एज्रा Chapter 8

For English

Read एज्रा Chapter 8 Online

Read एज्रा Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of एज्रा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of एज्रा and the Holy Bible online.

Choose a Chapter

A+ A A-

एज्रा 8

अध्याय 8

1. यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।

2. पीनहासका कुलकाः गेर्शोम, ईतामारका कुलबाटः दानियेल दाऊदका कुलबाटः

3. शकन्याहका कुलका, हत्तूश परोशका कुलबाटः जकर्याह अनि तिनी सित सूची भएका 150 मानिसहरू थिए।

4. पहत-मोआबका कुलबाटः एल्याहोएनै, जरहियाहका छोरा अनि तिनीसित 200 मानिसहरू।

5. जत्तूका कुलहरूबाटः यहजीएलका छोरा शकन्याह अनि तिनी सित 300 मानिसहरू।

6. आदीनका कुलबाटः जोनाथनका छोरा एबेद अनि तिनी सित 50 मानिसहरू।

7. एलमाका कुलबाटः अतल्याहका छोरा यशयियाह अनि तिनी सित 70 मानिसहरू।

8. शपत्याहका कुलबाटः मीकाएलका छोरा जबदियाह अनि तिनीसित 80 मानिसहरू।

9. योआबका कुलबाटः यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरु।

10. बानीका कुलबाटः योसिपियाका छोरा शलोमीत अनि तिनीसित 160 मानिसहरु।

11. बेबैका कुलबाटः बेबैका छोरा जकर्याह अनि तिनीसित 28 मानिसहरु।

12. अज्गादका कुलबाटः हक्कातान छोरा योहानान अनि तिनीसित 110 मानिसहरू।

13. आखिरी चाँहि अदोनीकाम, सन्तानबाट थिए तिनीहरूका नाउँ:एलीपेलेत, यीएल र शमायाह तिनीहरूसित 60 मानिसहरू थिए।

14. बैग्बै कुलबाटः उत्तै अनि जब्बूद अनि तिनीहरू सित 70 मानिसहरू थिए।

15. मैले तिनीहरूलाई नदीको छेउमा भेला गरें जो अहवातर्फ बग्छ, हामी त्यहाँ छाउनी लगएर तीन दिनसम्म बस्यौ। मैले ती मानिसहरू अनि पूजाहारीहरूलाई हेरे तर मैले त्यहाँ कुनै लेवीहरूलाई देखिन।

16. यसकारण मैले एलाजार, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकर्याह र अश्शूलाम, जो अगुवाहरू अनि योयारीब र एल्नातानहरूलाई बोलाएँ तिनीहरू बुझकि मानिस थिए।

17. अनि मैले तिनीहरूलाई कासिपियाह नामक स्थानमा अगुवा इद्दो कहाँ पठाएँ। इद्दो र तिनका दाज्यू-भाइहरू अनि कसिपियाह स्थानको मन्दिरका सेवकहरूलाई के भन्नु पर्ने सो भने जसद्वारा तिनीहरूले हामी कहाँ हाम्रा परमेश्वरको मन्दिरको निम्ति कर्मीहरू ल्याउन सकोस्।

18. किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।

19. अनि शरेबियाह तिनीसित मरारीका सन्तानहरूका यशैयार तिनका भाई र छोराहरू।

20. अनि मन्दिरका सेवकहरू जसलाई दाऊद अनि राजकुमारहरूले लेवीहरूलाई सहायता गर्न नियुक्त गरेका थिए। 220 जना मन्दिरमा सेवकहरू पठाए। ती सबै का नाउँ सूचीमा लेखिए।

21. त्यहाँ अहवा नदीको छेउमा, हामीहरू अनि हाम्रा केटा-केटीहरू र हाम्रा सबै सम्पत्तिहरूको निरापद यात्राको निम्ति उहाँसित विन्ती गर्नलाई हामी परमेश्वरको समक्ष स्वयंलाई विनम्र तुल्याउन सकौ भनी उपवासको घोषणा गर्यौं।

22. किनभने यात्रामा हामीलाई शत्रुहरूबाट सुरक्षित राख्नको निम्ति राजासंग सैनिक अनि घोडसवारहरूको माग गर्नमा लज्जित थियौं। किनभने हामीले राजालाई भनेको थियौ, “हाम्रा परमेश्वरले ती सबैलाई सहायता गर्नु हुन्छ, जो उहाँ प्रति विश्वास गर्छन् तर उहाँ तिनीहरू प्रति अति क्रोधित हुनुहुन्छ, जो उहाँदेखि टाढा हुन्छन्।”

23. यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौ अनि उहाँले हाम्रो प्रर्थनाको उत्तर दिनु भयो।

24. त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाईहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें।

25. त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।

26. मैले तौलिएर तिनीहरूलाई 22,100 किलो ग्राम चाँदी 100 चाँदीका भाडाहरू 3,400 किलो ग्राम ओजनको, 3,400 किलोग्राम सुन

27. सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,

28. तब मैले ती बाह्र पूजाहारीहरूलाई भने, “तिमीहरू अनि यी चीजहरू परमप्रभुको निम्ति पवित्र छौ। मानिहरूले तिमीहरूका पिता-पुर्खाका परमेश्वरलाई सुन र चाँदीहरू दिए।

29. यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”

30. यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू मत्तोपुर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।

31. हामीले यरूशलेम जानका निम्ति पहिलो महिनाको बाह्रौ दिनमा अहावा नदी छोडियौ। अनि हाम्रा परमेश्वर हामीसित हुनुहुन्थ्यो र उहाँले हामीलाई शत्रुहरूको शक्ति र चोरहरूबाट बाटोमा सुरक्षित गर्नुभयो।

32. अनि हामी यरूशलेम आइपुग्यौ। त्यहाँ हामीले तीनदिन विश्राम गर्यौ।

33. चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।

34. हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।

35. तब कैदबाट फर्केर आउने यहूदीहरूले इस्राएलका परमेश्वरलाई समस्त इस्राएलका निम्ति होमबलि अर्पण गरे 12 वटा साँढे, 96 वटा भेडा, 77 वटा थुमा अनि पाप बलिका निम्ति 12 वटा बोकाहरू यी सबै परमप्रभुका निम्ति होमबलि थिए।

36. तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।

About एज्रा Chapter 8

Read एज्रा Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of एज्रा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: एज्रा
Chapter: 8
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading एज्रा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading एज्रा Chapter 8 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is एज्रा Chapter 8?

एज्रा Chapter 8 is part of the Book of एज्रा in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete एज्रा Chapter 8 online for free with easy chapter navigation.

More Chapters from एज्रा

  1. एज्रा Chapter 4
  2. एज्रा Chapter 5
  3. एज्रा Chapter 10
  4. एज्रा Chapter 1
  5. एज्रा Chapter 10
  6. एज्रा Chapter 4
  7. एज्रा Chapter 9

Explore More from पुरानो करार

  1. इजकिएल Chapter 32
  2. 1 शमूएल Chapter 4
  3. योएल Chapter 1
  4. यशैया Chapter 54
  5. हितोपदेश Chapter 9
  6. लेवी Chapter 11
  7. यशैया Chapter 51

Related Chapters & Readings

  1. याकूब Chapter 3
  2. लूका Chapter 9
  3. 2 शमूएल Chapter 11
  4. लेवी Chapter 26
  5. भजनसंग्रह Chapter 60
  6. यशैया Chapter 34
  7. हिब्रू Chapter 10
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *