Read दानियल Chapter 4 Online
Read दानियल Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of दानियल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of दानियल and the Holy Bible online.
Choose a Chapter
दानियल 4
अध्याय 4
1. सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेस्सरबाट तिमीहरूको भलो होस्। भनि पठाए।
2. सर्वोच्च परमेश्वरले मेरो निम्ति गर्नु भएको अद्भूत अनि छक्क-पर्दो चीजहरूको विषयमा तिमीलाई भन्न म अति खुशी छु।
3. उहाँका चिन्हहरू महान छ। उहाँका आश्चर्यपूर्ण कर्महरू शक्तिशाली छन्। उहाँको राज्य सदा-सर्वदा रहिरहने छ। राज्यमा उहाँको प्रभुत्व पुस्तौं पुस्तासम्म रहिरहन्छ।
4. म, नबूकदनेस्सर आफ्नो महलमा खुशी र सफल थिएँ।
5. मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो।
6. यसकारण मैले बाबेलका सबै ज्ञानी पुरूषहरूलाई सपनाको अर्थ खोलि दिनलाई मकहाँ आउन भनी हुकुम गरें।
7. जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउँन सकेनन्।
8. तब अन्तमा दानियल मेरो अघि आए। मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखें। उसित देवताहरूको आत्मा थियो। यसकारण मैले आफ्नो सपना उसलाई बताएँ।
9. “बेलतसजर (दानियल) तिमी सबै तांत्रिकहरूमा सर्वश्रेष्ठ हौ, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अफ्ठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखें।
10. म ओछ्यानमा सुतिरहेको थिएँ। त्यति बेला मैले एउटा दिव्य दर्शनमा, अचानक, मेरो छेउमा पृथ्वीको बीचमा एउटा अग्लो रूख देखें, त्यो बृक्ष एकदमै अग्लो देखें।
11. यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अग्लाईले आकाश छुन आँटेको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो।
12. यसका पातहरू सुन्दर थिए। यसको फलहरू प्रशस्तै थिए र यो फलले सबैलाई खान पुग्थ्यो। जङ्गली पशुहरू त्यो रूखको छहारीमुनि बस्थे। यसका हाँगामा चराहरूले गुँड बनाउँथे, अनि सबै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।
13. “ओछ्यानमा सुतिरहेको बेलामा मैले त्यो दर्शन हेरिरहेको थिएँ, त्यसै बेला स्वर्गबाट एउटा पवित्र दूत तल आउँदै गरेको मैले देखें।
14. उसले ठूलो स्वरमा कराएर भन्यो, ‘रूखलाई काट! त्यसको हाँगाहरू काट। पातहरू झारिदेऊ। यसको फलहरू चारैतिर छरपस्ट पारिदेऊ। जङ्गली पशुहरू त्यसको छहारी मुनिबाट अनि चराहरू त्यसको हाँगाबाट भागोस्।
15. तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र र्खकमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्।
16. त्यस मानिसको मन बदलिएर पशुहरूको जस्तै होस्। सात काल त्यसमाथि त्यस्तैं बितोस्।’
17. “एकजना पवित्र स्वर्गदूतले यो दण्डको घोषणा गरे। पृथ्वीको सबै मानिसहरूलाई थाहा होस् कि, मानिसहरूको राज्यहरूमाथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ। परमेश्वरले जसलाई चाहनु हुन्छ यी राज्यहरू उसलाई दिनुहुन्छ अनि परमेश्वरले ती राज्यहरू माथि शासन गर्नको निम्ति विनम्र मानिसलाई छान्नु हुन्छ।
18. “नबूकदनेस्सरले भने, मैले देखेको सपना यही हो। म राजा नबूकदनेस्सरले अब तिमी बेलतसजरले (दानियल), सपनाको अर्थ भन कारण मेरो राज्यको कुनै पनि बुद्धिमानी मानिसले यो सपनाको अर्थ व्याख्या गर्न सक्ने छैन। तर बेलतसजर (दानियल) तिमीले यो सपनाको अर्थ व्याख्या गर्न सक्छौ कारण तिमीमा देवताहरूको आत्मा रहेकोछ।”
19. त्यसपछि दानियल केही समय सम्म चुपचाप बसे। उसले केही कुरा सोची रहेको थिए, त्यसले उसलाई व्याकुल बनाइरहेको थियो। तब राजाले भने, “बेलतसजर (दानियल), तिमी त्यो सपना अथवा त्यो सपनाको अर्थदेखि भयभीत नहोऊ।”यसमा बेलतसजरले (दानियल) उत्तर दिए, “मेरा स्वामी, खाश यो सपना तपाईंका शत्रुहरूमाथि आवोस् अनि यसको अर्थ जो तपाईंको विरोधी छन् उनीहरूले प्राप्त गरून्।
20. जुन रूख तपाईंले देख्नुभयो त्यो रूख ठूलो अनि शक्तिशाली भयो। रूखको टुप्पो आकाश सम्मै पुग्यो। त्यो रूख पृथ्वीको प्रत्येक कुनाबाट देखिन्थ्यो।
21. त्यसका पातहरू सुन्दर थिए, त्यसमा फल प्रशस्तै थियो, त्यसको हाँगामा फलेको फलले सबैका लागि खान पुग्थ्यो अनि त्यसको छहारी मुनि सबै जङ्गली पशुहरू बस्थे। अनि त्यसको हाँगामा चराले गुँड बनाएको थियो।
22. “हे राजा त्यो रूख तपाईं नै हो। तपाईं बढेर शक्तिशाली हुनु भयो। तपाईंको धन सम्पत्ति बढ्यो। तपाईंको शक्ति बढेर स्वर्ग सम्म पुग्यो। तपाईंको प्रभुत्व बढेर पृथ्वीको पल्लो छेउ सम्म छ।
23. “अब तपाईंले एकजना पवित्र स्वर्गबाट स्वर्गदूत तल झर्दै गरेको देख्नु भयो? त्यसले भन्यो, ‘त्यस रूखलाई काटेर नष्ट गरिदेऊ, तर त्यसको ठुटा जरासँगै भूइँमानै छोडिदेऊ जुन तिमीले भूइँमा छोडेको थियौ त्यसलाई फलाम र काँसाको साङ्गलोले बाँध अनि खेतमा घाँसहरूको बीच छोडिदेऊ। आकाशको शीतले भिजोस र त्यसको भाग जङ्गलको पशुहरूसँग होस्। यो हालतमा सात साल बित्नेछ।’
24. “राजा, तपाईंको सपनाको व्याख्या यही हो। सर्वोच्च परमेश्वरले मेरो स्वामी राजा प्रति यी घटनाहरू घट्ने आदेश दिनुहुन्छ।
25. राजा नबूकदनेस्सरले तपाईंलाई तपाईंको मानिसहरूबाट जबर्जस्ती टाडो पठाउनेछ, तपाईं जङ्गली जनावरहरूको बीचमा बस्नु हुनेछ। तपाईंले गाई गोरूले जस्तो घाँस खानु हुनेछ अनि तपाईं शीतले भिज्नु पर्नेछ। सात वर्ष सम्म यही प्रतिक्रिया दोहोरिनेछ। जब सम्म तपाईंले यो कुरा बुझ्नुहुने छैन, कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि सर्वधिकार गर्नुहुन्छ उहाँले जसलाई इच्छा गर्नु हुन्छ उसैलाई नै राज्य दिनुहुन्छ।
26. “जरा सहित ठुटोलाई भूइँमा छोडिदिने आज्ञा यो हो तपाईंको राज्य तपाईंलाई फेरि फिर्ता दिनुहुनेछ। यो तब हुनेछ जब त्यो सर्वोच्च परमेश्वरले तपाईंको राज्यमा शासन गर्नुहुन्छ भन्ने तपाईंले जान्नु हुन्छ।
27. यसकारण, राजा, दया गरेर मेरो सल्लाह स्वीकार्नु होस् आफ्नो पाप त्यागेर धर्म पट्टि लाग्नुहोस्, अत्यचारमा परेकाहरूलाई दया देखाएर गरीब मानिस प्रतिको अधर्म त्याग्नु होस्, त्यसो गर्नाले लामो समय सम्म सफल र शान्ति प्रिय हुनुहुनेछ।”
28. यो सबै सत्य घटना राजा नबूकदनेस्सरमाथि घट्यो।
29. बाह्र महिना पछि राजा आफ्नो महलको कौसीमा घुमिरहेका थिए।
30. जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”
31. राजाको मुखबाट यो कुरा निस्की नसक्दै स्वर्गबाट यसो भन्ने आवाज आयो, “यो घटनाहरू तपाईंमाथि घट्नेछ, राजा नबूकदनेस्सर तपाईंको राज्य तपाईंबाट खोसिनेछ।
32. तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात वर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”
33. फेरि तुरून्तै यो घटना घट्यो, नबूकदनेस्सर मानिसहरूबाट निकालिए, उनले गाईले जस्तो घाँस खान थाले र उनको शरीर आकाशको शीतले भिज्यो, उनको कपाल लामो, गीद्धको प्वाख जस्तो भयो अनि उनको नङ्गहरू चीलका नङ्गा जस्तै लामा लामा भए।
34. तब त्यो अन्तको समयमा म नबूकदनेस्सरले आँखा उठाएर स्वर्गतिर हेरें, अनि मैले सही तरिकाले सोच्न थालेको थिए मैले सम्मान र महिमा दिएँ जो सदा-सर्वदा जीवित हुनुहुन्छ।परमेश्वरले सदा सर्वदा शासन गर्नुहुन्छ। उहाँको राज्य पुस्तैं पुस्ता सम्म चलिरहन्छ।
35. यो पृथ्वीका मानिसहरू साँच्चै ठूला छैनन् परमेश्वरले मानिसहरूसँग जे चाहनुहुन्छ त्यति गर्नुहुन्छ स्वर्गको शक्ति भन्दा ठूला कोही पनि छैन उहाँले भन्नुहुन्छ, स्वर्गको शक्तिलाई कसैले पनि रोक्न सक्तैन उहाँको सशक्त हातले जे गर्छ यसमाथि कुनै प्रश्न नै उठ्दैन्।
36. त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ।
37. त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सँधै न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहँकारीहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।
About दानियल Chapter 4
Read दानियल Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of दानियल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: दानियल
Chapter: 4
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading दानियल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading दानियल Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is दानियल Chapter 4?
दानियल Chapter 4 is part of the Book of दानियल in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete दानियल Chapter 4 online for free with easy chapter navigation.
More Chapters from दानियल
- दानियल Chapter 10
- दानियल Chapter 6
- दानियल Chapter 3
- दानियल Chapter 7
- दानियल Chapter 12
- दानियल Chapter 9
- दानियल Chapter 8
Explore More from पुरानो करार
- उत्पत्ति Chapter 49
- भजनसंग्रह Chapter 143
- 1 शमूएल Chapter 5
- अय्यूब Chapter 18
- यर्मिया Chapter 50
- भजनसंग्रह Chapter 10
- इजकिएल Chapter 9