Read 1 यूहन्ना Chapter 4 Online
Read 1 यूहन्ना Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of 1 यूहन्ना in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 यूहन्ना and the Holy Bible online.
Choose a Chapter
1 यूहन्ना 4
अध्याय 4
1. मेरा प्रिय मित्रहरु, अनेक झूटा अगमवक्ताहरु अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरुलाई जाँच्ने गर कि तिनीहरु परमेश्वरबाट आएका हुन् वा होइनन्।
2. परमेश्वरको आत्मा तिमीहरु कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरुले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो उ परमेश्वरबाट हो।”
3. अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरुले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।
4. मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।
5. अनि ती झूटो शिक्षकहरु संसारका हुन्। यसैले तिनीहरुको शिक्षा पनि संसारकै हो। अनि तिनीहरु जे भन्छन् संसारले सुन्छ।
6. तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।
7. प्रिय मित्रहरु, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ।
8. मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ।
9. यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं।
10. सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरु मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।
11. प्रिय मित्रहरु, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ।
12. कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गरयौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।
13. हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ।
14. हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरुमा गवाही दिन्छौ।
15. यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ।
16. अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं। परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ उ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ।
17. यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ।
18. जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।
19. हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो।
20. यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरुलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ?
21. अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
About 1 यूहन्ना Chapter 4
Read 1 यूहन्ना Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of 1 यूहन्ना in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 1 यूहन्ना
Chapter: 4
Testament: New Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 1 यूहन्ना. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 1 यूहन्ना Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 1 यूहन्ना Chapter 4?
1 यूहन्ना Chapter 4 is part of the Book of 1 यूहन्ना in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 1 यूहन्ना Chapter 4 online for free with easy chapter navigation.
More Chapters from 1 यूहन्ना
- 1 यूहन्ना Chapter 1
- 1 यूहन्ना Chapter 5
- 1 यूहन्ना Chapter 3
- 1 यूहन्ना Chapter 2
- 1 यूहन्ना Chapter 5
- 1 यूहन्ना Chapter 3
- 1 यूहन्ना Chapter 2
Explore More from नयाँ करार
- मत्ती Chapter 16
- रोमीहरू Chapter 15
- प्रकाश Chapter 10
- 2 कोरिन्थी Chapter 13
- 1 यूहन्ना Chapter 5
- एफिसी Chapter 6
- 1 कोरिन्थी Chapter 4