2 कोरिन्थी Chapter 11

For English

Read 2 कोरिन्थी Chapter 11 Online

Read 2 कोरिन्थी Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of 2 कोरिन्थी in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 कोरिन्थी and the Holy Bible online.

Choose a Chapter

2 कोरिन्थी 11

अध्याय 11

1. जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ।

2. मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु।

3. तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो।

4. यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।

5. तर म विश्वास र्गदिन कि ती “महान प्रेरितहरू” म भन्दा राम्रा हुन्।

6. साँचो हो म सिपालु वक्ता होइन। तर मेरोमा ज्ञान छ। यो हामीले तिमीहरूलाई हरतरहले स्पष्ट गरिदिएकाछौं।

7. सित्तैमा तिमीहरूलाई मैले परमेश्वको सुसमाचार सुनाएँ। तिमीहरूलाई माथि उठाउनु मैले आफूलाई तल झारें। त्यो भूल भयो र?

8. मैले अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएँ। तिमीहरूको सेवा गर्न सकुँ भनेर मैले तिनीहरूबाट पैसा लिएँ।

9. जब म तिमीहरूसित थिएँ त्यसबेला पनि खाँचो पर्दा मैले तिमीहरू कसैलाई दुःख दिइनँ। मलाई चाहिने जति सबै म्यासिडोनियाबाट आउने भाइहरूबाट नै मैले लिए। तिमीहरूमाथि मैले आफूलाई कुनै किसिमको भार हुन मन पराइन। अनि कहिल्यै भार बन्ने छैन पनि।

10. यस विषयमा गर्व गर्नु मलाई अखैयामा कसैले रोकने छैन। ममा भएका ख्रीष्टको सत्यतासित म यो भन्नसक्छु।

11. अनि किन म भार थिइन? मैले तिमीहरूलाई प्रेम गरेको छैन भनेर? होइन। परमेश्वर जान्नु हुन्छ म तिमीहरूलाई प्रेम गर्छु।

12. अहिले मैले जे गरिरहेछु त्यो म गरिनैरहने छु। म त्यसो गरिरहनेछु किनभने म आशा गर्छु ती घमण्ड गर्न मौका खोज्ने मानिसहरूलाई वाधा दिन्छु। तिनीहरू जुन कार्यको निम्ति घमण्ड गर्छन् त्यो हामीले गरेको कार्यको बराबरी हो भन्ने देखाउन तिनीहरू इच्छा गर्छन्।

13. तिनीहरू झूटा प्रेरितहरू हुन्। तिनीहरू धोकावाजहरू हुन्। मानिसहरूलाई छक्कायाउन ख्रीष्टका प्रेरितहरूको भेस लगाएर हिडनेहरू मात्र हुन्।

14. त्यसमा कुनै अचम्म छैन। किन? शैतानले पनि मानिसलाई छक्कयाउन आफूलाई ज्योतिर्मय-दूतको रूप लिन्छ।

15. यसर्थ यदि शैतानका सेवकहरू धार्मिक मानिसहरूको भेषमा आउँछन् भने हामीले अचम्म मान्ने कुरो छैन। तर अन्तमा, ती मानिसहरूले आफ्नो भूल कर्मको निम्ति दण्ड पाउनेछन्।

16. म फेरि भन्दैछु। मलाई कसैले मूर्ख सम्झनु पर्दैन। तर यदि मलाई मूर्ख नै संझन्छौ भने एउटा मूर्खालाई जसरी व्यवहार गर्छौ मसँग पनि त्यसरी नै व्यवहार गर। तब मेरोमा पनि गर्व गर्नु केही रहनेछ।

17. म गर्व गर्छु किन कि म आफूमा विश्वस्त छु। तर मैले यो प्रभुले बोल्नु भए जस्तो बोलेको होइन। मैले एउटा मूर्खले जस्तो गर्व गर्दैछु।

18. धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु।

19. तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ।

20. यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि आफै घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ।

21. तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं।तर यदि कसैले गर्व गर्ने सहसा गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु।

22. के तिनीहरू हिब्रु हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हूँ।

23. तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै झण्डै मरेको हुँ।

24. मैले पाँच पल्ट यहूदीहरूबाट उन्चालिस कोर्रा खाएको छु।

25. तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।

26. मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ।

27. मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो।

28. अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यो। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु।

29. कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो।

30. यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्।

31. परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ।

32. जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे।

33. तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें।

About 2 कोरिन्थी Chapter 11

Read 2 कोरिन्थी Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of 2 कोरिन्थी in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 कोरिन्थी
Chapter: 11
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 कोरिन्थी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 कोरिन्थी Chapter 11 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 कोरिन्थी Chapter 11?

2 कोरिन्थी Chapter 11 is part of the Book of 2 कोरिन्थी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 कोरिन्थी Chapter 11 online for free with easy chapter navigation.

More Chapters from 2 कोरिन्थी

  1. 2 कोरिन्थी Chapter 10
  2. 2 कोरिन्थी Chapter 2
  3. 2 कोरिन्थी Chapter 4
  4. 2 कोरिन्थी Chapter 3
  5. 2 कोरिन्थी Chapter 1
  6. 2 कोरिन्थी Chapter 13
  7. 2 कोरिन्थी Chapter 9

Explore More from नयाँ करार

  1. रोमीहरू Chapter 6
  2. प्रकाश Chapter 6
  3. 2 पत्रुस Chapter 1
  4. 1 तिमोथी Chapter 1
  5. 1 कोरिन्थी Chapter 13
  6. लूका Chapter 19
  7. मर्कूस Chapter 8

Related Chapters & Readings

  1. इजकिएल Chapter 38
  2. भजनसंग्रह Chapter 20
  3. लेवी Chapter 13
  4. यूहन्ना Chapter 14
  5. अय्यूब Chapter 12
  6. अय्यूब Chapter 4
  7. मर्कूस Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *