दानियल Chapter 6

For English

Read दानियल Chapter 6 Online

Read दानियल Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of दानियल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of दानियल and the Holy Bible online.

Choose a Chapter

दानियल 6

अध्याय 6

1. सम्पूर्ण उसका राज्यहरूमा शासन गर्न दारालाई 120 जना प्रान्तिय बडा हाकिमहरू नियुक्त गर्न असल लाग्यो।

2. उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए।

3. चाँडै दानियलले आफूलाई राम्रो चरित्र अनि धेरै योग्यता भएको देखाए। यसकारण, राजाले उनलाई सारा राज्यमा शासक बनाए।

4. तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईष्या गर्न र उनीहरूले दानियलसँग निँहू खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए।

5. यसैले ती मानिसहरूले भने, “अहिले सम्म हामीले दानियलको कुनै दोष भेट्टाउन सकेनौ, यसैले दोष देखाउनको निम्ति यस्तो कुरा खोज्नु पर्छ जुन परमेश्वरको नियमसँग सम्बन्धित होस्।”

6. त्यसपछि ती मंत्रिहरू र सल्लाकारहरू अनि प्रांन्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहुन।”

7. राज्यको हामी सबै मंत्रि, शासक, प्रान्तीय बडा हाकिम, भारादार र प्रदेशपालहरू सल्लाह गरेर सहमत भएकाछौं कि राजाले एउटा यस्तो विशेष नियम कायम राख्नुहोस्, अनि प्रत्येक मानिसले त्यो नियम पालन गर्नुपर्ने होस्, यस्तो नियम होस् कुनै पनि मानिसले तपाईंलाई छोडेर अर्को कुनै मानिस अथवा देवताको पूजा तीस दिन सम्म गर्यो भने, त्यसलाई सिंहको खोरमा हालेर मारियोस्।

8. अब हे राजा! लिखित रूपमा नियम बनाएर हस्ताक्षर गरिदिनु होस्। त्यो बदली हुन नपाओस्, किनकि मादी र फारसिहरूको नियम न त बद्ली हुन्छ न त मेट्टिन्छ।”

9. यसैले राजा दाराले यो नियम बनाएर हस्ताक्षर गरे।

10. दानियलले प्रत्येक दिन तीन पल्ट परमेश्वरलाई प्रार्थना गर्थे, प्रत्येक दिन तीन पल्ट दानियल घुँडा टेकेर परमेश्वरको प्रार्थना अनि प्रशंसा गर्थो जब दानियलले यो नयाँ नियमको विषयमा सुने ऊ उसको घरमा गए। दानियल उसको घरको छतमाथि गए। दानियल झ्यालतिर गए त्यो यरूशलेमपट्टि खोलिएको थियो। तब दानियलले सधैं जस्तै उनको घुँडा टेकेर प्रार्थना गरे।

11. उनका दुश्मनहरूले दानियललाई पक्रने मौका हेरिरहेका थिए र दानियललाई परमेश्वरको प्रार्थना गर्दै गरेको भेट्टाए।

12. त्यसपछि उनीहरू राजा भएकहाँ आएर उनलाई त्यो नियमको विषयमा सम्झना गराए। “हे राजा! तपाईंले यस्तो कानून बनाउँनु भएको होइन कि तीस दिनभित्र तपाईंलाई बाहेक कसैले अरू कुनै देवता वा मानिसलाई बिन्ति प्रार्थना गर्यो भने त्यसलाई सिंहको खोरमा हालिने छ?”राजाले जवाफ दिए, “हो यो निश्चय गरिएको हो। मादि र फारसीहरूको कानून स्थायी हुन्छ।”

13. यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।”

14. जब राजाले यो खबर सुने तिनी अत्यन्तै दुखी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुञ्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे।

15. तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।”

16. तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैं आराधना गर्छौ, तिमीलाई बचाउन।”

17. त्यसपछि तिनीहरूले एउटा ठुलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउँन नसकोस्।

18. तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्।

19. बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए।

20. राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?”

21. दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्।

22. मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।”

23. त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।

24. त्यसपछि राजाले तिनीहरूलाई हुकुम दिनु भयो जसले दानियललाई दोष दिएका थिए अनि सिंहको खोरमा हाल्न लगाए। तिनीहरूका पत्नी र छोरा-छोरीहरू समेत सिंहको खोरमा हालिए। तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले झम्टेर तिनीहरूका हड्डी समेत कर्याक कुरूक पारेर खाइहाले।

25. त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखेतिमीहरूलाई शान्ति होस्।

26. म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसले दानियलका परमेश्वरको डर मानुन र आदर गरून्। दानियलका परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ, उहाँ सदा-सर्वदा जीउनु हुन्छ अनि उहाँको राज्य कहिलै अन्त हुनेछैन।

27. परमेश्वर रक्षक र उद्धारकर्ता हुनुहुन्छ, स्वर्ग अनि पृथ्वीमाथि परमेश्वरले आश्चर्यपूर्ण काम गर्नुहुन्छ। अनि उहाँ मात्र एक शक्तिशाली हुनुहुन्छ जसले दानियललाई सिंहको मुखबाट बचाउँनु भयो।”

28. यस प्रकारले दाराले राज्यमा शासन गरूञ्जेल अनि फारसमा राजा कोरेसको राज्य रहुञ्जेल यिनै दानियलको उन्नति भइरह्यो।

About दानियल Chapter 6

Read दानियल Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of दानियल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: दानियल
Chapter: 6
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading दानियल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading दानियल Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is दानियल Chapter 6?

दानियल Chapter 6 is part of the Book of दानियल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete दानियल Chapter 6 online for free with easy chapter navigation.

More Chapters from दानियल

  1. दानियल Chapter 10
  2. दानियल Chapter 3
  3. दानियल Chapter 9
  4. दानियल Chapter 8
  5. दानियल Chapter 7
  6. दानियल Chapter 2
  7. दानियल Chapter 12

Explore More from पुरानो करार

  1. अय्यूब Chapter 23
  2. यशैया Chapter 63
  3. यर्मिया Chapter 10
  4. 1 राजा Chapter 3
  5. उत्पत्ति Chapter 39
  6. उत्पत्ति Chapter 27
  7. इजकिएल Chapter 47

Related Chapters & Readings

  1. प्रेरितहरूको काम Chapter 16
  2. 2 शमूएल Chapter 17
  3. 1 तिमोथी Chapter 4
  4. प्रस्थान Chapter 36
  5. उत्पत्ति Chapter 28
  6. दानियल Chapter 11
  7. भजनसंग्रह Chapter 92
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *