2 पत्रुस Chapter 1

For English

Read 2 पत्रुस Chapter 1 Online

Read 2 पत्रुस Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of 2 पत्रुस in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 पत्रुस and the Holy Bible online.

Choose a Chapter

2 पत्रुस 1

अध्याय 1

1. येशू ख्रीष्टको प्रेरित औ सेवक शिमोन पत्रुसद्वारा अभिवादन।तिमी सबै मानिसहरुप्रति, जसको विश्वास छ, जो हाम्रो जस्तो मूल्यवान् छ। तिमीहरुले त्यो विश्वास प्राप्त गरेका छौ किनभने हाम्रा परमेश्वर अनि उद्धारकर्ता येशू ख्रीष्ट न्यायपूर्ण हुनुहुन्छ। उहाँ जे उचित छ त्यही गर्नुहुन्छ।

2. तिमीहरुलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरुले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरुले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ।

3. येशूसित परमेश्वरको शक्ति छ। उहाँको शक्तिले हामीलाई जीउनु अनि परमेश्वरको सेवा गर्नु चाहिएको हरेक चीज प्रदान गेरको छ। हामीसित यी कुराहरु छन्, किनभने हामी उनलाई जान्दछौ। येशूले उहाँको महिमा अनि भलोपनद्वारा हामीलाई आह्वान गर्नुभयो।

4. यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरु दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरु इश्वरीय स्वभावका सहभागी होओ।

5. यसकारण यी कुराहरु तिमीहरुको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरुको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप।

6. अनि तिम्रो बुद्धिमा आत्मा नियन्त्रण थप, अनि तिम्रो आत्मा नियन्त्रणमा धैर्य थप, अनि तिम्रो धैर्यमा परमेश्वरको सेवा थप।

7. अनि तिम्रो परमेश्वर प्रतिको सेवामा तिम्रा भाइ-बहिनीहरु प्रति स्नेह थप, अनि आफ्ना भाइ-बहिनीहरु प्रतिको स्नेहमा प्रेम थप।

8. यदि यी जन्मै कुराहरु तिमीहरुमा छन् अनि तिनीहरु वृद्धि हुँदैछन् भने यी कुराहरुले तिमीहरुलाई निकम्मा नबनिनुमा मदत दिनेछन्। यी कुराहरुले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा पूर्ण ज्ञान लिनु सबैले सहयोग पुर्याउनेछ।

9. तर यदि कुनै व्यक्तिसित यी कुराहरु छैन भने उसले स्पष्ट देख्न सपर्थ पुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरुबाट स्वच्छ तुल्याइएको छ।

10. मेरा भाइ-बहिनीहरु, परमेश्वरले तिमीहरुलाई बोलाउनु भएको छ अनि उनको मानिस बनिनु चुनेकाछन्। तिमीहरु बोलाइएका हौ औ आफ्नो मानिसहरु बनाउनु चुनिएका हौ भन्ने प्रमाण गर्नु भरमग्दुर चेष्टा गर्नु पर्छ। यदि तिमीहरुले ती सबै कुराहरु मान्‌यौ भने तिमीहरु कहिल्यै ढल्ने छैनौ।

11. अनि तिमीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टको राज्यमा विशाल स्वागत गरिनेछ। त्यो राज्य सदा सर्वदा चलिरहन्छ।

12. तिमीहरु या कुराहरु जान्दछौ। तिमीहरुसित भएका सत्यताको विषयमा तिमीहरु दृढ छौ। तर तिमीहरुलाई यी कुराहरु सम्झना गराउन म सदैव सहायता गर्नेछु।

13. म सम्झन्छु यो पृथ्वीमा जबसम्म बाँच्छु, तिमीहरुलाई यी कुराहरु सम्झाउन उचित सम्झन्छु।

14. म जान्दछु मैले यो शरीर चाँडै त्याग गर्नुपर्छ। हाम्रा प्रभु येशू ख्रीष्टले त्यो मलाई दर्शाउनु भएको छ।

15. म जति सक्छु तिमीहरुलाई सदैव यी कुराहरु स्मरण गराउने कोशिश गर्नेछु। म इच्छा गर्छु कि मेरो मृत्यु पछि पनि यी कुराहरु सम्झन तिमीहरु समर्थ बनी रहौ।

16. हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।

17. येशूले माहनतम महिमाको आवाज सुन्नु भयो। त्यो त्यस समयको कुरा हो जब येशूले पिता परमेश्वरबाट सम्मान अनि महिमा पाउनु भयो। त्यो आवाजले भन्यो, “यो मेरो प्रिय छोरो हो, अनि म यसलाई प्रेम गर्छु। म उसित अत्यन्त खुशी छु।”

18. अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो।

19. यसले हामीलाई अगमवक्ताहरुले भनेका कुराहरुमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरुको भनाई अनुसरण गरेर तिमीहरुले राम्रो गर्नेछौ। उनीहरुको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरुको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ।

20. तिमीहरुले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणीकुनै अगमवक्तको व्याख्याबाट आएको होइन।

21. किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरुलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरु भने।

About 2 पत्रुस Chapter 1

Read 2 पत्रुस Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of 2 पत्रुस in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 पत्रुस
Chapter: 1
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 पत्रुस. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 पत्रुस Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 पत्रुस Chapter 1?

2 पत्रुस Chapter 1 is part of the Book of 2 पत्रुस in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 पत्रुस Chapter 1 online for free with easy chapter navigation.

More Chapters from 2 पत्रुस

  1. 2 पत्रुस Chapter 3
  2. 2 पत्रुस Chapter 2

Explore More from नयाँ करार

  1. 2 कोरिन्थी Chapter 3
  2. रोमीहरू Chapter 2
  3. यूहन्ना Chapter 2
  4. मर्कूस Chapter 1
  5. मत्ती Chapter 28
  6. प्रकाश Chapter 4
  7. रोमीहरू Chapter 1

Related Chapters & Readings

  1. फिलिप्पी Chapter 1
  2. मत्ती Chapter 11
  3. 2 राजा Chapter 16
  4. 2 इतिहास Chapter 16
  5. यहोशू Chapter 20
  6. गन्ती Chapter 13
  7. भजनसंग्रह Chapter 83
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *