हाग्गै Chapter 1

For English

Read हाग्गै Chapter 1 Online

Read हाग्गै Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of हाग्गै in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of हाग्गै and the Holy Bible online.

Choose a Chapter

हाग्गै 1

अध्याय 1

1. फारसको राजा दाराको दोस्रो र्बषको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।

2. सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”

3. फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो।

4. “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ?

5. यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड।

6. तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कट्नी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”

7. सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!

8. पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।

9. सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किन? किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ।

10. यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”

11. परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न,नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।“

12. तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसंग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसंग डराउन थाले।

13. परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”

14. तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।

15. उनीहरूले यो कार्य राजा दाराको दोस्रो र्बषको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे।

About हाग्गै Chapter 1

Read हाग्गै Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of हाग्गै in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: हाग्गै
Chapter: 1
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading हाग्गै. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading हाग्गै Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is हाग्गै Chapter 1?

हाग्गै Chapter 1 is part of the Book of हाग्गै in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete हाग्गै Chapter 1 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. हाग्गै Chapter 2
  4. सपन्याह Chapter 2
  5. सपन्याह Chapter 1
  6. आमोस Chapter 3
  7. आमोस Chapter 5

Explore More from हाग्गै

  1. हाग्गै Chapter 2
  2. हाग्गै Chapter 2
  3. हाग्गै Chapter 1

Related Chapters & Readings

  1. रोमीहरू Chapter 13
  2. भजनसंग्रह Chapter 43
  3. होशे Chapter 13
  4. दानियल Chapter 11
  5. 1 कोरिन्थी Chapter 12
  6. यूहन्ना Chapter 20
  7. गन्ती Chapter 29
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *