थान Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of प्रस्थान in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: प्रस्थान
Chapter: 24
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading प्रस्थान. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading प्रस्थान Chapter 24 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is प्रस्थान Chapter 24?
प्रस्थान Chapter 24 is part of the Book of प्रस्थान in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete प्रस्थान Chapter 24 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from प्रस्थान
- प्रस्थान Chapter 38
- प्रस्थान Chapter 31
- प्रस्थान Chapter 28
- प्रस्थान Chapter 37
- प्रस्थान Chapter 20
- प्रस्थान Chapter 25
- प्रस्थान Chapter 26