मत्ती Chapter 16

For English

Read मत्ती Chapter 16 Online

Read मत्ती Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of मत्ती in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of मत्ती and the Holy Bible online.

Choose a Chapter

मत्ती 16

अध्याय 16

1. फरिसीहरू र सदुकीहरू येशूकहाँ आए। तिनीहरू येशूको परीक्षा लिन चाहन्थे। अनि तिनीहरूले येशूलाई परमेश्वरबाट आएको हो भन्ने प्रमाणको निम्ति चमत्कार देखाउन विन्ती गरे।

2. येशूले भन्नुभयो, “जब तिमीहरूले सूर्यास्त भएको देख्छौ, तिमीहरू भन्छौ, आकाश रातो छ, मौसम राम्रो हुनेछ।’

3. अनि बिहान तिमीहरू भन्छौ। आकाश अन्धकार र रातो छ, यसकारण आज आँधी चल्ने छ। यी मौसमका संकेतहरू हुन्। जब तिमीहरू आकाशमा हेरेर त्यसको संकेत बुझ्छौ। भने, अहिले के भइरहेछ त्यो तिमीहरूले बुझ्नु पर्छ। यी पनि संकेतहरू हुन्। तर यी संकेतहरूको अर्थ तिमीहरू बुझ्दैनौ।

4. दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह।बाहेक अरू चिन्ह देखाइनेछैन।’ त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोडनु भयो।

5. येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसंग रोटी लैजान भुले।

6. येशूले तिनीहरूलाई भन्नुभयो, “आफैलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैलाई जोगाऊ।”

7. चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, ‘हामीले आफूसंग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?”

8. येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, ‘किन रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ।

9. तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन?

10. अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन?

11. यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको छु भनेर तिमीहरू किन बुझ्दैनौ। म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।”

12. तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे।

13. जब येशू सिजरिया फिलिप्पीका इलाकामा पुग्नुभयो। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “म मानिसको पुत्र हुँ। मानिसहरू मलाई को हो भन्छन्?”

14. चेलाहरूले जवाफ दिए, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्दछन्। कसैले तपाईंलाई एलिया हुन् भन्दछन्। अनि कसैले तपाईंलाई यर्मिया अथवा कुनै अगमवक्ताहरू मध्ये एकजना ठान्छन्।”

15. तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू चाहिं मलाई को हो भन्छौ?”

16. शिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”

17. येशूले भन्नुभयो, “तिमी धन्य हौ, हे योनाको छोरो शिमोन। कुनै पनि मानव जातिले तिमीलाई यो सिकाएको होइन। स्वर्गमा भएका मेरा पिताले तिमीलाई प्रकाश गरिदिनुभएको हो।

18. यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।

19. म स्वर्गका साँचोहरू (चाबी) तिमीहरूलाई दिनेछु। जब तिमी यो पृथ्वीमा न्यायका लागि बोल्नेछौ तब त्यो न्याय परमेश्वरको न्याय हुनेछ। जब तिमीले यो पृथ्वीमा कसैलाई क्षमा दिनेछौ तब त्यो क्षमा परमेश्वरको क्षमा हुनेछ।”

20. त्यसपछि येशूले आफ्ना चेलाहरूलाई कसैलाई पनि उहाँ ख्रीष्ट हुनुहुन्छ नभन्नु भनी चेताउनी दिनुभयो।

21. त्यसै बेलादेखि यसो येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठनु हुनेछ।

22. येशूलाई एक्लै एकातिर लगेर टिका टिप्पणी गर्न लागे। पत्रुसले भने, “परमेश्वरले तपाईंलाई यस्ता कुराबाट बचाउँनु हुनेछ, हे परमप्रभु तपाईं माथि यस्ता कुराहरू आउने छैनन्।”

23. तब येशूले पत्रुसतिर फर्केर भन्नुभयो, “तिमी म देखि टाढो जाऊ, शैतान! मेरो पक्षमा छैनौ। परमेश्वरले सोच्नु भएको जस्तो तिमीले सोच्दैनौ। तिमी मानिसहरूले सोचे जस्तै।”

24. त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ।

25. जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ।

26. यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ?

27. आफ्ना पिताको महिमासित मानिसको पुत्र आफ्ना दूतहरूसँग आउनेछ। त्यसबेला मानिसका पुत्रले प्रत्येकलाई आफ्नो कामको निम्ति इनामहरू दिनेछ।

28. तिमीहरूलाइ साँचो भन्दछु। कोही मानिस जो यहाँ उभिरहेको छ, त्यसले आफ्नो मृत्यु हुनु भन्दा अघि मानिसका पुत्रको राज्य आएको देख्नेछन्।”

About मत्ती Chapter 16

Read मत्ती Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of मत्ती in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: मत्ती
Chapter: 16
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading मत्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading मत्ती Chapter 16 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is मत्ती Chapter 16?

मत्ती Chapter 16 is part of the Book of मत्ती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete मत्ती Chapter 16 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 15
  4. प्रेरितहरूको काम Chapter 13
  5. प्रेरितहरूको काम Chapter 5
  6. प्रेरितहरूको काम Chapter 22
  7. प्रेरितहरूको काम Chapter 8

Explore More from मत्ती

  1. मत्ती Chapter 1
  2. मत्ती Chapter 24
  3. मत्ती Chapter 23
  4. मत्ती Chapter 25
  5. मत्ती Chapter 12
  6. मत्ती Chapter 27
  7. मत्ती Chapter 22

Related Chapters & Readings

  1. गन्ती Chapter 24
  2. मर्कूस Chapter 13
  3. इजकिएल Chapter 15
  4. प्रस्थान Chapter 33
  5. 1 शमूएल Chapter 6
  6. इजकिएल Chapter 28
  7. उत्पत्ति Chapter 30
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *